लघुकथा : यस्ता मान्छे

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

कार्यालयमा काम गरिरहदा मेरो साथीले मलाई मोबाइलमा फोन गरेर ‘टि.आइ.ए.को हाकिमसाहेब अहिले को हुनुहुन्छ ?’ भने ।

‘खै मलाई थाहा भएन ?’ मैले भनें ।

‘आज दिनभरिमा जसरी हुन्छ पत्ता लगाएर मलाई खबर गर्नु होला’ साथीले भने ।

‘मलाई एकघण्टा पछि फोन गर्नु म एक घण्टाभित्र टि.आइ.ए. अफिसमा गएर सोधेर पत्ता लगाउँछु नि’ मैले भनें । आफ्नो काम सकिएर फुर्सद भएपछि म टि.आइ.ए.मा पुगें । टि.आइ.ए.मा पुगेपछि बेला–बेलामा घरबाट अफिस आउँदा र अफिसबाट घर फर्कदा एउटै बसमा चढ्ने महिलासँग मेरो भेट हुन पुग्यो ।

उनीसँग भेटेर तपाईको अफिसमा अहिले हाकिमसाहेब को हुनुहुन्छ ? भन्दै सोधें ।

‘हाम्रो अफिसको हाकिमसाहेबको नाम तपाईलाई किन चाहियो ?’ उनले भनिन् ।

‘मेरो साथीलाई चाहिएको हो मलाई होइन’ मैले भनें ।

‘हाम्रो अफिसको हाकिमसाहेबको नाम तपाईलाई भन्दिन तपाई यहाँबाट आफ्नो अफिस गइहाल्नु त’ उनले भनिन् । उनको बोली सुनेर यो संसारमा यस्ता मान्छे पनि जन्मिदा रहेछन् मनमनै भन्दै एक शब्द नबोली म उनको अफिसको अर्को कोठामा पुगेर एकजना सरसँग भेटेर ‘यहाँको अफिसको हाकिम साहेबको नाम के हो ?’ भनेर मैले सोधें ।

‘हाम्रो अफिसको हाकिमसाहेबको नाम देवानन्द उपाध्याय हो’ अर्को कोठाको सरले भने । सरलाई धन्यवाद भन्दै म आफ्नो अफिस फर्कें । आफ्नो अफिसमा पुगेपछि मेरो मनमा आयो हाकिमसाहेबको नामको प्लेट त भित्तामा झुण्डिएको हुन्छ नि मैले हाकिमसाहेब बस्ने कोठाको बाहिर भित्तामा हेरेको भए हुन्थ्यो नि । कस्तो मान्छे ?

– सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *