गजल : कुरा धेरै देखिएछ

~पूर्ण बन्धन~

नचाहेरै लौ जमानामा, कुरा धेरै देखिएछ ।
कथा व्यथा गजलमा, आफ्नै धेरै लेखिएछ ।

चोक्टा खाने आस गरी झोलमा डुब्नभनी
हाम्फाल्ने ती वैगुनीको, बाटो धेरै छेकिएछ ।

कलकलाउँदो जोबन थियो, सारै लोभलाग्दो
अनाहकमा उदार हुँदा, मार्ग मेरै रोकिएछ ।

ईज्जत जोगाऊ भनी उनको, लडें तिघ्रेसीत
विनासित्ती निहूँ खोज्दा, ढाड मेरै सेकिएछ ।

कर्मको फलै त हो, पाईने कस्तो कस्तो
अनजानमै बन्धन मैले, कांडा धेरै टेकिएछ ।

कोपेनहेगेन, डेनमार्क

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *