गीत : जूनेली रातमा दिल खोली

~बच्चु कैलाश~

जूनेली रातमा दिल खोली
दोहोरी गाउन मन लाग्यो
यो ठाऊँमा नमर्ने
पिरती गाँस्न मन लाग्यो
दोहोरी गाउन मन लाग्यो ।

कलकल नदीको तालमा
चिर्विर चरिको बोलमा
सुरिलो भाका छोपेर
गाउन मलाई मन लाग्यो
नाचन मलाई मन लाग्यो ।
यो ठाऊँमा नमर्ने..

आकाशको जूनले धर्तीको कुना कुनामा
रसिलो माया लाए झैं
यो देशको कण-कणमा
यो ठाऊँमा नमर्ने पिरती गाँस्न मन लाग्यो
दोहोरी गाउन मन लाग्यो ।
यो ठाऊँमा नमर्ने..

सगरको माझमा चम्कि बस्ने तारालाई
घरमाथिको लेकमा बोलाई हेर्न मन लाग्यो
सँग सँगै खेल्न मन लाग्यो
यो ठाऊँमा नमर्ने पिरती गाँस्न मन लाग्यो
दोहोरी गाउन मन लाग्यो ।

शब्द / स्वर / सङ्गीत : बच्चु कैलाश

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.