बहरबद्ध गजल : हरे! आफै नजानी त्यो

~जीवराज बुढाथोकी~

कसैको जालमा बल्झें, हरे! आफै नजानी त्यो ।
उठाएँ कष्ट ती कैयौ, अझै केही नठानी त्यो ।

कहाँ भन्ने कता पोख्ने, गुनासोका थुप्रै भारी,
दुखेसो को सुनी दिने ? नसोचेको कहानी त्यो ।

भएजस्तै विरानो त्यो, कतै एक्लै नयाँ ठाँउ,
कतै चिन्ता कतै शंका, हराएको जवानी त्यो ।

कसैलार्इ न केही त्यो, छ भन्नु वा गुनासो नै,
सबै अागो बनी सल्क्यो, भयो जल्दै खरानी त्यो ।

भरोसामा बसें पर्खी, सुनौलो त्यो विहानीको,
अँध्यारोको अध्यारो मै, वित्यो खै जिन्दगानी त्यो ।

मुफरद बहरः हजज मुसम्मन सालिम
सुत्रः (रुक्नः मफाइलुन्, संकेतः १२२२x४ (ISSSx4),
मात्राः ल.गु.गु.गु., अर्कानः ४)
संरचनाः १६ वर्ण प्रत्येक ४ वर्णमा विश्राम

जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलो, काठमाडौं
२०७२।०३।२४

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *