गजल : स्वतन्त्रता आएको छ

~दिनेशराज पुरी~

निरङकुशता ढलाइ देशमा स्वतन्त्रता आएको छ
इतिहासमा लोकतन्त्रले छुट्टै स्थान् पाएको छ ।।

इतिहासलाइ पल्टाएर देशले कोल्टे फेर्दा बल्ल
शान्ति आउँछ भन्ने आशा नेपालीमा छाएको छ ।।

शान्ति ल्याउन देवताले रगत बली मागेपनि
शहिदको आलो रगत यै देशले खाएको छ ।।

शोषण, दमन अन्त्य गर्दै समानताको दीप बाल्न
आँट साहस बटुलेर आम नेपाली धाएको छ ।।

बर्तमानलाई थाँति राख्दै भबिष्यको भाग्य कोर्दै
कोइलिले’नि शान्ति ! शान्ति !! शान्ति !!! गीत गाएको छ ।।

September 25, 2006

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.