कात्यायनका केही हाइकुहरू

~कात्यायन~dhanwantari-mishra-katyayan

चीर हरण
बुभुक्षुको बुभुत्सा
काम देवता !

देव दानव
मानव अमानव
धर्म अधर्म !

प्रलयंकारी
विनाशकारी शमा
बाँकी छ भोग्न !

शमाको बीज
खोजेर कहाँ खोज्ने
मन भित्रै छ !

झरेको आँसु
बाध्यताको सितन
पिउनै पर्ने !

संयमित छौ ?
प्रक्षेपणकोलागि
आगोको बीऊ !

वन डढेर
आत्तिहाल्नु पर्दैन
सम्हाल्नु मन !

परिवर्तित
गतिशील सोचाई
युगको वाणी !

ह्वार-ह्वारती
दन्किएको हृदय
सल्किरहोस् है !

बीज नमास्नु
फेरि कसरि बाल्ने
जलन दीप !

फोर्रा हाने नि
ननिभ्ने रहेछ त:
मनको ज्वाला !

जल्नुको मज्जा
मैनबत्तीले बुझ्छ
प्रकाश छर्की !

मन र बत्ती
यथार्थता बाँच्नुको
भोग्नै पर्ने है !

चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in हाइकु and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.