गजल : बाच्ने आधार देखिन

~रिता खड्का ‘त्रिलता’~

सिन्दुर मैले पाएकै थिएँ बाच्ने आधार देखिन
पलपल मेरो जस्तो उनको मन बारबार देखिन

समाजले हेर्दा हकअधिकार पाए जस्तै देखिने
बिडम्बना नारीलाई साथ दिने कारागार देखिन

सधैँ हेपिएर बस्नु पर्छ यहाँ नारी हामीलाई
तर म जस्तो नारीको किन प्रतिकार देखिन

हक अधिकार खोस्न अब श्रीमानले थालेपछि
देशमा पनि नारिलाई साथ दिने सरकार देखिन

कोहि बलात्कार हुन्छन् त कोहि हेपिन्छन् यहाँ
कठघरामा दोषीलाई सजाए दिने काँडेतार देखिन

भलायखर्क, लम्जुड़
हाल दक्षिण कोरिया

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : गजल | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *