संस्मरण : मेरो खुुसीकाे हत्यामा ईश्वरको संलग्नता

~विक्रम पवन~

अाज ठ्याक्कै २६ बर्ष भएछ । अामा र मेराे भेट नभएकाे पनि । श्रावण महिना मेराे लागि कालाे महिना हाे । अझ श्रावण महिनाकाे १३ गते महाकालाे दिन । हरियाली हुनुपर्ने बन उजाड देख्छु। डढेलाे लागेकाे पाखा जस्तै । लाग्नु स्वभाविक हाे । यही महिना यही दिन मेराे खुसी लुटिएकाे थियाे । करिब ४ बर्ष हुँदाे हुँ । मलाई अामाबाट एक्लाे बनायाे । उडिरहेको चरा सिकारीले मार्याे भने बिचैमा यात्र राेकिन्छ । बचेराहरू टुहुरा हुन्छन् । तेस्तै मेराे अामाकाे मरणले मेराेअामाकाे सपना अधुराे बनायाे । अनि उन्का सन्तानहरू पनि टुहुरा भए । मलाई अलिअलि याद छ टुटेफुटेका भए पनि । अघिल्लो दिन अामा कामले थाके जस्तै थकित हुनु भएकाे थियाे । तर मलाई थाहा थिएन अामा बिरामी हुनु भयाे हाे भन्ने कुरा । याे बाल मस्तिष्कले थाहा पाउने अबस्था भै सकेकाे पनि थिएन । मलाई भाेक लागेकाे थियाे अामाकाे दुध नखाई नहुने । म लुला गाेडा ताते ताते गर्दै अामाकाे छेउमा गए । अामाले मेरो खुसीकाे लागि सहजै दुध चुसाउन राजि हुनु भाे । म खुसी भएँ । मलाई देख्न साथै बाबा अाएर अामाकाे छातीबाट छुटाउनु भाे । अाफ्नाे अंगालोमा राखेर रुनु भयाे । कैले नरुने मेराे बाबा राेएका देखेर यस्ताे लाग्याे कि अाज मेराे बाबा पनि मजस्तै बच्चा हुनु भयाे । अघि पछि मैले दुध खाँदाखाँदै दुध छुटाएर बाबाले हातमा खेलाउन ल्याउदा अामा कराएर भन्नु हुन्थ्याे । अघाउन्जेल दुध त खाना दिनुस् कस्ता लाेग्ने मान्छे हुन् । रुवाउन मात्र जानेकाे ।

ए बुढा तपाईलाई याे सानु बच्चालाई नरुवाई चित्त बुझ्दैन है ! भन्ने तिनै अामा त्याे दिन तेस्ताे केही भन्नु भएन । मलाई यस्ताे लाग्याे अाज अामा मदेखी रिसाउनु भएछ । किन रिसाउनु भयाे मलाई थाहा थिएन । घरमा मान्छेकाे भिड हुन थाल्याे । यस्ताे भिड त मैले तेतिबेला सम्म देख्न पाएकाे थिएन । म याे कुरामा खुसी थिएँ । यति धेरै मान्छे मेराे बालअाँखाले पैल्हाे पटक देखेकाे थियाे । तर ति मान्छेहरू अामालाई देखेर भन्दा पनि मलाई देखेर रुनेहरू धेरै थिए । मलाई थाहा थिएन किन राेइरहेका छन् यि मान्छेहरू । मलाई लाग्थ्याे मजस्ताे बच्चा त हैनन् तापनि म राेए जस्तै रुन्छन् । ठूलाठूला मान्छेहरू रुँदैनन् जस्ताे लाग्थ्याे तर रुँदा रहेछन् । जति म रुँदा मलाई सुहाउथ्याे तेति ति मान्छेहरूलाई सुहाएन । म रुँदा मेराे अावाज चराकाे अावाज जस्तै निस्कन्थ्याे तर ति ठूला मान्छेहरूको अावाज भाेकाएका निल गाई ड्वाँ ड्वाँ कराए जस्तै निस्कन्थ्याे । भनाैँ कि जस्ताे पनि लाग्थ्याे । तपाईहरू नरुनु । तपाईहरूले राेएकाे पटक्कै सुहाएन । मलाई जस्तै रुन पनि अाएन । म त चरा जस्तै रुन्छु । मलाई छुने ति मान्छेहरूकाे हत्केला खस्रा लाग्थ्यो । तर अामाकाे ठेला उठेकाे हात मलाई कपास जस्तै नरम लाग्थाे ।

मेराे कलिला गाला नछाेए हुन्थ्यो जस्ताे लाग्थ्यो । तर मुसार्थे । मायावी देखाउथे । किन किन मलाई तिनीहरूको हात बालुवा जस्तै खस्रा लाग्थे । तेतिबेला ति मान्छेहरूले नराै बाबु भने । राे जति सक्दाे राे याे रुने समय हाे भनेनन्। अनि तिमी किन राेयाै बाबु भनेर कसैले भनेनन् । अझै पनि मेराे मनमा यस्ता प्रश्नहरू खेलिरहेका हुन्छन् हृदयकाे मैदानमा ।

मलाई रुनु पर्छ भनी हाैसला पाएकाे भए म अझ लामाे समय सम्म रुन्थेँ हुँला । कसैले साेधेनन् तिमी किन राेयाै भनेर । यदि साेधेकाे भए भनिदिन्थे अामाकाे दुदु खाने । सायद याे परिस्थिति भैदिएकाे मेराे सवालकाे जवाफ पाउने थिइन हाेला । स्तब्ध हुन्थे हाेलान् । म अामाकाे मृत्युु भयाे भनेर राएकाे थिइनँ दुध खाना नाएकाे चाेट थियाे । म अामा भनेर रुन्थे । अामा हइ छाेरा भनेर बाेल्नु भएन । मेराे अावाज नसुने झैँ चुपचाप रहनु भयाे । अघि सम्म मैले बाेलाउँदा हइ छाेरा भन्ने अामा किन बाेल्नु भएन ? मलाई अामाकाे मरण भएकाे भन्ने कुराकाे जानकारी याे मस्तिष्कले जानकारी गराएन । यदि थाहा भैदिएकाे सायद ममा अामालाई यस्ताे प्रश्न गर्ने अाँट अाउँदैनथ्याे । यस्ताे लाग्थ्यो कि मलाई नसुताइ ननिदाउने अामा म भन्दा पहिल्यै निदाउनु भयाे । म पर्खिरहे । तर अामा उठ्नु भएन । चाैबन्दि भित्र लुकाइराखेको दुध पनि चुसाउनु भएन। समय ढल्दै गयाे मान्छेहरू राेएका अनुहार लिएर मेराे नजिक अाए । कैल्यै नसमातेकाले पनि मलाई च्याप्प समातेर अंगालो बाँधे । मलाई यसरी अामाले अंगालाे मार्दा ठूलाे रूखमा अाेत लागेजस्तो हुन्थ्याे तर तिनीहरूको अंगालाेले घामपानी छेक्न नसक्ने पात नभएका बुढाे रूख जस्तै लाग्थ्याे । म जन्मदा यत्रो मान्छेहरूकाे भिड पक्कै थिएन । अाज जस्ताे काेही राेएनन्। मैले कपडामा सु गर्छु भनेर कसैले काखमा राख्न चाहेनन् तर अाज चाहन्छन् । अाज मेराे अामा निदाउनु भएकाे छ हिजाे जस्तै । तर अाज हिजाे जस्तै निदाउँदा किन यतिका मान्छे याे अागनमा थुप्रिए थाहा थिएन तेतिबेला । अाज थाहा पाए जस्तै। मलाई छाएर दयाकाे भाव देखाउनेहरू थुप्रै थिए । म निदाउँदा कसैकाे अाँखामा अाँसु हुँदैनथ्यो तर अामा निदाउँदा उपस्थित सबैकाे अाँखामा अाँसु जमेकाे थियो । लाग्थयाे तिनीहरूको अाँखामा अाँसुकाे पाेखरी बन्याे । अाँखाकाे नानी डुङ्गा जस्तै तैरिदै थियाे । अाँसुकाे बहाव बडेर डुङ्गा डुब्दैछ। हुँदाहुँदा याैटा धुन बज्याे । अाज जस्ताे बुझ्ने भैदिएकाे भए भन्ने थिएँ शाेकमा बज्ने धुन । बिलकुल फरक धुन थियाे । कस्ताे अचम्म याैटा शङ्खकाे पनि दुइटा धुन । मान्छेकाे जस्ताे देखाउने दाँत र चपाउने दाँत जस्ताे । किनकि पुजापाठमा दाेहाेराे बज्थ्याे तर त्याे दिन एकाेहाेराे बजेकाे थियाे । किन यस्ताे धुन बज्यो थाहा भएन । थाहा नहुनु ठूलाे कुरा हैन ।

म सानै थिए मात्र ४ बर्षकाे । अघि पछि घरमा पुजापाठमा दाेहाेराे शङ्ख बज्दा म खुसी हुन्थेँ तर त्याे दिन म खुसी हुन सकिनँ। शङ्ख एकाेहाेराे बजेकाे थ्याे । अामा मेराे चित्रकार सुनेर उठ्नु भएन । म हाँस्न सकिनँ । साेचे हाेलान् सानाे बच्चाले पनि थाहा पाएछ क्यारे अामा याे संसार छाेडेर जाँदैछिन् भन्ने कुरा । मलाई ममा यति ठूलाे कुरा बुझ्न सक्ने क्षमता थिएन । ढुङ्गा माटाे मैले कहिल्यै मान्छेकाे अाँसुले भिजेको देखेकाे थिइनँ । माटाे भिजाउन पानी चाहिन्छ जस्ताे लाग्थ्याे । तर त्याे दिन अाँसुले नै भिजाइ दियाे । यदि त्याे अाँसुका थाेपाहरू जमाउने हाे भने मैले पाैडी खेल्ने पाेखरी नै बन्थ्याे हाेला । सबैले हरे राम हरे राम पुकारे तर हरे सीता पुकारेनन् । हेर्दाहेर्दै अारामले सुत्नु भएकाे अामालाई हरियाे बाँसमा सुताए । सेताे कपडाले मुख, कान, अाँखा, नाक नदेख्ने गरी छाेपी दिए । म टुलुटुलु हेरिरहेँ । बृत्तचित्र हेरे जसरी। पहेँलो कपडाले पनि ढाके । किन छाेपे यति धेरै कपडाले थाहा थिएन । मलाई याे चाहि थाहा थियाे सेताे पहेँलो कपडा कहिले लगाउनु भएकाे थिएन । बच्चाकाे मन त हाे चन्चले हुन्छ भन्छन् साेधि हालेँ रुँदै गरेकाे बाबालाई । बाबा अामालाई यतिका कपडाले मुख छाेप्दा सास राेकिदैन ? सास कसरी फेर्नु हुन्छ बाबा ? नछाेप्नुन अाँखा मलाई देख्नु हुन्न । कान पनि छाेप्नु हुन्न क्या म राेएकाे सुन्नु हुन्न । बाबा याे सेताे पहेँलो कपडाले त अामालाई नसुहाउने रहेछ खाेल्दिनुन ! अामाकाे कानमा लगाएकाे ढुङ्ग्री र नाकमा लगाएकाे बुलाकी हेराैँन मलाई कस्ताे हेर्न मन लागेकाे छ । बाबा लगाएत उपस्थित सबै मान्छेहरू स्तब्ध भए । कसैबाट पनि जवाफ पाउन सकिन । फेरि साेधे – बाबा म अामाकाे दुदु खाने । यत्रो बेर सम्म अामा उठ्नु भएन उठाउनुन । नउठ्ने हाे भने म कट्टी भनि दिन्छु के । मैले यति भने पछि बाबाले भन्नु भाे – बाबु स्वर्ग जाने बेला निदाउनु पर्छ । उठ्नु हुँदैन बाबु नत्र भगवान रिसाउनु हुन्छ । मैले पनि स्वर्ग जाने इच्छा प्कट गरेँ । बाबाले रुँदै भन्नु भाे बाबु छाेरा तिमीले यस्ताे कुरा गर्ने बेला भाछैन । चुपचाप लागेर बस् नत्र । बाबाकाे नत्र शब्दले म चुपचाप बसेँ गहभरि अाँसु जमाउँदै । भगवान भन्ने बित्तिकै मैले साेधि हालेँ बाबा भगवानकाे घर कहाँ छ ? तर बाबाले याे प्रश्नको जबाफ दिनु भएन । खै किन हाे अाज सम्म पनि याे प्रश्नकाे जवाफ पाउन सकेकाे छैन । अामालाई पहिलाे पटक अाफ्नै अाँखाले देखेँ फूलमालाले सजाएकाे । यतिका फूलका गुच्छा त हाम्राे करेसा बारीको बगैचामा पनि थिएन । अामाकाे शरीरमा अाज यति धेरै फूलमाला भए । किन हाेलीमा जस्तै अबिरले शरीर रंगाएका हुन् । थाहा थिएन । बाबालाई साेध्ने दुस्साहस गरिन किनकि सवालकाे जवाफ पाउने स्थिति थिएन । म अामालाई हेर्दै थिए । हेर्दाहेर्दै अामालाई बाँसकाे झाेलुङ्गाेमा बाेकेर हरे राम हरे राम भन्दै लगे सुनापति तिर । बाबाले भन्नु भाकाे स्वर्गकाे घरमा जाँदा यसरी नै जानु पर्छ रे । अामा स्वर्ग गएपछि घर पनि सुन्य भए जस्ताे लाग्याे । हामाे घरै अगाडि घना जङ्गल छ । तेही जङ्गलमा चराहरू कराएकाे अावाज घरैबाट सुनिन्थ्याे । तर चराहरू कराएनन् । सायद मलाई जस्तै चरालाई पनि मेराे अामा स्वर्ग गएकाे मन परेन ।

साँझपख अामासँगै गएका मेरा दाइ र छिमेकी मान्छेहरू निन्याउरा अनुहार लिएर फर्किए । दादाहरूकाे टाउकामा कपाल थिएन । शरीरमा सेता कपडाले बेरेका थिए । पैतालामा चप्पल थिएन । मैले बाबालाई साेधे – बाबा अामा खाेई । किन नअाउनु भकाे । मलाई दुदु खान मन लाछ । यति के साेधेकाे थिएँ बाबा मेराे कुरा सुनेर रुन पाे थाल्नु भयाे । मलाई अामाकाे याद अाए जस्तै बाबालाई पनि याद अाउँदाे रहेछ जस्ताे लाग्याे । बच्चा त हुँ । दादाहरूकाे जस्तै कपाल नभएकाे टाउकाे बनाउन मन लागेर साेधेँ – बाबा मेराे पनि कपाल ख्वील्याउन । मलाई दादाकाे जस्तै टाउकाे बनाउन मन छ । बाबाले हुन्न बाबु । तिमी सानै छाै । समय मेराे अघिअघि दाैडियाे म पछिपछि दाैडिएँ । हुर्कदैँ अाएँ । अामा भगवानकाे घर गएकाे हैन भन्ने पनि थाहा भयाे । अामा सपनामा बाहेक कहिल्यै नअाउने गरी जानु भएकाे रहेछ भन्ने कुरा पनि थाहा भयाे समय बलवान हुँदाे रहेछ भन्ने पनि थाहा भयाे । कस्ताे अचम्म त्यै समय जन्माउछ, हुर्काउछ बढाउछ अनि त्यही समय काल बनेर अाउछ र अाफैँले जन्मदिएकाे प्राणीलाई मार्छ । अनि मलाई जस्तै बालटुहुराे बनाउछ । कहिल्यै नथाक्ने घाउ बनाई दिन्छ । म अामा नभएर राेइरहेकाे छु । एकाध मान्छेहरू यस्ता छन् जग्गा अाफ्नाे नाउमा नामसारी नहुन्जेल माया गरेकाे बहाना पारेर लाउन खाना दिन्छन् । जब अाफ्नाे स्वार्थ पूरा हुन्छ तब अामालाई बृद्धाअाश्रामा पुर्याउछन् । म मलाई जन्म दिने अामा मेराे साथमा नभएर राेइरहेकाे छु । अामा साथै हुने छाेराहरू अामाकाे मृत्यु किन भएन भनेर राेइरहेका छन् नपत्याए साेध्नुहाेस्। बुबाअामालाई पाल्न नसकेर हुत्याउँदै बृद्धाश्रममा पुर्याउने छाेरा बुहारीलाई । सायद तिनीहरूले तिम्रो सवालकाे जवाफ दिन सक्तैनन् ।

म सानै छँदा बाबाले भन्नु भएकाे थियाे । बाबु अब तिम्रो अामा दिनमा घाम बनेर उदाउछिन् । रातमा जून र तारा बनेर झुल्किन्छिन् । अाज पनि हेरिरहनु भकाे हाेला कतै पहरामा उभिएर । सपनामा जब अामा अाउनु हुन्छ । मलाई लाग्छ मेरी अामालाई विपनामा देखे जस्तै लाग्छ । अझै पनि मलाई बच्चा जस्तै ठानेर मेरी अामा काखमा राखेर भन्नु हुन्छ मेराे बाबुलाई केही नहाेस् नुहाउँदा केस नझराेस् । हिँड्दा ठेस नलागाेस् । भगवान दाहिना हुन् यस्तै यस्तै अाशिर्वाद दिनुहुन्छ प्रत्येक दिन, प्रत्येक रात जब म निदाउछु । तर पनि अामा विनाकाे जीवन मरेकाे लास जस्तै लाग्छ ।

त्याे दिनकाे त्याे दृश्य अझै पनि अाँखामा नाचिरहेकाे छ । तेतिबेला अामालाई त्यसरी किन बाेके प्रश्न गर्ने अाँट गरिनँ । मलाई याद छ म रुँदा अामाले काेक्राेमा सुताउनु हुन्थ्यो । म प्राय काेक्राेमै निदाउँथे । तर हिजाे अस्ति अामा यति लामाे काेक्राेमा सुतेकाे देखेकै थिइनँ । तर त्याे दिन रहरले हाे बाध्यताले अामा लामाे काेक्राेमा सुत्नु भयाे । म छाेटाे काेक्राेमा सुतेँ । तेसै दिनदेखि अामा र फरक फरक तरिकाले निदायाै । रिसले हाे या बाध्यताले । त्याे दिन अामालाई । त्याे अचम्मको काेक्राेमा बाेकेर लगे देखि अाज सम्म फर्केर अाउनु भएकाे छैन। तेसैले मलाई अामा सुत्नु भएकाे बाँसकाे काेक्राे मन परेन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *