कविता : छोरीको वेदना

~बिपना ढुङ्गाना~

वास्तविकता भन्दा अलि अलग उसको सोचाइ थियो,
हो छोरी थिई ऊ,
जन्मदेखि मृत्युपर्यान्त
यात्रामा उसको आफ्नै संघर्ष थियो,
भोगाइ थियो,
पीडा थियो,
त्रास थियो,
आँसु थियो ,
तैपनि जिन्दगी बेग्लै थियो ।

बाबु-आमाको काखमा पुल्पुलिएर हुर्केकी ऊ,
आज एउटा मैदानमा
हजारौंको भीडमा एक्लै उभिएकी छे,
स्वभावैले उचाल्ने पछार्ने र यातना दिने
मानिसहरूको कमी यहाँ पनि थिएन ।

लाटी त थिइन, बोल्न सक्ने थिई ऊ,
लड्न नसक्ने थिइन, बहादुर थिई ऊ,
मारपीट र झै-झगडाबाट टाढा बस्नु उसको कमजोरी होइन,
समाजमा इज्जत जोगाउने त्यो केबल झिनो प्रयास थियो,
किनकी छोरी थिई ऊ ।

यो कुरा मैले स्वीकार्न सकिन,
समाजले उसलाई लाल्छन लगायो,
काँतर ठहर्यायो,
फेरि पनि ऊ बोलिन
तर
परिस्थितीसँग हार मानिन,
किनकी छोरी थिई ऊ ।

धेरै ठक्कर खाए पश्चात
आज शिर उठाएर बाँचेकी छे,
अहिले विगत सम्झिन्छे,
आफैलाई नियालेर हेर्छे ऊ,
सोख पुरा गर्ने त बाबुआमाको पैसाले रैछ,
आफ्नो कमाइले त केवल जरूरत मात्र पूरा हुने रैछन् भन्छे,
किनकी छोरी थिई ऊ ।

नचाहँदा, नचाहँदै,
लुकाउँदा लुकाउँदै पनि आँशु झर्छन,
अनि भित्रभित्रै तड्पिन्छे ऊ,
सान्तवना पाउन खोज्छे,
मायाको आशमा भौतारिन्छे,
भौतारिदा-भौतारिदै,
पिडैपीडामा अन्तिम सास फेर्छे,
किनकी छोरी थिई ऊ ।

बिपना ढुङ्गाना
म्याङ्गलुङ्-२, तेह्रथुम

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *