कथा : बिधिको बिधान

~मीरा मन थापा~Mira Thapa Man

समर्पण अरु केटाहरु भन्दा अलि फरक थियो उ अरु झैँ सबलाङ्ग थिएन सानैमा पोलियोले एउटा खुट्टा कमजोर भएको रे उसकी बहिनी यसै भन्थिन्। किशोरावस्थामा हुने सबैखाले स्वाभाविक चंचलता भने उसमा पनि विद्यमान थिए, जसरी अरु युवाहरुमा हुने गर्छन,शुन्दर सुगठित शरिर । हँसिलो मुहार अनि निकै मिठो बोली बचन थियो उसको ,उ भारतीय मुल को थियो ।

म अध्ययनको शिलशिलामा बिराटनगर प्रवेश गरेकी थिएँ निकै जोश जागर अनि उत्साह बोकेर । समर्पण घर मेरोडेरा नजिक थियो, त्यो पुरै बस्ति नै मधेसीहरुको थियो । पहाडे मुलका मान्छे डेरा गरी बसेको म नै पहिलो पटक थिए रे घरबेटी आमै बिचबिचमा नेपाली मिसाउँदै आफ्नै भाषा मा भन्थिन् । क्रमस: कक्षाहरु शुरु हुन थाले, सुरूका दिनमा शिक्षकहरुको अभाबका कारणले पढाई त्यति राम्रो सँग हुँदैन थियो त्यसैले साँझ-विहान डेरामा भने खूब ध्यान लगाएर पढ्नु पर्थ्यो ।

छिमेकी भएको कारण समर्पण बेला बेलामा घरबेटी कहाँ आइरहन्थ्यो । यहीं क्रममा हाम्रो चिनजान भयो, पढाइको व्यस्तताले म समर्पण सँग त्यति घुलमिल भने भईन प्रायः हाय हेल्लो मात्र हुन्थियो कहिले काहिँ भने अलि-अलि बोलचाल हुनथ्यो । बिस्तारै समय बित्दैगयो ऊ म सँग बोल्न ,नजिक हुन खोजिरहेको थियो म अड्कल काट्न सक्थें उसको हाउभाउ बाट | कुनै न कुनै वहाना बनाएर समर्पण संधै मसँग बोल्ने बाटो खोजिरहेको हुन्थ्यो | कहिले बहिनीले खाना खान बोलाएकि छिन त कहिले आमालाई ब्लड प्रेसर जाँच गर्दिनुस् रे टाउको दुखेकोछ रे भन्दै आउँने गर्थ्यो म पनि जान्थे सिकारू बिध्यार्थी थिए सिक्ने मौका किन गुमाउथे र ?

समर्पण र उसकी बहिनी भने नेपाली राम्रो संग बोल्थे ,उसका बा-आमा त्यति जान्दैन थिए । बर्षौं अगाडी देखि त्यहाँ बसोबास गर्दै आए पनी पहाडे मुलका त्यहाँ कोही नभएकोले होला सायद चिनजान बढ्दै गयो म पनी साँझमा गर्मी टोहल्न कहिले-काँही उसको घरतिर जाने गर्थे बहिनीले खुब मन पाराउथी मलाई खै कुन्नि किनहो, कहिले जेरी त कहिले लड्डु खुवाउने गर्थे केहि नखाई निस्कनै दिन्नथिइ ।

शनिबारको दिन थियो, म सरसफाई मा लागेको थिए आफ्नै सुरमा तारादेवीको गीत गुनगुनाउदै थिए शारिका सन्चै छौ ? एक्कासी कतै बाट आवाज आयो म झस्केर पछाडीफर्के समर्पण ढोका बाहिर मुडामा बसिरहेको रहेछ थाहै भएन कुन बेला आएकोहो ,,ठिकै छु तिमीलाई कस्तो छ नी ? तिम्रो कृपाले अझै त ठिकैछु भन्यो उसले ,हेरन आज कती धेरैकाम छ मेरो भन्दै म लुगामा आइरन लगाउन थाले उ त्यही बसिरह्यो एकनाश म तिर हेरिरहेको थियो बेलाबेला मसँग आँखा जुध्द्दा कस्तरी लाजले अर्को तिर फर्कन्थ्यो । केहि भन्न खोजे झैँ अनि भन्न नसके झैँ गरी उसको मनको कुरा आँखा भरि झल्किएको हुनथ्यो जसलाई म पढ्न सक्थेँ उसको दैनिक चालचलन र म प्रति को उसको हेराइ बाट म अड्कल काट्न सक्थे । म काममा ब्यस्थ भएकोले उसलाई अलि असजिलो महसुष भएछ क्यारे छेउमा भएको रेडियो खोल्यो मधुर आवाज मा देवनारायण प्रधानको मिठो गीत गुन्जिरहेको थियो …….

कती कुरा नभनेर नै मिठा मिठा मिठा हुन्छन
भनिएका कुरा बरु झुठा झुठा झुठा हुन्छन SSSSS
—————————————————-`!

गीत सुन्दर थियो मलाई धेरै मन पर्ने मध्ये एक थियो त्यही गीत सुन्दै म काम गरिरहेकी थिए केहि लुगा पट्याएर राखेँ अनि छरिएका किताबहरू मिलाउन थाले गीतत बजिसक्यो धनियाँ र रामविलाशको जिबनजलको बिज्ञापन बज्नथाल्यो पछाडी फर्केर हेरे समर्पण त्यहाँ थिएन कुनबेला गएछ पत्तै भएन जान्छु पनी नभनी जाने कस्तो रहेछ अलिअलि रिसाएझैँ गरे मैले ।

एकदिन बेलुकीको गर्मी टोहल्न क्याम्पसको खुल्ला चौरमा बसिरहेकी थिए साँझ पर्ने लागेको थियो चराहरु आ -आफ्नो गुड मा फर्किसकेका थिए दिनभर कुरा गर्न नपाएर होला सबै परिवार भेट भएर कुरा गरेझै लाग्थ्यो खुब होहल्ला गरिरहेका थिए । घाँम अस्ताउने सुरसारमा दिनसँग बिदा माग्दै धर्तिमा लालिमा छर्दै जोगबनीतिर पुगिसकेको थियो सुनसान बन्दै थियो त्यहाँको माहोल यसै पनी शहर नभै गाउँ थियो । वैजनी रंगका फूलहरु भूइँभरी ढकमक्क फुलेका थिए म बेलाबेला यी सुन्दर फुलहरू खेलाउदै डुब्न लागेको घामलाई निहाल्दै थिए लागथ्यो यसरी दिन भर प्रकाश छरेर सुटुक्कै अँधेरीको काखमा हराउँनु जस्तै पो हो कि मेरो जीवन पनि ..?

काम सकेर घर फर्कने क्रममा श्यामलाल (माली ) दाईले मलाई देखे ,कथि भेलोरे शारिका ? गर्मी भएर यसै निस्केकोनी दाइ !,मलाई त्यहाँको भाषा त्यति आउदैन थियो तर बुझ्दथे । उनी आफ्नो बाटोलागे म त्यहीँ डुब्नलागेको सुर्यलाई अन्तिम दर्शन गर्दै मनमा नानाथरीका कुरा खेलाउदै बसिरहेकी थिए ,यतिकैमा मेरा आँखा बाटो तिर हुत्तिए हातमा सानो कागजको टुक्रा बोकेर सानी गुड्डु म भएतिर आउदै थिइ उसलाई मैले माँया गरी बोलाउने नाम थियो(गुड्डु )सारै प्यारी बच्ची थिई मेरो नजिकै आई मैले पनी तानेर उसलाई आफ्नो काखमा राखेर सुमसुम्याउदै मायागरे ,उसको हातमा सानो कागजको टुक्रा थियो मैले के ल्याइदियौ मलाई भनेर त्यो कागज खोलेर हेरे त्यहाँ त्यही गीत लेखिएको थियो कसले दिएको गुड्डु ? समर्पण भैया ने उसले तोतेबोलीमा जवाफ दिई ।

त्यो गीत अनि उसको ब्यबहार म प्रतिको हेराईलाई राम्ररी बुझेकी थिए । उसको चाहनालाई खुल्ला किताब झैँ पढ्न सक्थे म तर अन्जान बनी दिन्थेँ यो मेरो बाध्यता पनी थियो त्यो बेला मेरो पढ्नेबेला थियो अर्को कुरा चाहेर पनी सम्भब थिएन यो कुरा धेरै बाधा अनि असमानताहरू थिए हामी बीचमा सोच्नुभयो होला उ अपाङ्ग थियो त्यसैले तर हैन उ भारतीय मुलको अनि म नेपाली मुलकी थिए उ धनाढ्य ब्यापारी को एक्लो छोरा थियो म मध्यम बर्गीय कृषकको छोरी ,यो कुरामा न त उसको परिवार राजी हुन्थियो न त मेरो नै ! थाहा थियो हामी नदीका दुइ किनारा जस्तै हौ भन्ने त्यसैले पनी यो असम्भब कुरामा मैले कहिले ध्यान दिन खोजिन ।

दिनहरू क्रमसः बित्दै थिए परिक्षा नजिक आइरहेको थियो, समय पढाईमा लगाउनु पर्ने थियो । बिहीबारको दिन घरबाट आमाले क्याम्पसमा घर जान भन्दिनु भन्ने खबर छोड्नु भएको रहेछ । घरबेटी लाई भोलि म घरजादैछु आइतबार मात्र फर्कन्छु भने |समपर्णले यो कुरा खै कसरी थाहा पाएछ,अनि आमा लाई सिफारिश गर्न पठाएछ उसको पनी मेरो गाउँ घुम्न जाने चाहना छ रे मैले ठिकै छ नी त भने आमा समानको मान्छेको बचन काट्न सकिन ,मेरो घरमा पहिले पनी स्कुल कलेजका केटा साथी आउनेजाने भएको कारणले त्यति आपति थिएन ।

शुक्रबारको साँझ हामी बिराटनगर बाट काकरभिट्टा जाने माइक्रो बसमा चड्यौ भाडा उसले तिर्ने जिद्धी गरयो मैले हुन्न म दिन्छु भने तर मानेन उसैले तिर्यो माइक्रो औधोगिक एरिया लाई छिचोलेर अगाडी बढ्यो पुर्बान्चलको मुटु इटहरी बाट पूर्वतिर हुइकियो साँझ पर्न लागेको गर्मीको मौसम माइक्रोबसको झ्यालबाट छिरेको चिसो हावाले स्पर्श गर्दा मन चंगा बनेको थियो एक किसिमको आनन्द महसुष भएको थियो ।

बाटोभरि देखिने उतर पट्टि रहेको घनाजँगल बाट बेलाबेलामा बाँदर ढेडुहरू रोडमा निस्किएर माइक्रो लाई जिस्काउदै फर्कन्थेँ । दक्षिण पट्टि सम्म फाँटहरूमा धानका बाला झुलिरहेका थिए भने कतै तरकारी खेती हरू अनि बिचबिचमा आउने स-साना उद्यानहरू गाडीको मधुर प्रकाशमा सुन्दर देखिन्थे ,यी रमाइला दृश्य हेर्दै बाटो काटिरहेका थियौ अर्को तिर धेरै दिनमा परिवार सँग भेट्न पाउने कुराले म धेरै खुसि थिए ,बेलाबेलामा यताउता हेर्ने क्रममा समर्पण सँग मेरा आँखा जुध्न पुग्थे उ मलाई एकोहोरो हेरीरहेको हुन्थ्यो आँखा जुधे पछि उ कस्तरी आँखा अर्को पट्टि घुमाएर आफु लाई संयमित बनाउथ्यो अझै यादछ मलाई उसको त्यो लजालु अनुहार,म पनी अर्कोतिर फर्कन्थे उसको ध्यान बाहिर को दृश्य भन्दा म पट्टि धेरै हुनथ्यो । बेलाबेलामा हर्न बजाउदै पेसिन्जर बोलाउदै माइक्रो पथरी पुगिसकेको थियो ,त्यसपछि भने समर्पण का आँखाले बाहिर खै कुन्नि के देखे एकोहोरो भएर बाहिर मात्र हेरीरहेको थियो बाहिरै हेरेर उ बिस्तारै बोल्यो शारिका ,हेरन स-साना कती सुन्दर घर कती झिलिमिली बस्ति पछि हामी पनी यस्तै घर ……..उसको बोली रोकियो ,केहि बोलेन फेरी लजायो अनुहारमा कालो बनाएर ।

गाडीको उज्यालोले साच्चै नै ती बिभिन्न आकार प्रकार र सुन्दर रंग रोगनमा सजिएका कपुरखानाहरू सुन्दर अनि मनोरम मानब बस्तिहरू भन्दा कम देखिदैन थिए मैले उसको रातो अनुहार लाई केहि केहि फिक्का बनाउने सोचले कुरा अर्कोतिर मोडे समर्पण यो मानब बस्ति हैन यो त राई लिम्बु ,गुरुङ तामांग र शेर्पाहरू मरेपछि राखिने चिहान हो उनीहरू यहाँका भूमिपुत्र मानिन्छन् त्यसैले उनीहरू मरे पछि यहिँ को भुमिमा उनीहरुको समाधि राखिन्छ ,यिनीहरू किरात धर्म मान्नेहरू हुन अनि यी कपुरखानाका भित्ताहरुमा एउटा सुन्दर शिलालेख राखिएको हुन्छ ,त्यसमा मर्ने मान्छेको सम्पूर्ण विवरण लेखिएको हुन्छ | क्षेत्रि ब्राम्हण या भनौ हिन्दु धर्म मान्नेहरू लाई मरेपछि नजिकैको कुनै खोलामा लगेर जलाइन्छ किन भने क्षेत्रि ब्राम्हण या हिन्दु धर्मका अनुयायीहरूले काशी लाई पवित्र धार्मिक स्थल मान्दछन्र पहिले पहिले काशी लगेर लास जलाउने चलन थियो रे तर अहिले नजिकैको खोला लाई नै काशी मानेर लासको सतगत गरिन्छ भन्दै मैले उसको उ तिर पुलुक्क हेरे उसको अनुहार हेर्न लाएक बनेको थियो यो बेला लजाएर शिर झुकाईरहेको थियो म चुप भए । माइक्रो खाली बन्दै थियो बाकी ४/५ जना मात्र थियौ हाम्रो पनी गन्तब्य आइपुग्यो ।

घरमा अरु २ जना मान्छे पनि आएका थिए तर मैले चिनिन मलाई हेर्न आएका रे मेरो हातमाग्न आएका रे भाईले बाटोमै आएर भन्यो यो कुरा समर्पण लाई पनी थाहा भयो । मलाई ज्यादै नमिठो लाग्यो आफु लाई बुबा आमाको काख मा सानै देख्थे तर अब ठुली पो भएछु र त मलाई माग्न मान्छे आएनी अब त बिहे गर्ने बेलापो भएछ मेरो ,,,,,,,,,मन खल्लो भयो आँखा भरि कुन्नि के के भरियो मुटु गाँठो परे झैँ भयो तर मान्छेको अगाडी आफु लाई संयमित बनाए ओठ मा बोक्रे हाँसो फिँजाउने,,कोशिस गरे । घर पुगेपछि मैले बुबाआमा सँग छिमेकमा बस्ने साथी हो भनेर चिनजान गराए समर्पण लाई , अबिभादन आदानप्रदान भयो खाना तयार थियो सबैले खाना खायौ । थाकेको छ भनेर होला भोलि मात्र कुरा चलाउने विचार गरे होलान त्यसैले होला आमाले मलाई आराम गर्न जा भन्नुभयो समर्पण लाई उसको कोठा देखाएर म पनि बिछ्यौनातिर लागे बुबा आमा खै कुन्नि के के कुरा गर्दै हुनुहुन्थियो पाहुनासँग मेरो मनमा आँधी हुरी चलेको थियो धेरै रोए त्यो रात म जीवनमा पहिलो पटक रोएको थिए यति धेरै मन दुखाएर सायद ,, ,,थाकेको शरिर कुन बेला निदाएछ थाहै भएन ।

बिहान को यस्तै ४ बजेको हुँदोहो मधुर आवाजमा त्यही गीत कताकता गुन्जीरहेको थियो बिउझिदा |कसले बिहानै क्यासेट बजायो भनेर म हेर्न गए त्यहाँ कोहीथिएन,समर्पणको कोठामा हेरे उ त्यहाँ थिएन ढोका खुल्लै थियो बाहिर गएकोहोला आउला भन्ने सोचे तर अहँ, उ आएन बिहान को ६ बज्यो मन डरायो सबै जना उठ्ने बेला भैसकेको थियो अब के भन्ने होला भनेर धेरै आतिएको थिए के गर्ने के नगर्ने दोधार मा छटपटाई रहे ,घरमा आएका पाहुनाले थाहापाए भने के सोच्लान म पागल झैँ भए मुटुले ठाउँ छोडिसकेको थियो यतिकैमा सबै जना उठ्नुभयो म चाडै उठेकोले के भयो किन चाडै उठेको भन्नु भयो आमाले झट्ट आवाज निस्कियो समर्पण घर गयो उसलाई बिदा गर्न उठेको ,भगवान कस्तो विपदमा पारिदियौ म छाँगा बाट खसेझैँ भएको थिए ,मन धेरै डराएको थियो कहाँ गयोहोला के भयोहोला अब उसको घरमा मैले के जवाफ दिने ,,म बिराटनगर फर्कन आतुर थिए किन हतार गरेको यहाँ मान्छे आएका छन भन्दै हुनुहुन्थ्यो आमा मलाई बिहे गर्ने मन नभएको कारणले त्यता पट्टि ध्यान दिईन मैले आमा म अहिले बिहे गर्दिन मलाई पढाई सक्न दिनुस अनि सोचौला मेरो भोलि प्राक्टिकल छ म जानुपर्छ अहिलेनै भनेर निस्के घरबाट बेचैनथियो मन बाटोभरि चाहिने नचाहिने कुरा मनमा खेलिरहे ,,बिराटनगर पुग्नसाथ मैले उसको खोजिगरे उ घरमा आएर बहिनीलाई म दिल्ली जान्छु भनेर निस्केको रे घरका अरु कसैलाई थाहा छैनरे मन अलि हल्का भयो कम्तिमा घरमा त आएर गयो उतै बाट गएको भए मेरो के हालत हुन्थियो होला….? उसलाई भेटेर सम्झाउने कराउने अनि धेरै कुरा गर्ने मन थियो तर पाइन मैले मनका कुरा मन मै रहे ।

दिन बित्यो बर्ष बित्यो पढाई सकिने बेला सम्म पनि उ फर्केरआएन परिक्षा सकियो रिजल्ट राम्रै आयो अब मेरो त्यहाँको बसाई सकियो म गाउँ फर्किए उसको र मेरो भेटघाट मात्र हैन कुनै सम्पर्क पनी भएन त्यसपछि उ कतागयो म कता एकपटक उसलाई भेटेर उसका नभनेका कुरा सुन्नु थियो अनि उसलाई सम्झाउनु थियो तर अह उ फर्किएन उ सँग कुरा गर्ने चाहना अधुरै राखेर म बेरोजगारी भएको मान्छे बिदेसिए हाम्रो सम्पर्क टुटेको पुरा ८ बर्ष भैसकेको थियो म विदेश लागेकै ६ बर्ष भइसके ।

६ बर्षपछि यसपालिको हिउँदे छुट्टिमा म गाउँ गएको थिए बाटोभरि देखिने ति कपुरखानाहरूले पुरानो यादहरू लाई ताजा बनाई रहेका थिए आजपनी म त्यही बाटो हिडिरहेकी थिए जून बाटो एकदिन यिनै कपुरखानाहरू को बारेमा बताउदै समर्पण सँग हिडेकी थिए ,बाटो भरि उसको त्यो लजालु मुहार मेरो आँखामा नाचिरहेको थियो सायद मुटुको कुनै कुनामा उसको मायाँ जिबित थियो या त अन्य केहि उसको याद सारै आयो मलाई उ सँग बोलेका हिडेका अनि उसले लुकीलुकी हेरेको बेलाका ति नशालु आँखाहरू मेरो आँखा सम्म आएर ठोकिन्थे ।

बर्षौ पछि घर आएकी थिए धेरै खुसि थिए .परिवारमा खुसि छाएको थियो समय बित्न कतीबेर लाग्दो रहेछ र दिनहरु सुलुसुलु चिप्लिरहेका थिए १ महिनाको बिदा त थियो जम्मा । मन बेचैन थियो रोऊँ रोऊँ हासौ हासौ खै कस्तो कस्तो एक तमासको बनेको थियो मन विदेश फर्कने कुराले तर के गर्ने फर्कनु त थियो नै जसरी पनि । फर्कनु अगाडी एकपटक बिराटनगर जान मन लाग्यो मलाई खै कुन्नि किन !

भोलिपल्ट बिहानै म घरबाट निस्के क्याम्पस छोडेको आज पुरा ८ बर्ष भैसकेको थियो तर पनी मलाई खुब मायाँ लागथ्यो त्यहाँ बिताएका हरेक पलहरू प्यारा लाग्थे हतार थियो त्यहाँ पुग्नलाई पुराना साथीसँगी हरू भेट्न लाई प्रायः साथीहरू क्याम्पसको वरिपरिका थिए भने केहि साथीहरू त्यही क्याम्पसमा शिक्षक शिक्षिका बनेका थिए म आतुर थिए सबै लाई भेट्न देख्न अनि पुराना कुराहरु गर्नलाई हतार भएको थियो ,नभन्दै २ घण्टाको बसको यात्रा पछि म त्यहाँ पुगे गाउँ बस्ति अझै उस्तै थियो परिबर्तन केहि थिएन मान्छे फोहोरी नै थिए बाटो मा मान्छे छोपिनेगरी धुलो उडेकै थियो अनि बाटाका दुइ किनारामा फोहोर मैला जिउँ का तिउँ थिए आज पनि ।

म कलेज पुगे श्यामलाल दाइ पनि बुढा भइसकेछन् पहिले जस्तै उनी आज पनि फूल नै गोडिरहेका थिए मलाई देखेर उनी अचम्म परे दाई नमस्कार आराम हुनुहुन्छ ? आराम छु अनि तिमी नी कहाँ थियौ यति बर्ष किन माया मार्यौ हामी लाई उनी बोल्दै थिए आफ्नै भाषामा …>> राम सर लक्ष्मी मेमको पनी सरुवा भयो तिमी सँग पढ्ने केहि विद्यार्थी हरुले यहाँ पढाउन थालेका छन् कोही जागिरे भए ,,. उनी मलाई ८ बर्ष अगाडी देखि का सबै कुरा सुनाउदैं थिए म सुनिरहेथे पसिना पुछ्दै उनी भन्दै थिए समर्पणले ६ बर्ष अगाडी नै मोटरसाइकल एक्सिडेन्टमा परेर ज्यान गुमायो ,,,,,,,,,,,,,,,,,,,म तीनछक परे फेरी सोधे के भयो रे ? उनले फेरी दोहोर्याउँदै भने मोटरसाइकल एक्सिडेन्ट मा परेर ज्यान गुमायो….!!!

पत्याउनै गारो भयो मलाई ,एक्कासी छाँगाबाट खसेझैँ भए म होश हवास उड्यो संसार अँध्यारो भयो आँखामा कालो बादल मडारिन थाल्यो केहिबेरमै आँधी बेहरी आउला झैँ गरेर केहि सोच्न सकिन बोल्ने सबै शब्द सबै हराए ,भुइँमा थचक्क बसें उनी भन्दै थिए उसले तिमी लाई धेरै माया गर्थ्यो रे तिमी लाई थाहा थियो ? उ दिल्लीबाट फर्केर आएपछि तिमी लाई धेरै खोज्यो तर तिमी विदेश गएछौ त्यो सुने पछि कोहिसँग बोल्दैन थियो ,एकोहोरो भएर बसिरहन्थ्यो ,सबैले बहुलायो भन्थे ,एकदिन बिहानै तिम्रो घर जान्छु भनेर निस्केको थियो त्यहि बेला उसको एक्सिडेन्ट भएको हो मान्छेहरू यो एक्सिडेन्ट हैन उसले जानी जानी यसो गरेको भन्छन उनी बोलिरहे आफ्नै भाषा मा कताकता नेपाली मिसाउदै ,,,,,कल्पना सम्म नगरेको कुरा सुन्दा म अवाक भए,संसार अँध्यारो भयो आँखा बाट भेल फुट्यो मेरो मुटुको एक कुना बाँध बाधिएर रहेको उसको माया को मुल फुट्यो उर्लँदोभेल बनेर संसार निष्पट अँध्यारो भयो मैले केहि देखिन म थचक्क भुइँमा बसे ।

कती कुरा नभनेर नै मिठा हुन्छन यही सिद्धान्तमा अडिग रह्यौ हैन समर्पण ? सायद यसैले सुन्ने र भन्ने मौका दिएनौ तिमीले मलाई यो कुरा पनि नभनेकै भए मिठो हुनेथियो होला नसुनेको भए झन मिठो ,,,,,,,,,,,,

चिच्याई रहेको मेरो आत्मा सम्झनाको धमिलो छाया पछ्याउदै त्यो हदसम्म पुग्यो जहाँ आफ्नो प्रेम र आत्मियता दर्शाउन नसकेकोको समर्पणको मलिन मुहार मिठोबोली लजालु हेराइ थिए चलचित्र झैँ मेरा आँखा अगाडी घुमिरहेका थिए एकनाशले एक जिउँदो इतिहास बनेर……….यो कस्तो प्रेम मेरा भावनाहरू आन्दोलित बनिरहे म बेहोश बने होश खुल्दा यही गीत मन मस्तिष्कमा घुमिरहेको थियो बेदना को धून सँगै मुटुमा तिखो भाला रोपेर ।

कती कुरा नभनेर नै मिठा मिठा मिठा हुन्छन
भनिएका कुरा बरु झुठा झुठा झुठा हुन्छन SSSSS,,,,,
—————————————->>

यसरी अनुत्तरित प्रश्न अनि मनका कुरा मनमै बोकेर एउटा जिन्दगी समाप्त भयो जीवनभर यादगार बनेर _

(यस कथाका घटना तथा पात्रहरु लेखकको कल्पनामा आधारित छन , कसैसँग मिल्न गएमा त्यो केवल संयोग मात्र हुनेछ)

मीरा थापा
माइधार /झापा
हाल इजरायल

(स्रोत : नारीदर्पण डट कम)

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *