बहरबद्ध गजल : कहाँ खाेजिएन ?

~जीवराज बुढाथोकी~

सवै ठाउँ माया, कहाँ खाेजिएन ?
जहाँ खाेजुँ भन्थें, कहीं भेटिएन ।

अधूराे रह्याे त्याे, अपेक्षा सधैंकाे,
नभेटे नि चित्त, बुझेकाे थिएन ।

भयाे त्याे नचाही, लहड्मा कसैकाे,
विनाकाम दाैडैं, कुनै साेचिएन ।

कसैसंग मागें, कसैसंग साेधैं,
दिनेसंग सायद्, कतै साेधिएन ।

रहर्काे रहर्मै, उध्रियाे जवानी,
भराेसा विनाकाे, सियाेले सिएन ।

मुफरद बहरः मुतकारिब मुसम्मन सालिम
सुत्रः (रुक्नः फउूलुन, संकेतः १२२x४ (ISSx4),
मात्राः ल.गु.गु., अर्कानः ४)
संरचनाः १२ वर्ण प्रत्येक ३ वर्णमा विश्राम

जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलो, काठमाडौं
२०७२।०३।२४

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.