गजल : यो जिवनको सार भो

~शालिकराम मुसाफिर~

तिक्तता र रिक्तता नै, यो जिवनको सार भो
लुकिछिपि धाउदा नै, यो जिवनको हार भो ।

कछुवा र खरायोको, कथा सुनि थाकि सके
यथार्थलाई नबुझ्दा नै, यो जिवनको हार भो ।।

बल्या आगो बलिरन्छ, निभेको नै बाल्न लाग
बल्या आयो बाल्दा नै, यो जिवनको हार भो ।।।

भुक्नेहरु भुकिरन्छन्, टोक्ने आँट हुन्न उसको
भुक्ने पछि झुक्दा नै, यो जिवनको हार भो ।।।।

विगत जस्तो हुन्न अब, समय यसै बदलि सक्यो
विगत पछि लाउदा नै, यो जिवनको हार भो ।।।।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : गजल | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *