सूत्रकथा : बजारहल्ला

~कुमार काफ्ले~kumar-kafle

•बद्रीलाल साहू नाम चलेको व्यापारी थियो।

•उसको होलसेल पसलमा खानेतेलको स्टक उच्च थियो।

•तेल अभाव हुने हल्ला जोडतोडले चलाईयो।

•उसको तेल बिक्री ह्वात्तै बढ्यो र स्टक रित्तियो।

•स्थानीय प्रशासनले छड्के जाँच र बजार अनुगमन गर्न थाल्यो।

•म्याद गुज्रिएको खानेतेल बेचेको आरोपमा खुद्रा पसलहरू सिलबन्दी गरिए।

•उपभोक्ताहरू बिरामी भएर अस्पताल भर्ना भए।

•खुद्रा पसले र उपभोक्ताले बद्रीलाल साहूकोमा सामान किनेका थिए।

•बजार अनुगमन हुने कुरा बद्रीलालले प्रशासनबाट पहिल्यै थाहा पाइसकेको बजार हल्ला आयो।

– ओखलढुंगा।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in सूत्रकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.