गीति कविता : गिज्याउँछ किन काँच

~रन्जु ‘मार्ग’~ranju-acharya-marga

गिज्याउँछ किन काँच, विरुप अनुहार बनाई
सुकाउँछ किन हाँसो, चैते खडेरी आई !

मर्दछु क्यारे अब, लाग्दैन केही राम्रो
लग्यो नि कसले खुसी, दुई मुटु खोसी हाम्रो
बिझाउँछ किन आँखा, आँसुको बगर बनाई
सुकाउँछ किन हाँसो, चैते खडेरी आइ ! !

भेटदिन क्यारे अब, लाग्दैन केही आशा
पार्‍यो नि कसले यस्तो जीवन भयो निराशा
निभ्याउँछ किन दियो, मायाको आँधी आई
सुकाउँछ किन हाँसो, चैते खडेरी आई

(स्रोत : युवामञ्च २०६५ जेठ)

This entry was posted in गीति कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.