उज्ज्वल जी.सी.का नौ मुक्तकहरु

~उज्ज्वल जी.सी.~

न कसैलाई अनादरले हेर्न चाहन्छु म
न कसैलाई समस्याले बेर्न चाहन्छु म
हो,कर्म गर्दा पराजय भोग्नै किन नपरोस ?
सधै‘ दुखीको जीवनरेखा फेर्न चाहन्छु म ।

**************0**************

भाषा र कला हरायो भने रहन्न देश नै
बिर्सियौं भने संस्कृतिलाई मेटिन्छ भेष नै
बुझेनन् भने युवाले यदि लुकेको रहस्य
चन्द्र र सूर्य झण्डाको भोलि भेटिन्न शेष नै ।

**************0**************

आज हाम्रो ’नेपाल’ भन्दै कराउ‘दैछन् कोही
बुद्धलाई अर्कै देशको बनाउ‘दैछन् कोही
सिमानाका खम्बाहरू वरवर सारे पनि
आफ्नो देश मिचियो भन्न डराउ‘दैछन् कोही ।

**************0**************

तिम्रो नाम लि‘दालि‘दा म त अति थाके‘ प्रिया
पीडाहरू गुम्साउ‘दै भित्रभित्रै पाके‘ प्रिया
एक रत्ति माया पनि खोज्दा कतै नभेटि‘दा
निरश यो जवानी अन्तै बन्धकी राखे‘ प्रिया ।

**************0**************

सद्भाव आपसमा छर्नसके यहॉं सुखशान्ति फल्नेछ साथी
वैरीका हरेक सपनाहरु हाम्रो एकतामा गल्नेछ साथी
यथार्थ यही हो, यदि बिर्सेर दम्भ मात्र झिक्ने हो भने
आज तराई भोलि पहाड पर्सि हिमाल पनि जल्नेछ साथी ।

**************0**************

चारैतिर धमिराहरू बढेका छन् यो देशमा
सोझासाझा जनताहरू सडेका छन् यो देशमा
नभन्नुस् महाशय, नेपालीहरू गरिब हुन्छन् !
सक्नेले प्राडो र पजेरो चढेका छन् यो देशमा ।

**************0**************

तिम्रो लागि आकासको म जून झारिदिन्छु
सुनौला ती स्वप्न सबै साकार पारिदिन्छु
शंका लागे आऊ हामी प्रेम–युद्ध खेलौ‘ं
जिताउन तिमीलाई म सधै‘ं हारिदिन्छु ।

**************0**************

धर्तीमा पनि स्वर्गजस्तो पुट्टपर्ति धाम देखे
त्यै धाममा शरण पर्ने हजारौ‘ंका लाम देखे‘ं
ईश्वर खोज्न धेरै टाढा किन जानु प¥यो अब ?
मानव दुःख हरण गर्ने उनै साई राम देखे‘ं ।

**************0**************

प्रमाणपत्र काखी च्याप्दै जागिरको लागि धाउनु पर्ने
योग्यताले नहुने हजुर नेताकै भजन गाउनु पर्ने
कर्णधार युवाहरूलाई कस्तो अन्याय, अत्याचार यो ?
लाचार भै वेरोजगारीको पगरी शिरमा लाउनु पर्ने ।

**************0**************

काठमाडौं, नेपाल

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.