कथा : डा.सी-फुडको पुनर्जन्म

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

समय । त्यस समय भित्रको एउटा लामो समय । त्यस लामो समय बिचको धेरै पलहरु भित्रबाट छुट्टिएको एउटा छोटो समय । अनगीन्ती भ्रमहरु । अनगीन्ती सपनाहरु । अनि असिमीत जन्महरु जसलाई समयको त्यहि छोटो बाटोमा रेखाङ्गन गरिएको थियो । अर्ध जिबित आशाहरुलाई समयको फेरो समाउन लगाएर मैले बाँचेको भ्रम । मैले बाँचेको समय । बु–साओ जिआङ र मैले बाँचेको समय । उ मेरो कुटिको ब्यबस्थापक । भक्तजन हरुले लेराएको फलफुल र सामान ब्यबस्थापन गर्नु बाहेक अन्य थुप्रै जिम्मेवारीहरु बु–साओ जिआङकै थियो । कतिपय घटनाहरु अनौठा हुन्छन् र हामिले नचाहाँदा नचाँहादै ति घट्न पुग्छन् । त्यस्तै बु साओको मृत्यु पनि परिकथाहरुमा सुनाईने परिघटनाहरु जस्तै अनौठो गरि भएको थियो । उसलाई कुटि छेउको जङ्गलमा फेला पारिएको थियो । त्यो बिभत्स मृत्यु थियो । प्रकृतिको elusiveness ले मैले मित्र बु साओलाई गुमाएको थिँए ।

भ्याकेसन सुरुहुने अघिल्लो दिन उसले एउटा महत्वकाक्षीं योजनाको अशं सुनाएको थियो । हामि  बिश्वबिध्यालयको स–शुल्क भोजनालय भित्र थियौं । त्यो हाम्रो पढाईको अन्तिम बर्ष थियो ।

उसले भन्यो ‘यो सहुलियती सोच नठान’ । मैले उसको अस्थिर आखाँमा हेरे । ‘Time to be piratical’ उसले भन्न थाल्यो । ‘यो पलभरको समयमा हामिले उदेश्यमुलक र यथार्थ जिबन जिउनु पर्छ’ ।

उसको चलायमान ओठहरु उसको पुरानो मोपेड जस्तै काँपिरहेको थियो । भोजनालय भित्र हामि सबै  विधाबारिधि  नजिकका  बिधार्थी  थियौं । आखाँले एक फेरो स्वतन्त्र चक्कर लगाँए । चुरोटको धुवाँले ढम्म ढाकिएको क्यान्टिन भित्र मैले बु साओ लाई कुहिरो भित्र रुमल्लीएको काग चरो सोँचे । contemplation makes confusion  । उसको नाम जस्तै उसको काम पनि  ब्यक्तिगत थिएन ।

सामान्य लामा परिवारको केटो, बु साओ असामान्य थियो । बाबुको नाम बु, आमाको साओ र संस्कृती ले दिएको जिआङ बाट मेरो मित्र बु–साओ जिआङ बनेको थियो । उ आफ्नो पुरानो मोपेडमा शहरको कुना कुना पुग्न रुचाउथ्यो । उ त्यसलाईfrantic holiday भन्थ्यो । म उ सगैं बौद्धको छोयला रिमकन र ध्यान सिबिर पुन्ने गर्थे । जसरी उसको नाम आफ्नो होईन भन्थ्यो त्यसैगरी उ पनी आफ्नो थिएन ।

He was sovereign of doing anything and i didn’t know म किन उसको मार्गमा चल्दै थिँए । उसको जेनेटीक धर्म बौद्ध भए पनि उ हिन्दु धर्म बाट प्रभाबीत थियो । हामि हत्ताको एक दुई दिन गिटार र जिन बोकेर शहरको बाहिर पुग्थ्यौं । उ ब्लुज गाउँथ्यो, म धार्मिक प्रबचन दिन्थे । दुई जानाको सभ्यता यसै गरि चल्दै थियो । telepathy को modern technology मा हाम्रो अन्तिम सोध चल्दै थियो । त्यसैले पनी हाम्रो चितंन बढि धार्मिक र मनोबैज्ञानीक हुने  गर्थ्यो   र संगित पनि तिनै समय बज्ने  गर्थ्यो  । पढाईको अन्तिम बर्ष हामि उत्साहीत थियौं । समय ब्यबस्थीत रुपमा अघि बड्दै थियो । उ भारत गएर मनोबिज्ञानमा m-phill गर्ने सोच बनाउँदै थियो । सोचे जस्तो जिबन चले सरल थियो । म बु साओ लाई हेर्थे उ बिचारशिल भएर कफि पिउँदै हुन्थ्यो

हामि योजना अनुसार नै चल्दै छौं and we will be practical’ मैले भने ।

उसले क्यान्टिनको फुच्चेलाई बोलायो । त्यो फुच्चे सधै उ सगं डराउँथ्यो, उसको लामो कपाल देखि वा उसको भद्धा ब्यक्त्तिव देखी । हामि बुझ्दैनथ्यौं ।

उसले भोजनालयको माथि झुन्डाएको साईन बोर्ड देखाउदै भन्यो ।

‘self service, हामी यसलाई किन पालना गर्दैनौ’?

