गजल : रमायो त के भो ?

~शिवप्रसाद उप्रेती~

डाह किन, कोही रमायो त के भो ?
संसारमै बर्चस्व जमायो त के भो ?

सर्वहाराका लागि भन्दै कसैले,
अकूत पैसा कमायो त के भो ?

सुकुम्बासीलाई घरबार भन्नेले।
आज दरबार बनायो त के भो ?

मह काढ्नेले हात चाटिहाल्छ,
धनमादले झम्झमायो त के भो ?

केही करोड, केही अरब मात्रै,
आफ्ना भन्नेलाई थमायो त के भो ?

सक्छौ भने देखाऊ उनको नाउँमा के छ,
अरुकै नाममा रखायो त के भो ?

गोरखा

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.