गजल : नैतिकता कहाँ पाउनु

~राजुराम मुनंकर्मी~

“चाचाचु” काे जमानामा, नैतिकता कहाँ पाउनु
नक्कली रहेछ ईमान्दारिता,भाे जहांतहीं नधाउनु !

सत्यलाई पाखामा राखी, कमाएकाे इज्जत नै हाे
कसैगरी बचाउन, गीत बनाई उतै गाउनु !

साग र सिस्नाे नै खाउंला,झुटकाे खेती गर्दिन म
खाेक्रे अाडम्वर बाेकी बाेकी, भाे मकहां नअाउनु !

सलाम गर्नेछु कुतत्वलाई परास्त गर्नेलाई
निष्ठा र सत्यकै छानाे मात्रै, सधैं यहाँ छाउनु !

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.