महावीर विश्वकर्माका पाँच मुक्तकहरु

महावीर विश्वकर्मा

१)
न आगोले रुवायो, न पानीले रुवायो ।
मलाई त मेरै जीन्दगानीले रुवायो । ।
जसलाई परेलीले ढाकेर राखेँ
पछि त्यही आँखाको नानीले रुवायो । । ।

२)
नदी बनायो कसले अनि डुङ्गा कसले बनायो ?
डुङ्गा जस्तै तैरिने फूलको थुङ्गा कसले बनायो ?
अचेल एउटै प्रश्न दोहोरिरहन्छन् सँधै
म त मान्छे नै पो थिएँ मलाई ढुङ्गा कसले बनायो ?

३)
घाम लागे नी ठीकै छ, जुन लागे नि ठीकै छ ।
जुन पनि कसैकसैलाई बैगुन लागे नि ठीकै छ । ।
इजलासमा उभिएर म यही सत्य बक्नेछु
चोर्न दिल चोरेको हुँ, कानुन लागे नी ठीकै छ । । ।

४)
सँधै आँशुहरुको हुलदङ्गा भएर ।
म बाँचेको छु चरा की चङ्गा भएर । ।
अर्काको जीन्दगी हेरेर लोभिन्छु
आफ्नो त बित्ने भो लफङ्गा भएर । । ।

५)
उसले स्वयमलाई बाघ भन्दो रै छ ।
आफु बकुल्लो अनि मलाई काग भन्दो रै छ । ।
मैले पिएको साँझ, एकान्तमा जम्काभेट त होस्
हेरौँला कसरी आफुलाई चलाख भन्दो रै छ । । ।

This entry was posted in Misc and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *