बाल कथा : बादलको देशमा नेपाली जुनियर जेम्स

~कार्तिकेय घिमिरे ~kartikeya ghimire

सगरमाथा हिमालको काखमा एउटा रमाइलो गाउँ थियो । त्यही गाउँमा बस्थ्यो जीवन । भर्खरै–भर्खरै बोर्डिङ स्कुल खुलेर अंग्रेजी पढ्ने रहर जागेका केटाहरूले जीवनको नाम जेम्स राखिदिएका थिए । कोही कोही उसलाई जुनियर जेम्स भनेर पनि भन्थे । यो त्यही जेम्सको कथा हो । जो एउटा असाध्यै प्रतिभाशाली बालक हो । उसले जीवनमा हार्न जानेको छैन ।

हिमाली वातावरण जेम्सको प्रिय वातावरण हो । उसलाई आफ्नो नेपाल र आफ्ना नेपाली असाध्यै मन पर्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देशमा जन्मन पाउँदा ऊ आफूलाई गौरवशाली भएको महसुस गर्छ । यही आदर्शले गर्दा गाउँका सबै उसलाई असाध्यै माया र आदर पनि गर्छन् । खतरनाक गुरुहरूको चेलो जेम्स असाध्यै बलवान् र बुद्धिमान् पनि छ । उसको बल र बुद्धि देखेर शत्रुहरू थर्कमान हुन्छन् ।

ल ल हेर केटाकेटी हो । हेर्दाहेर्दै रामको भाइ कता हरायो, कता । त्यो सानो फुच्चेलाई एकै छिनमा कसैले गायब पा¥यो । गाउँभरि भाइ हराएको हल्ला चल्यो । हुन पनि हो केही दिनदेखि त्यो गाउँमा भूतराजले निकै दुःख दिइरहेको थियो । गाउँका राम्रा–राम्रा केटाकेटहिरू त देख्नै नहुने । उडाइ हाल्थ्यो । केटाकेटीहरू आपसमा भूतराजको बारेमा कुरा गर्थे– अँ साँच्चै त्यो भूतराजको ठूलाठूला नङ्ग्रा होलान् । ठूलो मुख होला ! लट्टा परेको कपाल होला अनि नि, त्यसको मुखमा उकै चोटी थुप्रै केटाकेटी अटाउलान् है !” अर्कोले भन्थ्यो– अँ होइन, हाम्रो ममीले भनिसेको भूतराज त अग्लो हुन्छ रे उसको अनुहार दाह्रा निस्केको डरलाग्दो हुन्छ रे ।”

यो एक महिनामा भूतराजले त गर्नु गरेछ । जम्मा २० जना केटाकेटी पो लगिसकेछ । अब त ऊ सबैको मनमा डरलाग्दो भूत बनेर बस्यो । गाउँका केटाकेटहिरू सुतेनन् भने अब आमाले सुत नानी भूतराज आउँछ भन्दा केटाकेटहिरू डराइ डराइ सुत्न पो थाले ।

मिस्टर जैकी अर्थात् जीवन भर्खरै शहरमा साइन्समा एम्एस.सी सकाएर गाउँ छिरेको छ । उसलाई भूतसूतमा पटक्कै विश्वास लाग्दैन । गाउँमा जीवनको प्रवेश भएपछि गाउँका केही केटाहरू पनि देखावटी रुपमा खै कहाँ छ भूतसूत भन्न थालेका छन् । एक दिन अचम्मै भयो । जीवनलाई भूतले चिथोर–चाथर पारेर घाइते बनाएछ । यो खबर पाएपछि गाँलेहरू सबैले जीवनको खिल्ली उडाउँदै भने– बडो भूत नमान्ने हुँ भन्थ्यो । देखिहाल्यो नि भूतराजको कमाल ।

जीवनले अबचाहिं त्यो भूतराजलाई नमारी नछोड्ने संकल्प ग¥यो । उसलाई भूतराज पक्कै पनि कुनै फटाहा गाउँले हुनुपर्छ भन्ने लाग्यो । एकदिनको कुरा हो, भात खाइसकेपछि कालो कपडा लगाएर जेम्स चौतारीतिर लाग्यो । सूर्य विस्तारै–विस्तारै अस्तायो । चारैतिर अँध्यारोफैलियो । अँध्यारोमा जेम्स पनि कालो भूतझैं देखियो । उसले झन् मुखमा नि कालो रुमाल आँखा मात्र देखिने गरी बाँधेकोले त ऊ झन् डरलाग्दो देखियो ।

जेम्स पिपलको बोट पछाडि लुकेर बसेको थियो । कस्तो अचम्म ! तयहाँ त ऊ जस्तै कालो लुगा लगाएर एउटा मान्छे आइपुग्यो । उसले एउटा बच्चा पनि बोकेको थियो । विस्तारै उसले थाहा नपाउने गरी जेम्स त्यो बच्चा बोकेको मानिसको पिछा गर्न थाल्यो ।
ओहो ! त्यो बच्चा बोकेको भूत अब आकाशमा उड्न पो थाल्यो । त्यति नै बेला जेम्सले आफ्नो जादूको औंठी सम्झियो र मनमनै भन्यो– म आकाशमा उड्न चाहन्छु । नभन्दै जेम्स पनि त्यो बच्चा बोकेको भूतको आकाशमा पिछा गर्न थाल्यो ।

भूतले जेम्सले पिछा गरेको थाहा पायो, ऊ अझ जोडले उड्न थाल्यो । जेमस पनि बडो फूर्तिसँग उड्न थाल्यो । त्यति नै बेला भूतले बच्चालाई आफ्नो कम्मरमा बाँध्यो र जेम्सलाईमच्चाएर फ्लाई किक हिर्कायो । जेम्स मज्जाले पल्टियो । उसको रिसको पारो चढ्यो । दौडेर गएर भूतको मुखमा एक मुक्का बजायो । भूत हा… हा… हा… गरी हाँस्न थाल्यो । आफ्नो मुक्काको प्रहार भूतलाई नपरेको र भूत कडा भएको छाम्दा जेम्सलाई त्यो भूत मान्छे नभएको कुराको संकेत मिल्यो । उसले विचार ग¥यो यो पक्कै पनि रोवोर्ट हुनुपर्छ । त्यसपछि जेम्स चिच्याये । रोबोर्ट अब म तँलाई वैज्ञानिक तरिकाले समाप्त गर्छु । यति सुन्नासाथ रोबोर्ट डरायो । बेतोडसँग भाग्यो । जेम्स पनि उसको पछिपछि लाग्यो ।

आकाशमा ठूलो रेसलिङ चलिरहेको थियो । त्यो रेसलिङका दुईटा खेलाडी थिए । एउटा जेम्स थियो र अर्को भूत ।

भूत हतार हतार एउटा गुफाको ढोकाभित्र छि¥यो । ऊ छिर्नासाथ ढोका आफैबन्द भयो । जेमस हेरेको हे¥यै भयो । अब कसरी यो गुफाभित्र छिर्ने? जेम्स यही कुरा सोचेर टोलायो, उसले अचानक एउटा प्वाल देख्यो । त्यो प्वालबाट चियाएर हेर्दा जेम्सले भित्र आगो बलिरहेको देख्यो । कस्तो अचम्म ! त्यहाँभित्र भएका भूतहरू त त्रिशूलमा गाडिएर आगो बलेको ओछ्यानमा मस्त सुतिरहेका थिए । यो देखेर जेमसको मुटु ढुकढुक ग¥यो । जेम्सले फेरि झट्ट सम्झ्यो । ए साइन्सले आगोले नेपोल्ने कपडा पनि त बनाएको छ नि ! उसले तुरुन्तै विज्ञानले बनाएको मान्छेलाई आदेश दियो– “मलाई आगोले नपोल्ने ड्रेस लिएर आऊ ।”

आगोमाथि जेम्स र भूतहरको घमासान युद्ध भइरहेको थियो । यो युद्ध यति खतरनाक थियो कि हेर्नेको मुटु थरथर काँप्थ्यो । दनदनी आगो बलिरहेको थियो । भूतहरूको थालमा मासु राखिएको थियो । अनि कताकताबाट बच्चाहरूको बचाओ–बचाओ भन्ने त्रासादिपूर्ण ध्वनि गुञ्जिरहेको थियो । यी सबै कुराहरूको बचिमा भएको यो लडाई हेरेर मुटु कमजोर भएकाहरू त बेहोस नै हुन्थे । उनीहरूको मुटु डरले थरथर काँप्थ्यो ।

अचानक भूतहरूले जेम्सलाई बाँधेर लडाए । वातावरणमा भूतराजको जय होस् भन्ने आवाज गुञ्जायमान भयो । जेम्सको अनुहारभरि घाउ नै घाउ थियो । ऊ थरथर काँमिरहेको थियो । उसलाई असाध्यै भोक लागिरहेको थियो ।

विस्तारै विस्तारै गुफामा सन्नाटा छायो । आगो बल्न पनि बन्द भयो । एक दुईवटा सेक्रेटरी भूतबाहेक त्यहाँ कोही पनि थिएनन् । त्यत्ति नै बेला एउटा अचम्मको घटना भयो । एउटा नाकाबधारी मन्छे त्यहाँ भित्र प्रवेश ग¥यो । उसले आफ्नो चम्किलो तरबारले दुइटै सेक्रेटरी भूतलाई ठेगान लगाइदियो । र, ऊ सरासर जेम्स भएतिर गयो । एकछिन त जेम्स डरायो पनि । फेरि त्यो नकाबधारीले नकाब खोल्दै आफ्नो परिचय दियो– “हेलो, आई एम जुनियर जेम्स । उमेर १३ वर्ष, उचाइ छ फुट, वजन ४० के.जी. ।”

उसले आफ्नो हात गुड गर्न बढायो । जेम्स अर्थात् जीवन खुशी भयो । आफ्नो हात जोडेर गुड गर्दै आफ्नो परिचय दियो– “आई एम सिनियर जेम्स । उमेर ३० वर्ष, वजन ६० किलो, उचाइ ७ फुट ।”

जुनियर जेम्स आफ्नो गुरुलाई भेट्न पाएकोमा असाध्यै खुशी भयो । सिनियर जेम्सले आगोबाट बच्न सकिने आफ्नो ड्रेस खोल्यो । त्यसपछि ती दुवैजनाले अङ्गालो मारे ।

वास्तवमा जुनियर जेम्स हेर्दा जति सानो थियो, त्यतिकै खतरनाक पनि थियो । ठूला–ठूला डरलाग्दा आँखा, बलिया पाखुरा, कुकुरको जस्तै चनाखो निद्रा, लडाईका सबै तरिकाहरूको जानिफकार । यी सबै कुराहरूले गर्दा शत्रुहरूलाई जुनियर जेम्सले ठाडै निलिदिन्थ्यो । उसको वरिपरि हत्तपत्त कोही आउँदैनथे । शहरका ठूलाठूला दाह्रासिंहजस्ता बदमासलाई पनि जेम्स भनेपछि पिसाब आउँथ्यो । जेमस जति कान्छो थियो, लडाईमा त्यति नै जेठो पनि थियो । उसले ठूला ठूला होलीफिल्ड, टाइसन र दाह्रासिंहजस्ता पहलमानसँग मात्र होयन बाघ, भालु, चितुवा, सिंह, रेसलरहरूसँग लडेर ठूलो–ठूलो मेडल पनि जितिसकेको थियो । जुनियर जेम्सको वास्तवमा सिनियर जेम्स मात्र गुरु थिएन । सिनियर जेम्ससँग त उसले दिमाखी दाउपेच सिकेको थियो । उसका अरु सातवटा गुरुहरू थिए । उसको पहिलो गुरु लारा थियो । उसले जेम्सलाई खट्टाको दाउपेच सिकाएको थियो । दोस्रो गुरु कंकाल थियो । जसको जेम्सलाई हातको सफाइ र हतियार चलाउनु निपुर्ण बनाएको थियो । तेस्रो गुरु इन्द्रजाल थियो, जसले जेम्सलाई जादूसम्बन्धी सम्पूर्ण कुरामा निपुर्ण बनाएको थियो । चौथो गुरु द िवाटर थियो, जसले जेम्सलाई पानीमा लडाईं गर्ने, पानीभित्र शत्रुलाई कसरी समाप्त पार्ने भनने निकै डरलाग्दा तरिकाहरू सिकाएको थियो । पाँचौ गुरु स्काई मास्टर थियो । जसले जेम्सलाई आकाशमा कसरी हमला गर्ने, कसरी शत्रुलाई पराजित गर्ने भन्ने आकाशयुद्धका कुराहरू सिकाएको थियो । छैठौं गुरु आइसाइन थियो । जसले जेमसलाई आँखा नहेरी कसरी लडाईँ गर्ने भन्ने सिकाएको थियो र सातौं गुरु पोल्टिकुमार थियो, जसले उसलाई कसरी आफ्नो कुराको जाल र चालमा अरुलाई फसाउने भन्ने कुरा सिकाएको थियो । त्यसैले जुनिएर जेम्स एउटा साधारण १३ वर्षको केटो मात्र थिएन । ऊ यी खतरनाक ८ गुरुहरूको एउटा सिङ्गो गोरखाली वीर थियो । त्यसैले ऊ सबै शत्रुका लागि यमराजभन्दा भयङ्कर डरलाग्दो भएर प्रस्तुत हुन्थ्यो । शहरका शत्रुहरू त जुनियर जेमसको नाम सुन्नासाथ डरले काँप्थे ।

“गुरुवर म तपाईलाई वचन दिन्छु । म यो भूतराजको अन्त्य गरेर छाड्नेछु । कृपया, तपाईं अब घर फर्कनुहोस् ।” जुनियर जेम्सले गुरुलाई वचन दियो । गुरु सिनियर जेमस घरतिर लाग्यो । जुनियर जेम्स भूतराजको खोजीमा गुफाको भित्रभित्र छि¥यो ।

गुफाको उक कोसभित्र पुगेपछि जुनियर जेम्स दङ्ग प¥यो । त्यहाँ थुप्रै मानिसहरूलाई थुनेर राखिएको थियो । ती मानिसहरू देशका ठूला ठूला पोस्टका मरिसकेको मानिसहरू थिए । यसरी मरिसकेको मानिसहरूलाई बचाएर भूतराजले गजबको काम गरेको देखी एक छिन् त जुनियर जेम्स जिल्ल प¥यो । फेरि उसले आफूलाई सम्हाल्यो र यसको रहस्य जान्न त्यो जेलभित्र जादुको शक्तिले भिङ्गा भएर प्रवेश ग¥यो ।

जेलभित्र थुनिएका डाक्टर, पाइलट, इन्जिनियर, साहित्यकार, वैज्ञानिकहरू कसरी पृथ्वीमै फर्केर नयाँ काम गरी देखाउने भन्ने बहसमा लागिरहेका थिए । त्यति नै बेला झिङ्गाको रुपमा रहेको जुनियर जेम्सले आफ्नो असली रुपमा आएर ती मानिसहरलाई आफ्नो उपाय बताउँदै भन्यो– “म जुनियर जेम्स हुँ । त्यसैले म तपाईहरू आठ जनामध्ये चार जनालाई मुसा बनाइदिन्छु र चारजनालाई बिरालो बनाइदिन्छु, त्यसपछि तपाईहरू बिरालोले मुसोलाई लखेटेको खेल खेल्दै यहाँबाट कुलेलाम ठोक्नु होला ।” एक छिनसम्म त त्यो कलिलोकेटो जुनियर जेमसको कुरा सुनेर सबैले ओठ लेब्रयाए । तर अरु केही उपाय नभएकाले ती सबै जुनियर जेम्सका विचारमा सहमत भए । चारजनाको टाउकोमा औंठी घुमाउँदै जुनियर जेम्सले भन्यो– “असान–मसान बिरालो बनाम” त्यति भन्नासाथ ती चारजना म्याउँ–म्याउँ गरी कराउन थाले र एकैछिनमा बिरालो बने । यसैगरी अरु बाँकी चारजनालाई पनि औंठीले टाउकोमा घुमाएर जुनियरले “असान मसान मुसा बनाम” भन्यो ‘कस्तो अचम्म ती चारजना पनि चुचुचु गर्न लागे र एकैछिनमा मुसा बने र त्यसपछि बिरालो बनेका चारजना तिनलाई लखेटेको अभिनय गर्दै भागे । यसरी ठूला ठूला व्यक्तिहरू भूतराजको कैदबाट मुक्त भए र फेरि पृथ्वीतिर लागे ।’

झिङ्गा बनेको जुनियर जेम्स उड्दै–उड्दै धेरै पर पुग्यो । उसलाई त्यो वातावरण एकदमै नरमाइलो लागिरहेको थियो । जहाँ गुफाको दुर्व भित्तामा रगतको दाग टल्किइरहेको थियो । यी सबै दृश्य हेरेर जुनियर जेम्सको मुटु कटक्क खाइरहेको थियो । उसले सोच्यो यी राक्षसहरू कति निर्दयी छन् । यी भूतलाई त मान्छेको कति पनि माया छैन । अब म पनि यिनलाई सबक सिकाउँछु । जेम्स झिङ्गाको रुपमा उडिरहेको थियो । अचानक मानव हाँसो सुनेर ऊ रोकियो । उसले चारैतिर हे¥यो । त्यहाँ सिसा नै सिसा थियो । कस्तो अचम्म अघि भर्खर मुसा र बिरालो बनाएर जुनियर जेम्सले कैदबाट मुक्त गरेका ती इन्जिनियर, साहित्यकार, वैज्ञानिक र पाइलटहरू त त्यही सिसाभित्र थुनिएका थिए । एकछिन त जुनियर जेम्स निकै अलमल्लमा प¥यो । उसले धेरैबेरसम्म घोरिएर ती आठवटा सिसाको भाँडामा राखिएका मानिसहरूलाई हे¥यो । ती सबै उसलाई देखेर मुसुमुसु हाँसे । झिङ्गा बनेको जुनियर जेम्सले केह िकुरा पत्ता लगाउनै सकेन, त्यसपछि ऊ सरासर उडेर एउटा बेडरुमभित्र छि¥यो र त्यहाँ भएको कुराकानी ध्यान दिएर सुन्न थाल्यो ।

“हा… हा… हा… हामीलाई ती वैज्ञानिक, डाक्टरहरू आठजना हराएर केही फरक पर्दैन । हामीले ती भाग्नुभन्दा अघि तिनलाई, त्यो सिसाको जारमा हालेर तिनीहरूसँग भएको दिभाग लिइसकेको थियौं । अब तिनीहरूसँग पहिलाको जस्तो तीक्ष्ण दिमाग छैन किनकि हामीले विज्ञानका सहायताले तिनको दिमाग झिकी यी यन्त्रमानवहरूमा फिट गरिसकेको छौ । हा… हा… हा… ।”

जुनियर जेम्सलाई यी सबै कुरा सुनेपछि झन अचम्म लाग्यो । उसलाई ती डाक्टर, पाइलटहरूलाई छुटाएर ठूलो काम गरेजस्तो लागेको थियो । तर यो रहस्य थाहा पाएपछि उसले लाजले मुन्टो निहुँरायो । उसलाई लाग्यो अब ती दिमाग नभएकाहरू पृथ्वीका लागि भार मात्र हुनेछन् । केवल भार मात्र ।

“भूतराज हामीलाई खबर प्रापत भएको छ । जुनियर जेम्स नामक खतरनाक बाललडाकु हाम्रो गुफामा झिङ्गाको रुपमा जासुसी गर्दैछ रे ।” सैनिक कमाण्डोको बोली सुनेर फेरि सिसाभित्रबाट हा… हा… हा… को हाँसोसाथ आवाज गुञ्जियो– “डराउनु पर्दैन सेनापति ! यो भूतराजको भूत बङ्गला हो । यहाँ मानिस जिउँदै आउन त सक्छ । तर मरेर मात्र फर्कन्छ । ल झिङ्गा मार्ने औषधि छर्कन सेनाहरूलाई आदेश देऊ ।” त्यसपछि “हस् भूतराज” भनेर सेनापति बाहिर गयो ।

झिङ्गा मार्ने औषधि छर्कने कुरा सुन्नासाथ जुनियर जेम्स असाध्यै चिटिक्क परेको ढङ्गो (पेपरवेट)मा परिवर्तन भयो र सेनापतिको टेलिफोन सेटको टेबुलमा गएर टक्रक्क बस्यो । सुरुमा त सेनापतिले त्यति राम्रो पेपरवेट देखी दङ्ग प¥यो । पछि कामको व्यस्तताले गर्दा कसैले ल्याइदिएको होला भनी त्यसको वास्तै गर्न छाडी आफ्नै काममा लाग्यो ।

सानो ढुङ्गो बनेर सेनापतिको टेबुलमा बसेको जुनियर जेम्सलाई सबै कुरा थाहा हुन्थ्यो । सेनापतिले भूतराजसँग गरेको एक उक सबै कुरा उसले नोट गरिरहेको थियो । एक दिनको कुरा हो, भूतराजले सेनापतिलाई आफ्नो कोठामा बोलायो । जुनियर यो मौका कहाँ चुकाउन चाहन्थ्यो र ऊ हतार हतार उडुस बनेर सेनापतिको खल्तीभित्र छि¥यो ।

खल्तीबाट चियाएर उडुस बनेको जुनियर जेम्सले भूतराजको अनुहार हे¥यो । उसको अनुहार देखेपछि जुनियरको मुटु ढुक्क फुल्यो । वास्तवमा त्यो भूतराज फलामले बनेको मान्छे थियो । जसको अनुहार तातो तातो रातो रातो फलामबाट बनाइएको थियो । उसको आँखामा हरदम आगो बलिरहन्थ्यो । उसको शरीर छडले जोडजाम पारेर बनाइएको थियो भने उसका हातहरू असाध्यै डरलाग्दा र तीखा फलामहरूले बनेका थिए । यति भयङ्कर भूतराज देखेपछि जुनियरले ध्यान दिएर भूतराज बोलेको सुन्यो र गमेर हे¥यो । त्यसपछि यो भूतराज पक्कै पनि रोबोर्ट हो यसको पछाडि कुनै दुष्ट तर दिमागबाला होनहार वैज्ञानिकको हात छ भन्ने कुरा बुझ्न जुनियर जेम्सलाई गाह्रो परेन । तर त्यो वैज्ञानिकलाई कसरी पत्ता लगाउने भन्ने कुरा जेम्सले सोच्नै सकिरहेको थिएन ।

उडुस बनेको जुनियर जेम्सलाई असाध्यै भोक लाग्यो ऊ सेनापतिको रगत चुस्न थाल्यो । त्यति नै बेला सेनापतिले उसलाई आफ्नो दुई औंलाले किचेर मार्न खोज्यो, त्यसपछि ऊ हतार–हतार रौंमा परिवर्तन भयो ।

जुनियरलाई उडुस्, झिङ्गा, पेपरवेट (ढुङ्गा) र रौं भई बस्दाबस्दा वाक्क लाग्यो । एक दिन सेनापति आफ्नो काममा मज्जाले लागिरहेको थियो । टेबुलमा रहेको सुन्दर ढुङ्गो (पेपरवेट) मान्छेको रुपमा परिवर्तन भएको देखी ऊ झसङ्ग भयो र उसले सेनाहरूलाई बोलाएर त्यो मान्छेलाई मार्ने आदेश दियो ।

जादूगर जुनियर जेम्स के कम थियो र उसले तुरुन्तै हावाको रुप धारण ग¥यो र बग्दैबग्दै भूतराजको बगैंचामा पुग्यो । सेनापतिको आदेश पाएर आएका सेनाहरू सेनापति बहुलायो । दिउँसै सपना देख्न थाल्यो भन्दै त्यहाँबाट फेरि आ–आफ्नो ठाउँमा लागे ।
हावा बनेको जुनियरले एउटा ठूलो रुख देख्यो । त्यही रुखको माथि पुगेर उसले आफ्नो सक्कली मान्छेको रुप धारण ग¥यो र केही दिन थकाई मार्ने विचार गरी त्यही पल्टियो ।

कस्तो अचम्मः जुनियर जेम्सले रुखमाथि सुतेरै एक महिना बिताए छ । एक दिन त अचम्म ने भयो । उसले रुखको तलतिर हे¥यो । एउटा राम्री केटी मस्तसँग खेलिरहेकी थिई । उसको उमेर यस्तै ७–८ को वर्षको हुँदो हो । यसरी भूतहरको अखडामा त्यो केटी खेलेकी देख्दा पक्कै पनि वास्तविक भूतराज कुनै धूर्त वैज्ञानिक हो भन्ने जेम्सको विचार झन् दह्रो भएर आयो । उसले् हतार–हतार आफूलाई एउटा सुन्दर खरायोको रुपमा परिवतृन ग¥यो र केटीको नजिक गएर उभियो । जीवनमा पहिलोपल्ट त्यति राम्रो खरायो देख्दा त्यो फुच्ची असाध्यै खुशी भई र समाउन खोजी । त्यति नै बेला खरायो बनेको जेम्सले भन्यो– “मैयाँ नानी तपाईं मसँग खेल्ने भए मैले भनेको ठीक–ठीक उत्र दिनुस् है ।” एकछिन त बोल्ने खरायोदेखेर त्यो बच्चीले ट्वालल परेर हेरिरही र हुन्छ भन्दै टाउको हल्लाई जेम्सले सोध्यो तिम्रो नाम के हो ? फुच्चीले असाध्यै फुर्किदै भनी गुड्डी हो । अनि तिम्रो नि ! जेम्सले फुच्चीलाई झूटो बोल्नै सकेन अनि उसले भन्यो– मेरो नाम जुनियर जेम्स हो “आहा कति राम्रो नाम ! तिमी त जुनियरजेम्स खरायो हौ नि है !” फुच्चीले खरायो बनेको जेम्सलाई माया गर्दै भनी । उसले खरायोलाई असाध्यै माया गरी उसको मायाप्रेम देखेर जेम्सले आफु मान्छे हुँ भन्ने नै बिर्सियो । उसलाई सधैं खरायो बनौं झैं लाग्यो । तर एक छिनपछि फेरि जेम्स सचेत भयो । उसले आफ्नो उद्देश्य सम्झ्यो र फुच्ची गुड्डीलाई प्रश्न सोध्न कस्सियो । तर ठीक यति नै बेला गुड्डीलाई खोज्दै एउटा सैनिक त्यहाँ आइपुग्यो । जेम्स दूबो बनेर जमिनमै बिलायो ।

जुनियर जेम्स दुबोबाट रुप परिवर्तन गरी फेरि आफ्नै रुपमा आएर मस्तसँग त्यही रुखको टुप्पामा सुतिरहेको थियो । उसले सपनामा प्यारी गुड्डीलाई देख्यो । उसलाई गुड्डीले दुवै हातले ईशारा गरेर बोलाइरहेकी थिई । ऊ नगएपछि गुड्डीका आँखाभरि आँसु भरिएको थियो र गुड्डीले आऊ न छिटो आऊ जुनियर खरायो भनेकी थिई ।” यसरी गुड्डीको सपना देखेर जेमस झसङ्ग ब्यूँझियो र हतार हतार गुड्डीको कोठा खोजन हिंड्यो ।

झिसमिसे बिहानको समय थियो । सबै सैनिकहरू मस्त निद्रामा थिए । त्यही मौका छोपी जेम्स सरासर गुड्डीको कोठाभित्र छि¥यो । गुड्डी एक्लै सुतिरहेकी थिई । जेम्सले एक मनले गुड्डीलाई बोलाउँ कि भन्ने ठान्यो तर फेरि गुड्डीले आफूसँग नभएर खरायोसँग मित्रता गरेको कुरा सम्झेर ऊ झस्कियो र विस्तारै ढोका बन्द गरेर खरायोको रुप धारण गरी गुड्डीको कानमा गई भन थाल्यो– “गुड्डी आँखा खोलेर हेर त म तिम्रो जुनियर खरायो आएको छु ।” जुनियर खरायोको कल्पनामा सुतिरहेको गुड्डी तुरुन्त उठी र आँखा मिचेर खरायोलाई हेर्न थाली ।

“आहा ! आऊ तिमी मेरो ओढ्नेमा बस । तिमीलाई जाडो भयो होला ।” गुड्डीले निकै माया गर्दै खरायोलाई ओढ्ने ओढाएर आफूसागै राखी । त्यसपछि खरायो बनेको जेम्सले मौकामा चौका हान्दै सोध्यो– “तिमी कोसँग बस्छौ यहाँ ?” जेम्स खरायोको प्रश्न सुनेर गुड्डीको अनुहार अँध्यारो भयो । उसले आँखाबाट आँसु खसाल्दै भनी बस्न त डेडी र म बस्छौं । तर मेरो डेडी कहिल्यै मसँग बस्नु हुन्न खालि विज्ञान प्रयोगशालामा मात्र बस्नु हुन्छ ।” गुड्डीको कुरा सुनेपछि जेम्सको अनुमान झन्झन् दह्रो बन्दे गयो । उसको विश्वास झन् बढ्दै गयो । उसले फेरि सोध्यो– तिम्रो डेडीको नाम के हो ? जेमस खरायोको प्रश्न सुनेर गुड्डीले अलि रिसाएझैं गरी भनी– मेरो डेडीको नाम कर्मराज थापा हो । त्यसपछि ऊ तुरुन्त गुड्डीसँग विदा भएर बाटो लाग्यो । उसले बाटोमा धेरै सोच्यो, धेरै गुन्यो । उसलाई अचानक चार वर्ष अगाडिको घटनाको याद आयो । तयो घटनाबारे विस्तारपूर्वक थाहा पाउनु भूतराजको लाइब्रेरीतिर हानियो । लाइब्रेरीमा खरायो पसेको देखेर पालेले मुसुक्क हाँस्दै भन्यो– “कस्तो जमाना आयो अब खरायोहरू पनि पुस्तकालय धाउन थाले ।”

जेम्स खरायोले आफ्नो आँखा पुस्तकालयमा पत्रिकाहरूमा गाड्यो एक्कासि उसले सन् १९९६ जनवरी १ तारिखको त्यही पत्रिका भेट्यो र हतार–हतार पल्टाएर हेर्न थाल्यो ।

“वैज्ञानिक कर्मराज थापालाई देश निकाला गरियो ।” यो समाचारको हेडिङ्ग देख्नासाथ जेम्स खरायोले तुरुन्त त्यो पत्रिका झिक्यो र हेर्न थाल्यो जसमा वैज्ञानिक कर्म थापाले आफ्नो विज्ञानको चेतनाद्वारा जनतालाई सोच पार्ने काम गरेको हुँदा तानाशाही सरकारले देश निकाला गरेको समाचार छापिएको थियो । यो समाचार पढिसकेपछि जेम्सलाई कर्मराज थापासँग भेट्न खुब इच्छा जागेर आयो । वास्तवमा उसले किन यस्तो ग¥यो ? भनी जान्न जेम्सलाई निकै उत्सुकता जाग्यो । त्यसपछि ऊ खरायोको रुप त्याग गरी मानिस जेम्सको रुपमा बदलियो र सरासर ढोकातिर बढ्यो । खरायो छिरेको ढोकाबाट मान्छे निस्केको देखेर पालेले केही गर्नै आँटेको थियो । तर जेम्सले बेहोस् हुने औषधि सुँघाएर उसलाई त्यही बेहोस् गराइदियो ।

जुनियर जेम्सको दिमाग घुमेको थियो । उसले भूतराजको कमाण्डर कर्मराज थापा हो भनी विश्वास गर्न सकिरहेको थिएन किनकि कर्मराजले बच्चा किन अपहरण ग¥यो भनी उसले केही ठोस निष्कर्ष निकाल्नै सकेको थिएन । फेरि कर्मराजले देशमाथि किन गद्दारी ग¥यो ? यो प्रश्नले पनि जुनियर जेम्सलाई सताइरहेको थियो ।

“भूतराजद्वारा विगत दश वर्षमा १०० बालबालिकाको अपहरण दश हजार गार्इं, भैंसीको चोरी निकासी” यस्तो खोजपूर्ण लेख पढेपछि जेम्सलाई पक्का विश्वास भयो । भूतराजले ती केटाकेटीलाई मारेको छैन । उसले देखेको रगतको टाटो गाईवस्तुहरको हो । यति विचार गरी जेम्स भूतराजको कोठामा प्रवेश गर्न भनी अगाडि बढ्यो तर अचानक सिसाबाट आवाज आयो– “जुनियर जेम्स भित्र पस्ने कोसिस नगर, यो भूतराजको अखडा हो । त्यसैले होसियार भएर आफ्नो जिन्दगी बचाउनतिर सोच । भूतराजलाई मार्ने सपना छाडिदे हा…. हा…. हा…. ।”

जुनियर जेम्सलाई भूतराजको यो धक्काले निकै रिस उठायो । उसले जोडले बजाएर दाहिने हातले सिसामा एक मुक्का बजायो । उसको दाहिने हातलाई त चुम्बकले फलाम टाँसेझैं गरी सिसाले तान्यो त्यसपछि देब्रे हातले मुक्का हान्यो, त्यो पनि त्यही टाँसियो र दुईटा खुट्टाले पालैपालो हिर्कायो । ती दुवै खुट्टा पनि टाँसिए । जेम्स असाध्यै अत्तालियो । अब के गर्ने÷नगर्ने उसले केही सोच्न सकेन ।

हाँसो गुन्जायमान थियो । भूतराज आफ्नो जीतमा मुस्कुराएका थियो । तर उसलाई के थाहा आकाशमा कालो बादल लागेको छ । राष्ट्रिय बालदिवसको दिन बालबालिकाहरूको हक हितका लागि सडकमा आवाज गुन्जिरहेको छ । र, एउटा बालक अरु थुप्रै बालकहरूको ज्यान जोगाउन ज्यानको बाजी थापेर भूतराजको टक्करमा आएको छ । उसको एउटै लक्ष्य छ भूतराजको सर्वनाश र आफ्ना बालसाथीहरूको रिहाइ र गाउँमा शान्तिको वातावरण ।

एक्कासी आफ्नो शरीरलाई चुम्बकले छोडेको र कसैले डरलाग्दो मुक्का प्रहार गरेकोमा पीडाले जेम्स थर्कमान भयो । ऊ आफ्नो स्वरुपमा आइसकेको थियो । उसले पछाडि फर्केर हे¥यो । बडेमाको हब्सी उभिएको थियो । उसले आफ्नो दाह्रा निकालेर खित्का छाड्यो र फेरि जेम्सलाई फेरि एक मुक्का हान्यो । जेमसको मुखबाट रगत बग्न थाल्यो ।

उसको रिसले पारो नाघ्यो । त्यसपछि एउटा जोडदार फ्लाई किक हब्सीको छातीमा हान्यो । त्यति सानो केटोले यति खतरनाक किक हिर्काएकोमा हब्सी डरले थर्कमान भयो । ऊ डरले त्यहाँबाट भाग्न खोज्यो । त्यति नै बेला जेम्सले हब्सीको घाँटीमा चक्कु राखेर सोध्यो– “भन भूतराज कहाँ छ कहाँ बस्छ भूतराज ?”

हब्सीले डराउँदै हातले ईशारा गरेर देखायो । भित्र एउटा सुँगा मात्र थियो । पिंजडाको सुँगालाई गएर जेम्सले भन्यो– “ऐ भन भूतराज कहाँ छ ।” सुँगा अचानक बिलायो । चारैतिर अँध्यारो छायो । एक्कासि जुनियर जेम्सलाई एउटा लहराले बाँध्न थाल्यो । र, उ त्यही अचेत भयो ।

ए म यो कहाँ आइपुगे ? जेम्स एउटा ठूलो कोठा भित्र थियो । त्यहाँ चारैतिर ठूला ठूला नक्कली नोट छाप्ने मेसिनहरू राखिएको थियो । ती गाउँबाट हराएका साना–ठूला सबै बालबालिकाहरू त्यहाँ काम गरिरहेका थिए । उनीहरूको शरीरभरि पिटाइको नीलडाम थियो । शरीर सुकेर डोरीजस्तै भएको थियो । जेम्सलाई त्यहाँ देख्नासाथ सबै रुवाबासी गर्न थाले । सबै जेम्स छेउ आउनु उठे तर कठै यो कस्तो दृश्य सबेको खुट्टामा नेल लगाइएको थियो । उनीहरू हिंडडुल गर्न सक्दैनथे ।

खुट्टामा र हातमा हत्कडी लगाइएको जेम्स भूतराजसँग भेट्ने इच्छाले विवश भएको अभिनय गरेर बसेको थियो । भूतराजका सेनाहरू आफूले थापेको पासोमा जेम्स परेकोमा दङ थिए ।

भूतराजलाई देखेर जेम्सको सातोपुत्लो उड्यो । उसले के गर्ने नागर्ने सोच्नै सकेन किनकि भूतराज उसको तस्ौ गुरु इन्द्रजाल थियो । जसले जादूकलाको गलत फाइदा उठाएर बाल श्रमिकहरूको प्रयोग गरी नक्कली पैसा छाप्ने व्यापार गरेको कुरा जेम्सले थाहा पाइसकेको थियो । यसरी कमृराज थापाको विज्ञानको दिमाग र इन्द्रजालको जादूको दिमाग मिलेर भूतराजलाई जन्माइएको हो भन्ने कुरा थाहा पाउनु जेम्सलाई कुनै गाह्रो परेन । तर अब के गर्ने ? यी दुई शक्तिशाली हिटलरहरूसँग कसरी भिड्ने ? जेम्स दोधारमा प¥यो । उसले केही सोच्नै सकेन । जेम्सले केही सोच्नै पाएको थिएन ।

अचानक इन्द्रजाल चिच्यायो । जेम्स मेरो जादूकला मलाई फकाई दे किनकि मैले सिकाएको जादूकलाको तैले मेरो रौ पनि हल्लाउन सक्दिनस् ।

शत्रुका लागि यमराजझैं चट्टान भएर प्रस्तुत हुने जुनियर जेम्सले कहिले सोचेको थिएन । उसले एकदिन आफ्नै गुरुसँग लड्नुपर्ने छ ।

‘हो म लड्छु गुरुसँग अन्याय र अत्याचारको विरोधमा न्यायको पक्षमा मजस्ता बालबालिकाहरको हक र अधिकारको लागि । वास्तवमा अन्यायको लागि कसैसँग पनि झुक्नु हुन्न’ जेम्स दृढ देखियो । उसको अनुहार कठोर भयो । त्यसपछि ऊ आफ्नो सातौं गुरु पोल्टी कुमारको फर्मूला याद गर्न थाल्यो । जसले आफ्नो कुराको जालमा अरुलाई कसरी फसाउने भन्ने कुटनीति उसलाई सिकाएको थियो ।

एक्कासि जेम्स बदलियो । उसले आफ्नो गुरु इन्द्रजाल उर्फ भूतराजको पितासँग खुट्टा ढोगेर माफी माग्यो र भन्यो गुरु म गलत रहेछु । तपाईँको यो तरिका मलाई ठीक लाग्यो । म पनि हजुरको काममा सहयोग गरी मोजसँग बस्छु । को जाओस त्यो गाउँमा ? यसरी आफ्नोकुराको जालमा जेम्सले इन्द्रजाललाई विश्वस्त बनायो कि ऊ उसकै पक्षमा छ ।

पापको अन्त् य एकदिन अवश्य हुन्छ भन्ने उखान चरितार्थ भएझै एकदिन कुराको जालमा झुक्याएर जेम्सले भूतराजलाई जारमा बन्द गरिदियो र त्यहाँबाट सबै बालबालिकाहरूलाई लिई ऊ आफ्नो बाटो लाग्यो र कर्मराज थापा आफ्नै प्रयोगशालामा रासायनिक पदार्थहरू पड्किएर म¥यो । तर दुःखी, गहभरि आँसु लिएर उभिएकी बेसाहारा गुड्डीले जेम्सको मन पगाली । उसले गुड्डीलाई माया गरेर उठायो र सँगै आफ्नो घरतिर लिएर गयो ।

यसरी पटक पटक फेरि जेम्सले गाउँमा खुशीको लहर ल्यायो । तर उसलाई के थाहा उसको जीवनमा भोलि कत्रो ठूलो संकट आउने हो किनकि उसले भूतराज उर्फ इन्द्रजाललाई धोका दिएको थियो । जारमा थुनेर फर्किएको थियो ।

सगरमाथा हिमालको काखमा रहेका रमाइलो गाउँमा चराहर स्वतन्त्र भएर उडिरहेका थिए । चारैतिर खुशीयाली छाएको थियो लुकामारी खेल्दै केटाकेटहिरू रमाइरहेका थिए । जुनियर जेमस गाउँमा फर्किएको खुशी हेरेर गद्गद् भएको थियो । यसरी हाँसो र खुशीले सिंगारिएको गाउँमा फेरि कालो बादल गर्जन थाल्ला भन्ने कसैले सोचेका थिएनन् । तर अधर्मीहरूको चाला कसले बुझ्न सक्छ र । एक दिन अचानक सगरमाथा गाउँमा अचम्मको घटना घट्यो गाउँको जमिन भासिन थाल्यो । घरहरू आफैं चर्किन र भत्किन थाले । यो देखेर गाउँलेहरू डरले थर्कमान भए । सबैतिर हाहाकार मच्चियो । सबै गाउँलेहरू गाउँ छोडेर भाग्न थाले ।

जुनियर जेम्स आफ्नो प्यारो गाउँको यस्तो अवस्था देखेर दुःखी भयो । उसले यसको कारण पत्ता लगाउने खुबै प्रयत्न ग¥यो तर सकेन ।

त्यसपछि जेम्स गाउँलेहरूलाई बचाउने शक्तिको खोजीमा हिंड्यो ।

चुरे पहाडको डरलाग्दो गुफाभित्रभित्रै हिंडिरहेको जेम्सको मुटु डरले ढुकढुक गरिरहेको थियो । उसलाई किनकिन आफूभित्रका सबै शक्तिहरू सकिएको जस्तो भान भइरहेको थियो । यसरी हिंड्दाहिंड्दै अचानक जेम्समाथि डरलाग्दो जङ्गली भालुले आक्रमण ग¥यो । जेम्सको शरीरबाट भलभली रगत बग्न थाल्यो । उसको रिसले पारो तात्यो । त्यो भालुलाई एक मुक्का हिर्काएर त्यही ठेगान लगाइदियो । यसरी आफ्नो शक्तिको जाँचपछि जुनियर जेम्सलाई आफूसँग जादूको शक्तिबाहेक अन्य सबै शक्ति रहेको पूर्ण विश्वास भयो ।
जङ्गलको डरलाग्दो गुफामा हिंड्दाहिंड्दे जेम्स एउटा ठूलो चट्टानमाथि पुग्यो । त्यो चट्टान एउटा ठूलो घर जत्रै थियो । जसले गुफाको प्वाललाई बनद गरिरहेको थियो । आफ्नो जादू शक्ति हराएकोले जेम्सले बल गरेर चट्टान हटाउन खोज्यो तर सकेन । त्यति नै बेला अचानक ठूलो आँधीबेहरी आयो र त्यो चट्टान त्यहाँबाट हट्यो । यो देखेर जेम्स खुशी भयो र आफ्नो बाटो लाग्यो । यसरी हिंड्दाहिंड्दै जेम्स एक महिनासम्म हिड्यो । एक दिन जेम्सको भेट एउटा असाध्यै राम्रो घोडामा चढेको सैनिकसँग भयो ।

सैनिकले गर्जदै भन्यो– “ए बटुवा तँ मसँग युद्ध लडेर विजय प्राप्त नगरी मेरो नगरमा प्रवेश गर्न सक्दैनस् ।” जेम्सले त्यो सैनिकलाई सम्झाउने निकै प्रयत्न ग¥यो । तर पनि उसले नमानेपछि ऊमाथि जाइलाग्यो । सुन्दर घोडामा चढेको सैनिक र जेम्सबीचमा घमासान युद्ध भयो । सैनिकले घुमाएर एक किक हिर्कायो ।

जेम्स रिसले आगो भयो र करायो– “ए मूर्ख सैनिक ! अब हेर मेरो फ्ल्याई किक !” जेम्सले उडेर जोडदार किक सैनिकको छातीमा हिर्कायो । सैनिक लडखडाउँदे भुइँमा ढल्यो । उसको टाउकोको फेटा पनि खुल्यो । कस्तो अचम्म त्यो सैनिक त त्यही देशकी राजकुमारी रहिछिन् । आफूले एउटी केटीमाथि प्रहार गरेकोमा जेम्स दुःखी भयो । उसले हतार हतार उठाएर त्यस केटीलाई रुखको आडमा लगेर सुतायो । पानी खान दियो र माफी माग्यो ।

छमछमा देशकी राजकुमारी मेनकाले हाँस्दै भनिन्– “ऐ बटुवा तिमी साँच्चिकै बहादुर रहेछौं । भन तिम्रो नाम के हो ?”

जेम्सले मुसुक्क हाँस्दै भन्यो– “ए सुन्दरी मेरो नाम जेम्स हो, जुनियर जेम्स । तिम्रो नि !”

राजकुमारीले मुसुक्क हाँस्दै भनिन्– “म मेनुका हुँ । राजकुमारी मेनुका ।”

एकै भेटमा राजकुमारी मेनुका र जुनियर जेमस असल साथी भए । मेनुकाले जेम्सलाई आफ्नो दरबारमा लिएर गइन् । उनको दरबार असाध्यै अचम्मको थियो । त्यहाँ ठूला ठूला अजिङ्गर सर्पहरू मात्र थिए । यो देखेर जेम्स अचम्ममा प¥यो । उसले राजकुमारीसँग भन्यो– “ए सुन्दरी तिमी यहाँ कसरी बस्छौ ?”

राजकुमारी मेनुकाले लामो हासो हाँस्दै भनिन्– “ऐ बहादर साथी ! म सर्पहरूको देशकी नाग राजकुमारी हुँ । तिमी अहिले नागराजको दरबारमा छौ ।” राजकुमारकिो कुरा सुनी जेम्स अचम्ममा प¥यो । उसले नियालेर राजकुमारीको आँखामा हे¥यो । उसको आँखा सर्पको जस्तै थियो ।

राति सुत्ने बेलामा राजकुमारी मेनुकाले जेम्सलाई एक गिलास तातो दूध ल्याएर दिइन् । जेम्सलाई दुःखी देखेर उनले सोधिन्– “ऐ बहादुर साथी ! तिमीलाई के पीर प¥यो ? भन, म तिम्रो पीर हटाउन कोसिस गर्नेछु ।” जेम्सले आफ्नो गाउँ भासिएको र गाउँलेहरू भागेको र आफ्नो जादूको शक्ति हराएको कुरा सबै बतायो ।

राजकुमरी मेनका जेम्सको कुरा सुनेर एक पटक खित्का छोडेर हाँसिन् । उनले भनिन्– “जेम्स मलाई एक हजार किसिमका जादूहरू आउँछ । म पृथ्वीमा भएका जीवहरमध्ये एक हजारवटा प्राणीको रुपमा बदलिन सक्छु । म तिमीलाई आफ्नो जादूकला सिकाउँछु । के तिमी मसँग जादू सिक्छौं ?”

जेम्सलाई ढुङ्गा खोज्दा देउता मिलेजस्तै भयो । उसले थुप्रै जादूकला सिकेर इन्द्रजालसँग टक्कर लिने दृढ निश्चय लिएर खुब ध्यान दिएर राजकुमारी मेनुकासँग जादुकला सिक्न थाल्यो ।

इन्द्रजाल रिसले आगो भएको थियो । उसले आफ्नो जादूको शक्तिले जेम्सको पूरै गाउँमा नदी बग्ने बनाइदियो । जेम्सको गाउँमा रहेका सबै घरहरू डुबे । जेम्सको खोजीमा इन्द्रजालले ठूला–ठूला जादूकलाका खतरनाक भूतराजहरू छोड्यो । ती भूतराजहरूमा इन्द्रजालले ठूलो–ठूलो शक्ति भरिदिएको थियो । ती भूतराजहरले छुनासाथ मान्छे पग्लिएर खतम हुन्थ्यो । तिनले छुनासाथ घरहरू खरानी हुन्थे । ती भूतराजहरू यति शक्तिशाली थिए कि जसले एक हातले ठूला ठूला बसहरूलाई उडाइदिन्थे । तिनले आवाज निकाल्दा बम विस्फोट भएको जस्तो ठूलो आवाज निस्कन्थ्यो । यसरी यति डरलाग्दा भूतराजहरू जन्माएर इन्द्रजाल मस्तसँग आफ्नो जादूघरमा मसानको तपस्या गरेर बसेको थियो । चारैतिर आगो बलेको त्यो घरमा पस्ने कल्पना कसैले पनि गर्न सक्दैनथ्यो ।

यता भूतराजहरू जेम्सलाई धुइँधुइँ खोजिरहेका थिए । उता जेम्सको आज जादूकलाको कक्षाको अन्तिम जाँच दियो । उसले जादूकलाका सबै तरिकाहरू सिकिसकेको थियो । जेम्सले हात हल्लाउँदे राजकुमारी मेनकासँग विदा माग्यो । मेनकाको आँखाभरि आँसु बगिरहेको थियो । भर्खर १३ वर्ष नाघेर १४ वर्षमा पुगेकी मेनुकाले जेम्सलाई असाध्यै प्यारो साथी बनाइसकेकी थिइन् । उता जेम्ले पनि मेनुकालाई असल र सहयोगी साथीको रुपमा माया गर्न थालिसकेको थियो ।

मेनुकाले दौडिंदै आएर जेम्सलाई गम्लङ्ग अँगालो मारिन् । जेम्सले पनि आफूलाई सम्हाल्न सकेन, उसले आँखाभरि आँसु पार्दै भन्यो– “साथी ! म त आफ्नो गाउँ र गाउँलेलाई बचाउनु हिंडेको । म कुनै पनि बेला मारिन सक्छु । त्यसैले तिमी मलाई साथी नबनाऊ प्लिज ।”

जेम्सको कुराबीचमैमा रोकेर मेनुकाले भनिन्– म पनि तिमीसँगै तिम्रो लडाइँमा साथ दिन चाहन्छु । हामी दुवै मिलेर शत्रुसँग लडौंला । बाँचेसँगै बाँचौला, मरेसँगै मरौंला । राजकुमारी मेनुकाको कुरालाई जेमसले नाइँ भन्न सकेन । त्यसपछि ती दुर्व अङ्गालोबाट छुट्टिएर इन्द्रजालको खोजीमा हिंड्न थालेका थिए । तर अचानक भूतराज काले कोब्राले आफ्नो डरलाग्दो किक प्रहार ग¥यो । मेनुका र जेम्स उछिट्टिएर ढले । दुवैको मुखभरि रगत बग्न थाल्यो । भूतराज कोब्रा हाहाहा हाँस्न थाल्यो ।

यसरी हाँसेको भूतराज कोब्रा आँखा खोल्नासाथ झस्कियो । किनकि जुनियर जेम्स र मेनुका गायब भइसकेको थिए । त्यसपछि ऊ चिच्यायो ‘ए डरछेरुवा जेम्स कहाँ भागिस् सामुन्ने आइज ! एक बाउको छोरा होस् भने मलाई युद्ध गरेर हरा । कस्तो अचमम हावामा जेम्सको स्वर सुनियो– ‘ए मूर्ख भूतराज ल हेर हाम्रो शक्ति !’

एक्कासि एक हूल माहूरीहरू भूतराजको टाउकोमा गएर बसे र टोक्न थाले । त्यति नै बेला राजकुमारी मेनुकाले गिद्ध बनेर त्यो भूतराजको आँखा फुटाइदिइन् । यसरी आफूले सोच्दै नसोचेको आक्रमण खेप्नुपर्दा भूतराज त्यहाँबाट डरले काँप्दै भाग्यो । तर अपसोस त्यति नै बेला गिद्ध बनेकी राजकुमारी मेनुकाको घाँटी अर्को भूतराज कंकालले आएर समात्यो ।

गिद्ध बनेक िमेनुका डरले थरर काँप्दै रुन थालिन् । त्यति नै बेला जेम्सको दिमागमा एउटा जुक्ति आयो, उसले हतार हतार कमिला बनेर आप्mनो तिखो दाँतले भूतराजको हातमा टोकिदियो । भूतराजले अँत्तालिंदै गिद्धलाई अर्कोतिर फ्याँकिदियो । ास रोकिएर दुःखी भउकी मेनका दुःखी हुँदै जेम्सको अङ्गलोमा गएर बाँधिइन् । उनले आँखाभरि आँसु पार्दै जेम्सलाई हेरिन् । आफ्न िसाथी मेनुकालाई दुःख दिनते भूतदेखि रिसाएर जेम्स चिच्यायो– “भूतराज अब म तँलाई समाप्त गर्छु । ल हेर अब जेम्सको शक्ति ।”

अचानक जेमस हावामा उड्यो र आफ्नो चम्किलो तरवारले भूतराजको हात छ्याप्प काटिदियो । भूतराज तिलमिलायो । के गर्ने के नगर्ने केही सोच्नै सकेन । तयति नै बेला त्यो भूतराजको शरीरभित्र इन्द्रजारको प्रवेश भयो । कस्तो अचमम भूतराजको काटिएको हात फेरि पलायो– इन्द्रजाल चिच्याये एउटा भूतराजको हात काटेर केही हुन्न जेम्स, म इन्द्रजाल आइपुगेको छु ल अब मेरो सामना गर हा…. हा….. हा…. । इन्द्रजालको मुखबाट निस्केको आगोको ज्वालादेखि जोगिन जेम्स र मेनुका हात समातेर भाग्न थाले । अचानक उनीहरूको मनमा एउटा जुक्ति आयो उनीहरू दुवै ढुङ्गा बनेर बसे । भूतराज बनेको इन्द्रजालले हतार हतार ती दुर्व ढुङ्गलाई आफ्नो कैदमा बन्द गरिदियो र चारैतिर जादू नष्ट हुने बुटीहरू बाँधिदियो । जेलभित्र थुनिएका मेनुका र जेम्स दुर्व आ–आफ्नो रुपमा आइसकेको थिए । इन्द्रजाल पनि भूतराजको रुपबाट निस्किएर आफ्नो सक्कली रुपमा आइसकेको थियो ।

“हा….. हा….. हा….. जुनियरजेम्स अब म तँलाई तड्पाई तड्पाई समाप्त गर्छु ।” इन्द्जाल चिच्यायो । जेम्सले चुनौती दिंदै भन्यो– मूर्ख इन्द्रजाल यदि तँसँग हिम्मत छ भने हामीलाई बाहिर निकाल र हाम्रो शक्ति हामीलाई फर्काइ दे र युद्ध गर । अरुलाई नेहत्था बनाएर प्रहार गर्ने तँ त काँतर होस् काँतर !

जुनियर जेम्स र मेनुका जति चिच्याए पनि इन्द्रजालको कानमा घुसेन । ऊ आफ्ना केही भूतराजहरूलाई ती दुवैको पहरामा छाडी अरुहरू सबैलाई लिएर आफ्नो नक्कली नोट छाप्ने कारखाना फेरि सञ्चालन गर्न हिंड्यो ।

छमछमा देशका सैनिक नागराजहरू र जनताहरूमा राजकुमारी मेनुका हराएको कुरा आगोझैं सल्कियो । नागराज र नागरानी पीर गरी विरामी परे । टाढा टाढा धेरै टाढासम्म सुँघेर स्थिति थाहा पाउन सक्ने नाग सैनिकहरू चिटी र किटीलाई अघि लगाएर दशौं हजार नाग सैनिकहरू राजकुमारीको खोजीमा निस्किए । राजकुमारी रजेम्सले युद्ध लड्दा छाडेका पदचापहरू पछ्याउँदै ती विशाल संख्याका सैनिकहरू जेम्स र मेनकालार्य थुनेर राखिएको ठाउँमा पुगेर आफ्नो राजकुमारीको त्यस्तो दुर्दशादेखि उनीहरू एक साथ भूतराजहरूमाथि खनिए । यसरी सोच्दै नसोचेको बेला खतरनाक नाग सैनिकहरूको आक्रमणमा परी पहरामा बसेका भूतराजहरू समाप्त भए ।

आफू इन्द्रजालको कैदबाट मुक्त भएपछि पनि जुनियरजेम्सले आफ्नो उद्दृश्यमा कुने परिवर्तन ल्याएन । किनकि ऊ सबै बालबालिकाहरूको बालअधिकारको रक्षा गर्न जुटेको एउटा साहसी बालक थियो । सबै बालबालिकाहरू आफैंले आफ्नो हक र अधिकारको रक्षा गर्न लड्नुपर्छ भन्ने उसको सोचाई थियो ।

जेम्स र मेनुका दशौं हजार नाग सैनिकहरू साथ लगाएर इन्द्रजालको अखाडातिर लागे । चारैतिर डरलाग्दा भूतहरूले पहरा दिएर चट्टानको पर्खाल लगाएर बनाइएको इन्द्रजालको अखाडा चानचुने थिएन । तर मछौं कि माछौं भन्ने उच् साहस र दृढ निश्चय लिएर देश र आफ्ना गाउँलेहरूका लागि लड्न आएको बालक जेम्स पछि हट्ने खालको थिएन । उसले पुनः एक पटक मौरी भएर भुतराजमाथि आक्रमण गर्न नाग सैनिकहरूलाई आदेश दियो । तर दुःखको कुरा भूतराजहरूको शरीरमा भरिएको बिषालु रगतका कारण सम्पूर्ण नाग सैनिकहरू भूतराजहरूलाई टोक्नासाथ ठाउँको ठाउँमा नै छटपटाएर मरे । यो दुःखद् घटना देखि जेम्स र मेनुकाको मन छियाछिया भयो । उनीहरू असाध्यै दुःखी भए । तर मेनुकाले जेम्सलाई सान्त्वना दिंदै भनिन्– “जेम्स ! तिमी नडराऊ, रहामी अवश्य जितने छौं । किनकि हामीले न्याय र सत्यका लागि लडिराखेका छौं । संसारमा ढिलो होस् । तर सधैं सत्यको जीत भएको इतिहास साक्षी छ ।”

राजकुमारी मेनुकाको कुराले जुनियर जेम्सको हौसला झन् उच्च भयो । उसले इन्द्जाललाई समाप्त गरेरै छाड्ने दृढ अठोट गरी नेपाल आमाको कसम खायो ।

इन्द्रजालसँग लड्न दिमागको बढी प्रयोग गर्नुपर्ने कुरा जेम्सले राम्ररी बुझ्यो । त्यसपछि ऊ कमिला बनेर मेनुकासँगसँगै इन्द्रजालको अखाडामा प्रवेश ग¥यो । भूतराजहरूको विषको प्रभावबाट जेम्स मारियो भन्ने कुरामा इन्द्रजाल विश्वस्त भइसकेको थियो । त्यसैले उसले अब शत्रुहरूको त्यति वास्तै गर्न छाडिसकेको थियो । तसर्थ, ऊ आजकल आफ्नो जादूको कपडा औंठी र टोपी नलगाई हिंड्न पनि थालिसकेको थियो । एक दिनको कुरा हो । इन्द्रजाल आफ्नो सबै कपडा खोलेर स्विमिङ पुलमा नुहाउनमा मसत थियो । कमिला बनेका जेम्स र मेनुका यही मौकाको ताकमा थिए । उनीहरू दुवैले इन्द्रजालको वास्तविक औंठी, कपडा र टोपी आफूसँगै राखी त्यो ठाउँमा नक्कली औंठी, कपडा र टोपी राखिदिए ।

भोलिपल्ट बिहानै इन्द्रजालको टोपी, कपडा र औंठी लगाएको जेम्सले आफ्नो भूतराजहरू सबैलाई बोलाएर आफ्नो अखाडामा नक्कली इन्द्रजाल छिरेको सूचना प्रसारण ग¥यो । नभन्दै नक्कली औंठी, टोपी र कपडामा सजिएको असली इन्द्रजाल नक्कली भएको आरोपमा पक्राउमा प¥यो । इन्द्रजाल चिच्यायो– जेम्स तँ ममाथि यत्रो ठूलो षडयन्त्र गर्न सक्दिनस् । म मेरो शक्तिले तेरो सर्वनाश गरिदिन्छु । “सक्कली जादूको सामान खासेर लगिसकेको जेम्सले मुसुमुसु हाँस्दै भन्यो– “ए सक्कली हुँ भन्ने नक्कली इन्द्रजाल तँ आफूलाई सक्कली हुँ भन्छस् भने ल मलाई एउटा जादूको नमुना देखा ।” नक्कली टोपी कपडा र औंठी लगाएको इन्द्रजालले धेरै कोसिस ग¥यो । तर एउटा पनि जादू देखाउनु सकेन । त्यसपछि नक्कली इन्द्रजाल उर्फ जुनियर जेम्सको आदेशले भूतराजहरूले चिथोर्दा चिथोर्दै सक्कली इन्द्रजालको प्राण पखेरु उड्यो । उसले आफ्नो पापको सजाय पायो ।

यसरी आफ्नो जादूका शक्तिको सही उपयोग गरी सम्पूर्ण मानवजातिको कल्याणका लागि काम गर्ने लक्ष्य बोकेको इन्द्रजाल उर्फ जुनियर जेम्सले सम्पूर्ण भूतराजहरूलाई नष्ट गरिदियो र नक्कली नोट छाप्ने कारखाना पनि बन्द गरिदियो ।

आफ्नो प्यारो साथी जेम्सले सफलता पप्त गरी आफ्नो लक्ष्य पूरा गरेकोमा उता मेनुकाको आँखामा खुसीको आँसु टिल्पिलायो । उनले हर्षको आँसु झार्दै भनिन्– “जुनियर जेम्स, तिमी महान् छौं, यदि यस उपन्यास पढ्ने सबैले तिमीले जस्तै आफ्नो समाज र देशका लागि ज्यानको बाजी लगाएर काम गरे भने तिनीहरू सबैले मजस्तै सहयोगी साथी पाउने छन् ।”

कस्तो अचमम यति भन्नासाथ राजकुमारी मेनुका सानो प्रकाशको डल्लो भएर उड्दै उड्दै आकाशमा पुगिन् । उनी दिनमा सूर्य र रातमा चन्द्मा भएर आकाशमा उदाउँिछिन् । धर्तीमा प्रत्येक साहसी बालबालिकाहरू चिनै सूर्य चन्द्रको कसम खाएर आफ्नो देशको हितमा काम गर्छन र सफल पनि हुन्छन् । साँच्चै यो धर्तीमा जेम्सजस्ता बालबालिकाको अधिकार संरक्षणका लागि जेम्सजस्तै सबै बालबालिकाहरू अग्रसर भए कति गजब हुन्थ्यो होला ।

(बादलको देश र सगरमाथा हिमालको काखको रमाइलो र रोमान्चक कथा भएको पुस्तक नेपाली जुनियर जेम्स यहाँ प्रस्तुत गरिएको छ । यसका लेखक कार्तिकेय हुन् । यो पुस्तकको प्रथम संस्करण जिलेट पब्लिकेसन्सबाट प्रकाशित भएको थियो । वि. सं. २०५८ मा दुई भागमा प्रकाशित यो कृति बालबालिकामाझमा रुचाइएको थियो । अहिले यस कृतिको दोस्रो संस्करण विद्यार्थी प्रकाशन भोटाहिटी, काठमाडौंबाट प्रकाशित भएको छ । विद्यार्थी प्रकाशनको फोन नं. ९७७ ०१ ४२२७२४६ हो । त्यस प्रकाशनबाट कार्तिकेय लिखित अन्य विभिन्न शीर्षकका १९ वटा कृतिहरु प्रकाशित भएका छन् ।)

(स्रोत : केटाकेटीअनलाईन डट कम)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *