कथा : कैदी नं : २५४

~सिजन गिरी~

एेया !

टाउकोमा चोट लागेको रहेछ !दाँया बाँया हेरेँ ,परको कुनामा २ जना केटाहरू गुनगुन् गुनगुन् गरिरहेका थिए।त्यही हल्लाले मेरो आँखा खुल्यो ।

टाउकोमा हातले छाम्दा अन्दाजी १५/१६ टाँका लागेको हुनुपर्छ । पुलिस सँग नभिडेको भए यो टाका नलाग्ने थियो भन्ने सोच्दै विस्तारै उठे।

फलामको झ्यालखानाबाट बाहिर हेर्दा सबै चौकीेमा कार्यरत पुलिसहरू आ – आफ्नो कार्यमा व्यस्त देखिन्थे । सँगै थुनाको पर कुनामा बसेका एक जनाले सोधे , ‘तपाईलाई किन ल्याएको ?’

मेरो जवाफ, ‘ज्यान मार्ने हेतुले कसैलाई खुकुरी प्रहार गरेकोले !’

मेरो जवाफले प्रश्नकर्ताको मुहार एक्कासी भयभित भयो ।स्वाभिक नै थियो । उ एक अपराधीको अगाडी थियो । त्यस्तो अपराधी जस्ले आफ्नै दिदीले संसार सजाउन सपना देखेको मान्छे माथिनै ज्यानै जाने गरी धारिलो हतियार प्रहार गरेको थियो ।

मलाई रिस त त्यस बेलानै उठेको थियो केसुसँग जब दिदीले मलाई तिनीहरू दुबैको सेल्फी फोटो देखाई मैले बधाई त दिँए दिदीलाई तर भित्री मनमा मलाई उता अस्ट्रेलियामा हुने राजको सपोर्टमा थिए ।

दिदी बैनिको घरबार राम्रो होस भन्ने हरेक दाईभाईको सपना हुन्छ । त्यसैले म राजसँगै सविको सम्बन्ध रहोस भन्ने चाहान्थे ।

हुन त यता केसु पनि खान्दानी केटानै हो । १०/१५ बिघा जग्गाको मालिक ,पढेको ,त्यसमाथी होटलको मेनेजर । तर पनि हाम्रो समाजमा एक प्रकारको

भ्रम छ । बिदेश गएको केटा भन्न साथ छोरी दिन तछाड मछाड ! पैसा कमाएको होस या नहोस विदेश गएको भन्न साथ छोरी माग्न आउनेलाई हुन्छ भन्ने प्रचलन छ समाजमा । यही माथी राज जुन एउटा सम्पन्न देशमा पढ्दै गरेको र उतैको जागीरे । त्यस माथी स्थाई वसोवास गर्न पाउने प्रकृयामा थियो । त्यसैले दिदीको निम्ती उपयुक्त भिनाजु मलाई राज नै लागेको थियो । त्यसैले मेरो चाहाना थियो दिदीको प्रेम सम्वध राजसँगै रहोस र राजसँगै वैवाहिक जीवनमा बाधियोस तर ….

तर जब देखी दिदी लाई हेर्न केटो अर्थात केशु आएको थियो त्यसको अर्को दिन देखी दिदीमा परिवर्तन देख्न थालेको थिए । दिदीको मन पहिले त राजले चोर्न सफल भएको थियो नै तर केशु त राज भन्दा निकै ठुलो दिलको लुटेरा रहेछ । १२ दिन हुदाँ हुदै सविको मन बाट राजको तस्विर सुटुक्क निकाली आफ्नो तस्विर राख्न सफल भएको थियो केशलेु ।

त्यसपछि सवि दिदीले राजको फोनहरू आए पनि रिसिभ कम्तिनै गर्न थालि अनि राजले मलाई फोन गरेर हैरान । मैले मेरो छेऊमै भएकी दिदीलाई पनि हातको ईसारामा दिदी छैन घरमा भन्नु पर्दथ्यो । दिदीको यस्तो व्यवहार देखेर मलाई लागी सकेको थियो , हजारौँ कोस टाढा भएर राजले सविको साम्पियताबाट आफ्नो दुरी बढाउँदै गएको थियो । बाध्यता राजको र राज जस्तै हाम्रा हजारौ लाखौँ नेपालीहरूको जो आफ्नो प्रेमीका छोडेर परदेशमा हुन्छन् । सबैले आफ्ना प्रियजन स्वदेशमा छाडेर श्रम गर्न बाध्य छन् मात्र सुनौलो भविष्यको निम्ती !

राजको फेसबुक स्टाटसले स्पष्ट हुन्थ्यो कि सविले राजको मन टुक्रा टुक्रा पारेकी छ भनेर । राजका पछिल्ला ईन्स्ट्रागार्मका फोटाहरू हेर्दा राजले विभिन्न खाले वनस्पतिका फोटाहरू दिनै पोस्ट गर्दैँ हेसट्याग गर्दै विभिन्न प्रेम वियोगका लाईनहरू लेखेको हुन्थ्यो । मैले मात्रै होइन् राजका सबै सामाजिक संजालका साथीहरुले अन्दाज गरि सकेका थिए केटो प्रेम वियोगमा छ भनेर ।

१४ फ्रबअरी अर्थात प्रेम दिवशको ३ दिन अगाडी एक्कासी अष्ट्रेलियाबाट कल आयो । कल थियो राजको ,घाईते प्रेमि जो प्रेम र मदिराको नसामा लट्ठ थियो । हेल्लो भन्न नपाउँदै गिर्स अनलाईन आऊ कुरा गर्नुछ भनेर फोन काटेको थियो । उसको आवाजले भन्दै थियो उ प्रेम र मदिराको नसामा रूमलिदै छ । किन धेरै प्रमीहरु वियोगमा मदिरालाई नै आफ्नो साहारा बनाउँछन् ? मनमा खेलिरह्यो।हाम्रो कुराकानी धेरैजसो फेसबुक मेसेन्जरमा हुने गर्दथ्यो । राजले लेख्दै गयो….. उसको मनको विलौनाहरू । मैले पनि पढी रहेँ मेरो दिदीको प्रेमीको नाताले ।

तर सबै भन्दा मार्मिक भए जब राजले भन्यो गिर्स मैले सविलाई धेरै माया गर्न नसक्ने भए कारण हामी बिच अरू कोही आयो । अरू पराई कोही न भएर मेरै कलेजको साथी त्यही केटा जो तिम्रो दिदी लाई हेर्न आको थियो ” केशु”

मैले मायामा हार खाँए । म सविलाई अरुको काखमा बाँचेको देख्न् सक्दिँन् र अरुसँग खिचेको फोटो हेर्न सक्दिँन्।म १४ फ्रेबुअरी ना नेपाल आऊदै छु टिकट कन्फर्म भए पछी मेसेज गर्छु , एयरपोर्टमा लिन आउनु ।
सुनेको थिए माया अनि युद्धमा सबै जायज हुन्छ रे । । राजको कुरा सुनेर म क्षणिक सोच मग्न भँए के गर्ने नगर्ने भनेर ? राजले मलाई जसरी भएपनि त्यो केशुलाई साइड लगाएर सविलाई आफ्नो बनाउने योजना बनाउन आदेश दियो । तर हरेक मानवमा स्वार्थ लुकेको हुन्छ अरे त्यही स्वार्थ ममा पनि थियो । दिदीको भविष्य राम्रो हुन्छ भन्ने स्वार्थ,अनि पहिले देखिनै मेरो चाहाना पनि त दिदी र राजको सम्बन्ध रहोस भन्ने थियो र त्यही अनुरूप मैले राजको कुरामा सहमती जनाउँदै हुन्छ भने र

राजलाई हाँस्दै जवाफ दिँए । हेर ,हुने वाला भेना ज्यानै जानी गरी चै काम गरिन्न् है ! यसो डर धम्काई मात्रै गरिन्छ राजले पनि हुन्छ भन्दै त्यस दिन हामी च्याटिङबाट विदा भयौ ।

म र मेरो साथी नविन सँग मिलेर योजना बनाउन थाले ,योजना अनुरूपनै केशु माथी हमला हुन गयो । उ घर फर्किने क्रर्ममा सातदोवाटोको चोकमा वाटोमा बसेर हामी ३ जनाले अन्धा धुन्ध खुकूरी प्रहार गयौ । त्यहाँबाट हामी भाग्यौ । सबै आ – आफ्नो बाटो लाग्यौँ । म घर पुग्नु अगाडीनै पुलिसको चेक रहेछ । पुलिसको चेक पोस्टबाट भाग्ने क्रममा पुलिसले लखेट्दै ,जथाभावी हिर्काउँदै पक्रेर त्यस रात त्यही चौकिमा राखि भोलिपल्ट हनुमानढोका चलान गरियो र मेरो बयान लिदा मैले सबै स्विकार गरेँ ।

सुनेको छु केशुको टिचिङ अस्पतालमा उपचार भई रहेको छ अरे !

मलाई १० सालको जेल सजाय सुनाईयो ,बिचमा एक पल्ट सवि आई भेट्न र भनि भाई तेलै सँधै मेरो आँखामा खुसी देख्न पाँउ भन्थिस ,मेरो आँखाबाट ति खुसी तेलै पाखाल्ने प्रयास गरिस । तँ बाट हामीले यस प्रकारको कामको आशा कहिल्यै गरेका थिएनौ । आँसु पुछ्दै दिदी गई ।अाज मेरो परिचय:

नख्खु कारागारमा कैदी नं २५४!
मुद्दा : ज्यान मार्ने चेस्टा
झसङ्ग भँए …..

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *