नियात्रा : अतिथि देवो भवः

~भीष्म उप्रेती~Bhishma Upreti_1

हामी दिपायलमा थियौ“ । हाम्रो लक्ष्य कपलदेही गाउ“ विकास समितिमा पुगेर सा“झ पुनः दिपायल नै र्फकने थियो । त्यसैले बिहानको कलिलो घामस“गै हि“ड्न थाल्यौ“ । २०५८ जेठ १५ गते सोमबारको कुरा हो यो ।

बाटो उकालो थियो । घाम विस्तारै गर्दै बेस्सरी तात्न थालेको थियो । उकालो बाटोमा हामीलाई छोप्न सीधै आइपुग्यो घामको प्रकाश । तर्तरी पसिना र्झन थालेपछि कुलपाते भन्ने ठाउ“को चौतारोमा पसिना ओभाउन्जेल बस्यौ“ । चौतारोको पीपलका पातहरूले कत्ति धेरै मायाले हम्केर हाम्रा पसिना सुकाइदिए । हामी फेर िउठेर हि“ड्न थाल्यौ“ ।

ठाडो भीरमा खोपेर हि“ड्नसम्म हुने बनाइएको बाटो ज्यादै अप्ठ्यारो थियो । तल भीरको फेदमा खोला बगिरहेको थियो । खोलातिर एकछिन हेर्‍यो कि त आफूलाई रङि्गटा लाग्न थाल्ला र खोलाले बोलाउला भन्ने डर । हामी तीन जनामध्ये सबैभन्दा अघि थिए“ म । तल खोलातिर हर्ेर्दै नहेरी साहस बटुलेर अघि बढे“ । खुट्टा त काम्दै नै थिए तर म आ“ट गरेर हि“डेपछि पुरुषोत्तम पोखरेलजी र शाहीजी पनि केही नभनी पछिपछि आउनुभयो । एकछिन हि“डेपछि कलकलाउ“दो धारो भेटियो । काकाकुल काठमाडौ“मा बस्नेले यस्तो कञ्चन पानीको कलकलाउ“दो धारो भेटेको । हामीले तन्तनी पानी पियौ“ । तातेको जीउ चिसो भयो एकपल्ट । कस्तो आनन्द †

यसैबेला आठ-दसवटी महिलाहरू डोकाभरभिर िसामान बोकेर ठिमठिम हि“डिरहे त्यही बाटोमा, सम्म सोझो राजमार्गमा हि“डेजस्तो गरी । मैले एकछिनसम्म ट्वाल्ल परेर उनीहरूलाई हेररिहे“ । अथाह दुःख टेकेर त्यत्तिकै दुःखलाई बोकेर पनि सामान्यभै“m हि“डिरहेका उनीहरूस“गै मेरो डर पनि गएछ क्यार, अब मभित्र हि“ड्ने हिम्मत बढेर आयो ।

तहतह परेका हरयिा खेतहरू र त्यहा“ काम गररिहेका मान्छेहरू । होइन, यो पहाडमा अझै जोवान बा“की छ † भनिरहेजस्ता लाग्थे उनीहरू ।

सानो पावरहाउस रहेछ तल खोलाको छेउमा । केही वर्षघिसम्म दिपायलभन्दा पर्ूवतर्फ माथि डा“डामा रहेको सिलगढी बजारलाई उज्यालो पार्ने यहा“को विद्युत्शक्ति अहिले दिपायलको रेडियो नेपालको स्टेसनले उपभोग गर्दो रहेछ ।

आम्मामा… मा † बाटो त कति खतरनाक भने चिप्लियो कि ठहरै † कसरी हि“डे होलान् अघि गएका महिलाहरू यहा“बाट आफूभन्दा ठूलो दुःखको भारी बोकेर † काठमाडौ“को त के कुरा, त्यही दिपायलको बाटोघाटो र सुविधास“ग पनि तुलनै नहुने । जुनसुकै मुख्य सहरबाट पनि एक घन्टा हि“ड्नेबित्तिकै यत्तिकै विकटता भेटिन्छ नेपालमा । यस्तो विभेदको बीचबाट व्रि्रोहको रा“को बल्नु अस्वाभाविक पनि लाग्दैन सम्झेर ल्याउ“दा । यस्तो बाटोमा बाटो काट्नुअघि साहस जम्मा गर्न आवश्यक थियो । हामी एकछिन सुस्ताउन बस्यौ“ । पारपिट्ट िगाउ“ देखिन्थ्यो । हामीलाई त्यही“ पुग्नु थियो ।

हातमा सानो पोको बोकेर एउटी दिदी आइपुगिन् हामी भएको ठाउ“मा । “कहा“ हो घर तुमरो -,” हामीलाई देखेर तिनले सोधिन् ।

“घर त यही“ हो तर आया कहिल्यै नही“,” शाहीजीले भन्नुभयो ।

बैतडी घर भएकी उनी यहा“ माइतीमा आएकी रहिछिन् ।

अलि तल झोलुङ्गे पुल थियो हामीलाई नै पर्खिरहेको जसरी बसेको । पारकिो गाउ“लाई यताको गाउ“ र भीरपहरास“ग जोड्ने सेतु रहेछ त्यो पुल । हामी पुल भएतिरै लाग्यौ“ । बाफ रे † झोलुङ्गे पुल त कहा“ हो रहेछ र त्यो † त्यो त पावरहाउसका लागि चाहिने पानी लगेको ठूलो पाइप पो रहेछ । त्यसैलाई दर्ुइतिरबाट बार हालेर मान्छे हि“ड्न हुनेसम्म बनाएको रहेछ । मलाई त सुरुमा निकै डर लाग्यो ।

“हामी जान सक्तैनौ“ यहा“बाट । आधादेखि उता समाउने डन्डी नै छैन,” शाहीजी निकै आत्तिनुभएको रहेछ ।

“होइन, कोसिस त गरहिेरौ“ न †” पुरुषोत्तमजीले बरु साहसको कुरा गर्नुभयो ।

हामीले हत्केलामा राख्यौ“ आपmनो ज्यान र डन्डी समाएर कामेका खुट्टाहरूले पाइपमाथि टेक्यौ“ । एक पाइला, दर्ुइ पाइला गर्दै त्रास, उत्सुकता र उत्तेजनालाई साथसाथै बोकेर हि“ड्न थाल्यौ“ ।

तल खोलामा हर्ेन सकि“दैनथ्यो । हेर्‍यो भने रङि्गटा लागेर सिङ्गै संसार नै घुम्न थाल्थ्यो । बीचमा त सा“च्चैको डरलाग्ने रहेछ । तर, हामी तीनै जना सकुशल पार िपुग्यौ“ । भगवान्लाई धन्यवाद †

बाटोले फेर िउकालो चढ्न थाल्यो । १० बजेको पोल्ने घाम ओढेर निरूपाय हामी पसिनामा बग्दै उक्लन थाल्यौ“ । निरन्तरको हि“डाइले शक्ति क्षय हु“दै गई अब पेट पनि पोल्न थाल्यो । भोक लाग्यो, प्यास लाग्यो । भोक र प्यास दुवैलाई साथमै बोकेर हि“ड्दाहि“ड्दै ढुङ्गाका कै“ची पारेका छाना हालेका ससाना घरहरूले बनेको गाउ“मा आइपुग्यौ“ हामी । यो खाती गाउ“ रहेछ । दलितहरूको गाउ“ त्यो पनि विकट पहाडको । त्यसैले सरसफाइ गर्न प्रशस्त काम बा“की रहेको देखिन्थ्यो ।

हामीले एउटा घरमा पिउनलाई पानी माग्यौ“ । उनीहरूले दिएनन् । “तपाईंहरूको हातको पानी हामी खान्छौ“ । केही हुन्न,” पुरुषोत्तमजीले भन्नुभयो । तैपनि, उनीहरूले पानी दिएनन् । “हाम्रो धर्म जान्छ,” एक जनाले भने ।

उनीहरूको धर्म जोगाउन हामी प्यासी नै बस्यौ“ । यो जात र धर्म पनि भर्सर्ेेमै परोस् । दिक्क लागेर फुसफुसाए“ म ।

हामी अर्को घरमा गयौ“ । घरमा एक जना लोग्नेमान्छे बसिरहेका थिए । नत्र त यहा“का घरहरूमा लोग्नेमान्छे भेट्नै पनि गाह्रो । लोग्नेमान्छेहरू कि त खेतमा, कि चौतारोमा जुवातासमा, कि त इन्डियामा लाहुरे । हामीले ती मान्छेस“ग एकछिन यताउताका कुरा गर्‍यौ“ । हाम्रो यो यात्राको उद्देश्य वास्तवमा वैदेशिक रोजगारबाट प्राप्त आयले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव अध्ययन गर्न प्रश्नावली भर्ने थियो । यसका लागि राम्रो भूमिका बा“धिएन भने मानिसहरूले उनीहरूको आय र खर्चका स्रोतहरू भन्दै भन्दैनथे । त्यसैले ती मान्छेस“ग एकछिन कुरा गरेर अलि सहज भइसकेपछि हाम्रो प्रश्नावली भर्न सहयोग माग्यौ“ । तर, उनी त तर्सर्ेेतो पो भए । यसपछि उनी हामीस“ग पर्ूववत् सहज रूपले प्रस्तुत भएनन् । देशमा हिंसात्मक आन्दोलन मज्जैले हर्ुकंदै गएको बेला थियो । माओवादीको चन्दा अभियानले ठूलै आतङ्कको रूप धारण गरेको बेला थियो । यस्तो बेलामा हामीले उनको परविारको आयस्रोत विस्तृत रूपमा खोज्न थालेपछि उनी तर्सनु र हामीभित्र पनि व्रि्रोही माओवादीको छाया देख्नु नितान्त स्वाभाविक थियो ।

हामीले उनको विश्वास जित्न सकेनौ“ । खाती गाउ“मा खानेपानी र तथ्याङ्क दुवै पाइएन । अब चढ्नुपर्ने भयो अझ अर्को उकालो र माथि अर्को गाउ“ खोज्दै जानुपर्ने भयो । रत्तिो पेट बोकेर जेठ महिनाको कडा घामबीच उकालो चढ्न आ“ट पनि थिएन । म थुचुक्क बसे“ ।

शाहीजीले करुणा भरएिका आ“खाले हर्ेर्नुभयो मलाई तर केही भन्नुभएन । उहा“को हाल पनि यस्तै थियो । बरु पुरुषोत्तमजीले भन्नुभयो, “उठ्नोस्, अब हि“डौ“ । अर्को विकल्प छैन ।”

विकल्प नभएपछि मानिसमा शक्ति आउ“दो रहेछ, कायरता भाग्दो रहेछ । म उठे“ जुरुक्क । हामी फेर िढुङ्गा छापेर बनाएको उकालो बाटोमा हि“ड्न थाल्यौ“ ।

“अब गाउ“ विकास समितिका पदाधिकारीलाई भेट्नर्ुपर्छ । उनलाई सम्झाउन सक्यौ“ भने तथ्याङ्क दिने मान्छे उनले खोज्नेछन् । गाउ“लेले उनीहरूका प्रतिनिधिलाई विश्वास गर्छन्,” मैले भने“ । हामीले त्यसै गर्ने निधो गर्‍यौ“ ।

हामी अब बाटोमा भेटिएका मान्छेहरूलाई त्यस वडाध्यक्षका बारेमा सोध्दै हि“ड्न थाल्यौ“ । हि“ड्ने काम ज्यादै गाह्रो भएको थियो । भोकले, पसिनाले, पानीको तिर्खाले यात्रा ज्यादै गह्रौ“ भएको थियो । बल गरेर हि“ड्दै थियौ“ हामी ।

हामी बोगटी गाउ“ पुग्यौ“ । तेर्र्सो बाटोमा आ“पको शीतल छाया भेटेपछि त्यहा“भन्दा अगाडि जान मनै लागेन । थकाइ, भोक र प्यासले लेथ्नो भएका हामी लथालिङ्गस“ग बस्यौ“ रूखको छायामुनि । म पल्टिए“ भुइ“मा र आ“खा बन्द गरेर भने“, “अब यहा“बाट केही नखाई हि“ड्न सक्तिन“ म ।”

तीन जना नौला केटाहरू लापरबाहीस“ग बाटोमा बसेको देखेर एक जना बूढा बा आए हामीतिर । उनी मद्रासको विद्युत् कार्यालयसमेत गरी करबि ४० वर्षभारतका विभिन्न सहरहरूमा नोकरी गरेर फर्केका रहेछन् । “त्यत्रो वर्षभारतमा बसेको मान्छे किन नेपाल फर्केको त -” मैले सोधे“ ।

“जस्तै भए पनि बस्न त आफ्नै देशमा बस्नर्ुपर्छ बाबु † यी बालबच्चालाई विदेशको माटोमा छाडेर के गर्नू -” उनले भने । यसरी कुरा गर्दै जा“दा खानाको प्रसङ्ग पनि निस्कियो । हामी भोकले हलचल गर्न नसक्ने अवस्थामा पुगेको कुरा पनि निस्कियो । त्यसपछि उनी त उठे र घरमा भनेर आउ“छु है भनेर हि“डे । करबि पा“च मिनेटपछि नै फर्केर आएर भने, “जाऔ“, मेरो घरमा खाना खान †” बाले हामीप्रति ‘अतिथि देवो भवः’को सा“चो उदाहरण प्रस्तुत गरे ।

हामी छक्क परेर हर्ेन थाल्यौ“ उनलाई । उनी त हामीलाई उद्धार गर्न आएका भगवान्जस्ता पो भए । हामीलाई भोक लागेको कुरा भनेकामा एक किसिमको सरम पनि लाग्यो, अप्ठ्यारो पनि लाग्यो किनभने पा“च मिनेटमै हाम्रा लागि खाना पकाएर तयार हुने कुरो भएन । उनको छोरा घरस“गैको बारीमा जोतिरहेका थिए । १४-१५ वर्षी जस्ती देखिने छोरी त्यही“ काम गररिहेकी थिइन् । उनीहरूका लागि पकाएको खाना खोसेर खान लागेजस्तो भयो । त्यसैले भोक लागे पनि मनले मानेन ।

ती बा पनि देश-संसार बुझेका मान्छे । दयालु पनि उस्तै रहेछन् । उनले मान्दै मानेनन् । हामी उनको पछिपछि लाग्यौ“ । घरकी आमैले कति धेरै स्नेहले दाल, धानको भात, मोही र आ“पको अचार खान दिइन् हामीलाई । आफ्नै छोराहरूलाई जस्तै माया गरेर खुवाइन् खाना । “बाबुहरूलाई खुवाउन दही पनि भएन, दूध पनि भएन ।” उनी दुःखमनाउ गर्न थालिन् । ओहो † यति मीठो खाना त कहिले पो खाइएको थियो होला र भनेजस्तो भइरह्यो । “यही नै साह्रै मीठो लाग्यो । अरू थोक किन चाहियो र -” हामीले उनलाई सम्झाउन खोज्यौ“ तर मायाले भरएिको छाती भएकी उनको पछुतो रोकिएन । उनको छटपटीले हामीलाई सङ्कोच लागेर साहै्र होचो बनाइदियो ।

ती बाआमाकी छोरी स्कुलमा ७ कक्षामा पढ्थिन् । डोटी जिल्लाको सुदूरगाउ“मा बसेर छोरीलाई विद्यालय पठाइरहेका थिए उनी । उनकी छोरीभन्दा कम उमेरका तीनवटी नानीहरूको बिहे भएर घर लैजा“दै गरेको देखेको थिए“, हिजो र अस्ति मैले स“गैको कपल्लेखी गाउ“मा । ती कलिला नानीहरूको भोलि सम्झेर साहै्र दिक्क लागेको थियो मलाई । तर, आज यी बाले बडो शानले छोरीलाई विद्यालय पठाएको देख्दा आनन्दले रमायो मन । ती बाप्रतिको श्रद्धा अझ चुलिएर आयो ।

खाना खाएको पैसा लिन उनी मान्दैनन् भन्ने हामीलाई थाहा भइसकेको थियो । त्यस्तो दर्ुगम र विकट ठाउ“मा सित्त“ैमा खाएर हि“ड्न पनि हामीलाई मन लागेन । उनको हृदय ठूलो र फराकिलो भए पनि त्यहा“को दुःख पनि त्यसभन्दा सानो थिएन । हामीले सोचविचार गरेर उनकी छोरीलाई बोलायौ“ र तीन सय रुपिया“ उनको हातमा राखिदि“दै भन्यौ“, “नानी, तिमी हाम्री पनि बहिनी हौ । तिमीले स्कुल पढेको देखेर हामीलाई साहै्र खुसी लाग्यो । यो पैसाले कापीकिताब किनेर धेरै पढ है । पढिनौ भने पछि दुःख पाउ“छ्यौ ।”

ती नानीको अनुहार पूणिर्माको चन्द्रमा जस्तै उज्यालो भयो । त्यो उज्यालो फैलेर उनका बाआमासम्म पुग्यो । उनीहरू पनि हर्षे त्यसरी नै उज्यालिएका थिए । उनले हामीलाई प्रश्नावली भर्नसमेत सहयोग गरे ।
हाम्रो प्रश्नावली भर्ने काम अझै बा“की थियो । हामी अझै वडाध्यक्षको खोजीमा थियौ“ । त्यसैले हामीले दर्ुइ हात जोडेर ती बाआमास“ग बिदा माग्यौ“ । उनीहरूले पनि निकै भावुक हु“दै बिदा गरे हामीलाई । त्यो अनुभूतिले भरएिको क्षणलाई साथैमा बोकेर हामी हि“डिरह्यौ“ निकैबेर । यो विकट गाउ“का यी वृद्ध दम्पतीबाट हामीले सिक्नुपर्ने कुराहरू निकै रहेछन्, मैले मनमनै सोचे“ । र, निकै पर पुगेपछि मैले पछिल्तिर फर्केर हेरे“ । उनीहरू तीनै जना आ“गनको डिलमा उभिएर हामीतिरै हेररिहेका थिए ।

शनिश्चरे, झापा
हालः काठमाडौं

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक ३१६ )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *