कविता : गणतन्त्र

~पशुपति कर्माचार्य~

जनआन्दोलनको आलो घाउबाट जन्मेकी,
रजस्वला नभएकी,
कलिलो बालिकाको
घाँटी थिची-थिची
सामुहिक बलात्कारको शिकारमा
रगताम्य क्षतविक्षत
अथाह पीडा बोकेर
सलाइन पानीको भर लिएको
अचेत
बाँच्ने आशा कम भएको,
निरीह देख्दैछु म,
हाम्रो गणतन्त्र ।

हाल: न्युजिल्यान्ड

 

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.