गीत : अशान्तिको बादल ओढी

~सुवास संगम राई~

अशान्तिको बादल ओढी नेपाल बसेको छ ।
जागौं युवा जन्जिरमा राष्ट्र हाम्रो फसेको छ ।

अत्याचारिहरुले देशै नि:श्लथ पारेका छन्
स्वार्थ पुरा गर्नलाई राष्ट्र प्रेमी मारेका छन् ।
सगरमाथा शिर बाट ईज्जत खसेको छ
जागौं युवा जन्जिरमा राष्ट्र हाम्रो फसेको छ ।

पुर्व,पश्चिम,उत्तर,दक्षिन रोई रहेका छन्
सोजा सिदा नेपालीले धेरै चोट सहेका छन् ।
अधम सन्तानले नेपाल आमा डसेको छ
जागौं युवा जन्जिरमा राष्ट्र हाम्रो फसेको छ ।

अशान्तिको बादल ओडी नेपाल बसेको छ ।
जागौं युवा जन्जिरमा राष्ट्र हाम्रो फसेको छ ।

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.