‘हामि अटेर गर्न रुचाउँछौं, यो हाम्रो प्राईभेट गुण हो’ । मैले बु साओ लाई भनेको थिँए ।

‘‘होईन, प्राईभेट होईन, भौतिकबादी वा सामन्ती गुण हो’ । त्यो उसको योजनाकै अशं थियो ।

फुच्चेले चिया दिएर गयो ।

‘‘आज मोपेडमा तेल छैन । भोलि मुखमा माड लाग्ने छैन । सरकारको दुदर्शा छ । तिमिले कतिनै भैतिकबादी सम्पन्नता पाएको छौ र’ ?

उसले यसरी असान्दर्भिक गफ गरेको मलाई मन पर्दैनथ्यो । मैले भने ‘‘हामि हाईकु वा प्रगतीशील कबिता लेख्ने मानिस होईनौं’ ।

उसले केहि पनि टिप्पणी गरेन । हामि त्यस दिन गिटार र जिन बोकेर मध्यान्न तिर शहर बाहिर पुग्ने योजनामा निस्कीयौं ।  त्यस दिन उसले ब्लुज गाउने मन राखेन । मैले पनी प्रबचनको पेटारो खोलिन । हामी छिट्टै शहर फर्कीयौं । भोलि दोखि बिश्वबिध्यालय बन्द थियो ।

भोलिपल्ट देखि शोधपत्रको तयारी संगै गर्ने योजना गरेका थियौं । उ निकै बेर आएन । मैले सम्पर्क गर्न खोजें फोन स्वच अफ थियो । मैले उसको घरबेटीलाई सम्पर्क गरे । उ मोपोड लिएर निस्कीएको खबर पाँए । तर उ त्यस दिन साँझ सम्म पनी म काँहा आएन । बु साओ निकै दिन हरायो । उ त्यस्तो खालको मानिस थिएन । र त्यो पहिलो पटक हुँदै थियो ।

निकै दिन पछि उ फर्कियो । गलेको र थाकेको शरीरमा भिन्दै तन्दुरुस्ती पना थियो ।

‘‘कहाँ हराएको थियौ’ ? मिलिटरी टाईप बुट फुकाल्दै गर्दा मैले सोधें ।

उसले मलाई छोयला रिमकन लग्यो जहाँ अब मैले उसको पुर्ण योजना सुन्नु थियो । त्यस योजनाले हाम्रो जिन्दगी बदलिदीयो । मैले उ संग सहमती जनाउनु पर्ने कुनै कारण थिएन । त्यस दिन मैले उसलाई संझाउने कोसिस पनी गरिन । हामि दुबैको औपचारिक रुपमा शहर छोड्ने योजना थियो । त्यो आध्यात्मीकता प्रतिको आलो चाहाना थियो सायद । हामिले शोधपत्र नबुझाई जाने अन्तिम निर्णय त्यसै दिन गरेका थियौ । मलाई त्यस दिन बु—साओ को कुरा ठिकै लागेको थियो । म किन बहकिए थाहा थिएन । हामिले निकै समय संगै बिताएका थियौ । भोलिपल्ट शहर छोड्ने योजनामा हामी निस्कीयौ । एउटा ठुलो रुकस्याक मैले भिर्नु थियो । उसले मोपेडलाई हेर्यो । अंकमाल गर्यो । सायद उसले गुमाउने अन्तिम बस्तु त्यहि थियो ।

हामि लामो यात्रामा निस्किएका थियौं । कस्तो यात्रा? मलाई थाहा थिएन न बु साओ लाई थाहा थियो । हामि कसैको नेतृव्वमा हिडेका थिएनौं । हामिले मनमौजी समय काट्नु थियो । मलाई यस्तो लाग्छ त्यो मात्र लहडि सोच थियो । भौतिकता देखि निकै पर पुग्ने सोच बु साओ को थियो तर त्यो बाटो सहज थिएन । हामीले एउटा लोकल बस समात्यौं र शहर बाट निस्कियौं । यात्राको दोस्रो दिन हाईवएमा ओर्लियौं । जङ्गलको बाटो समातेर निकै दिन यो पहाड उक्लिएका थियौं । गन्तब्य कति समय लगाएर पुगियो थाहा भएन किनकी मलाई बुसाओले घडि बोक्ने अनुमती दिएको थिएन । त्यसै दिन मैले सुर्यको गति हेरी समय पत्ता लागाउने उपाय खोजे । हामि बाट नजिकको बस्ति पनि निकै टाढा थियो । पछि भत्तजनहरु निकै समय लगाएर कुटि सम्म आईपुग्थे त्यति बेला बु साओको अनुहारमा खुसिको आभा प्रष्ट देख्न सकिन्थ्यो । उसले मलाई प्रबचनको अनुमती दिन्थ्यो । उसको ब्लुज गाउने मन त्यति बेला प्रबचनमा साटिएको थियो ।

बु—साआले आफ्नो आन्तुष्टी कति पायो मैले सोच्ने मौका पनि पाईन । उसको योजना मुताबिक कुटि बन्यो । निकै समय पछि भत्तजनहरु आउन थालेका थिए । हाम्रो दौनिकी एउटा साँघुरो कुटिमा आएर अडिएको थियो । पछि उसले कहिले पनि गिटारको कुरो गरेन । उसले कहिले पनि युनिर्भसीटीको कुरा गरेन । मैले पनि संझाउने कोसिस गरिन । उ दिन भरि कुटीको ब्यबस्थापनमा मन लगाउँथ्यो म प्रबचनको तयारीमा । हामिले संसारको खबर पाएका थिएनौं । बु सओ कसरी त्यसमा खुसि हुन्थ्यो । म कसरी त्यसमा खुसि हुन सकें । उसले आफुले भनेको ब्यबहारीक जिबन चलाउँदै थियो ।

म कहिले काहिँ भन्ने गर्थे । ‘यो कसरी ब्यबहारीक भयो ? आत्मालाई कष्ट दिनु कतै सन्तुष्टी होईन’ ।

‘तिमी अझै दुबिधामा छौ’ । उ यति मात्र भन्थ्यो । ‘भोलिको प्रबचनको तयारी गर’ ।

मलाई दिनहरु पट्यार लाग्न थालेका थिए । एउटै किसिमको साँघुरो दैनिकीले सफोकेट हुँदै थिए । जिआङ्ग लाई एकदीन अपुरो पढाईको कुरा भनेको थिँए ।  ‘it’s just labyrinth’ भनेर उसले मलाई कुरा गर्न दिएन । त्यस दिन बु साओको ब्यबहार बाट दुखि भएको थिँए ।

बु साओ ठिक थियो । म पनी ठिक हुने कोसिस गर्दै थिए । i was trying to be comfortable तर एकै किसिमको अदार्शमा अडिएर बस्नु कतै सम्भब थिएन । पछि मैले उसको योजनामा खोट देख्न थालेँ । त्यो निर्णय सहि थिएन । बु साओको निर्णय सहि थिएन ।

‘हामिहरु समस्याहरु बाट भाग्न खोज्दै छौं’ । मैले उसलाई संझाउने हेतुले भनेको थिँए ।

उसले केहि पनि बोलेन र भत्तजनहरुले लेराएको नरिवलको चाङमा टाँसिएर बसिरह्यो । यध्यपि, हामि मनमुटाब बडाउने सोचमा थिएनौं । उ अँगेना छेउ टोलाएर बसि रहँदा म चिम्टाले अगुल्टो हल्लाउँदै हुँन्थे । रात त्यसै गरि बित्न थालेको थियो ।

एक दिन बिहान, शौचपछि कुटि र्फकिन थाल्दा पिँढिमा एक अधबैंसे मानिसलाई देखे । उमेरमा निकै पाको । बु साओ संगै बसेको थियो । मैले दुबैलाई एक दिर्घ नजरमा हेरे ।

‘उ मेरो मित्र’ उसले मेरो प्राथमिक परिचय मानिसलाई दियो ।

मानिसले म संग हात मिलायो । हात ठँन्डा थियो । लगभग फ्रोजनको स्थितीमा ।

मैले भने ‘कुन बेला आउनु भयो’  ?

‘मध्यराती तिर आईपुगेको । तपाईहरुलाई जगाउन मन लागेन त्यसैले बाहिरै बसें’ । मानिसले मेरो उत्सुकता हल गरिदियो ।

‘उहाँ सि—फुड’ बु साओले मानिसको परिचय दियो । भन्यो  ‘भौगोलिक अन्बेशक’

उसको पुरा नाम डा. सि—फुड घिसिङ थियो । चट्टान, खोला, पर्बत, पहाड र उचाईका गाँउहरु पुग्नु उसको पेशा थियो । त्यस रात उसले हामिलाई पृथ्बीमा भईरहेको जलाबायु परिर्बतनको कुराहरु बताएको थियो । उसले घुमेको उच्च हिमाली गाँउहरुको क्लाईमेटको बारेमा बताएको थियो । उ चतुर देखिन्थ्यो । उ चतु्याई पुर्बक कुरा र्गथ्यो र बिच बिचमा ठट्यौली पारामा ‘तपाईहरुको जोडि देख्दा खुसि लाग्यो भन्थ्यो’ । त्यसको प्रतिक्रीयामा हामि, कि त ढोकामा कोहि आएको शंकामा हेरे जस्तो र्गथ्यौं, कि त पारि डाँडामा भेटिएको पुरानो हड्कीको कुरा सुनाउँथ्यांै । उसले झोलाको केहि सामान निकालेर हामिलाई देखाँउदै भन्थ्यो । कुटिको अबस्थीती ठिक ठाउँमा छ । परिर्बतनको असर केहि कम छ ।

बु साओले भन्यो । ‘मैले निकै दिन पछि यो ठाँउ भेटेको थिए’ ।

उ निकै दिन हराएको थियो । हामिले शहर छोड्नु अघी । उसले यहि ठाँउ खोज्न आफु हराएको अबगत गराउँदा म उसको मकिएको मोपेड लाई संझैदै थिए ।

डा.सि—फुड केहि दिनको त्यहाँको अध्यन सकि र्फकिएको थियो । उ त्यहाँ बस्दा खेरि देखिनै मेरो, बु साओ बिचको दुरि बड्न थालेको थियो । सि—फुड र्फकिएपछी हामि बिचको सम्बन्ध मात्र औपचारीकतामा सिमीत भएको थियो । हामिले एक अर्कालाई सम्बोधन गर्न छोडेका थियौं । एउटै कुटिमा आस्रित हामी संगठानीक रुपमा नै अपरीचीत बनिसकेका थियौं । सि फुडले उसको बसाईमा भनेको थियो । कि त म जस्तो घुमन्ते भएर हिँड, कि त परिवारमा बस । यसरी कुटिमा बस्नु यो शताब्दीमा कुनै औचित्य छैन ।

मलाई उसको अन्बेशण र घुमन्ते जिबन प्रति लोभ पलाएको थियो र बु साओ प्रती घृणा । मैले  आफ्नो  स्वस्फृर्त बैसंलाई उसको मित्रतामा होमिदीएको थिँए । किन ? म आफुलाई परोक्ष प्रश्न गर्थे । तर मेरो कुन्ठीत चित्कार सानो कुटि भित्रै खण्डीत भएको थियो । उसले एकदिन कुटिको बिचमा पर्दा लगाईदियो । अब, हामि कुटिको पुर्ब र पश्चीम कुनामा थियौं । हामि बिचको बैमनश्यताले कुटिको प्रबन्धनमा समस्या देखिन थालेको थियो । भक्तालुहरु औशत आवत जावत कमि हुँदै थियो । कुटि सुनसान बन्दै थियो । जति अबस्था निर्जन हुँदै थियो त्यति नै बु साओ सितको मित्रता पनी पातलीदै थियो ।

मैले एक रात उसले प्रार्थना गर्दै गरेको सुने ।

‘हे ईश्वर! तिमिले दिएको पिडा म स्विकार्ने छु’ । मैले उसलाई पर्दाको सानो प्वाल बाट नियालेर हेर्दै थिँए । उ हात जोरेर उसले स्थापना गरेको मुर्ति अगाडी बसेको थियो । ‘प्रभु, मलाई तिम्रो मन भित्र बास देउ’ ।

मैले अंगेना छेउको तातो भएर बलेको चिम्टालाई हेर्दै थिएं । ‘ईस्वरले सत्य देख्छ तर पर्खन्छ’ भन्ने टाल्सटाए लाई याद गरे र हतप्रत पर्दा छिचोलेर उसको क्षेत्र भित्र प्रबेस गरे ।

बिहान उसको चिसो लाश त्यहीँ ढलेको थियो । बु साओ जिआङ अब थिएन । उसले मेरो,कुटिको र हाम्रो मित्रताको कडिलाई छिनाएर गएको थियो । मैले उसको लाशलाई जङ्गलमा लगेर गाडिदिए । उ अहिले उसको आध्यात्मीक मार्गमा गतिशील होला सायद । मैले लाश पुरिएको माटो माथि समबेदना स्पर्श गर्दै बु साओलाई अन्तिम सलाम गरेको थिंए ।

अब, कुटिमा बस्नु अभिप्राय थिएन । म त्यसै दिन त्यहाँ बाट फर्किए र बस्ति आईपुगे । संयोगले मैले त्यहा डा.सि फुड लाई भेटाए । त्यो मानिस झिंगटिले छाएको सानो पाटि भित्र थियो । मैले त्यसलाई ‘the old guitarist’  को बुढो जस्तो सोचें । तर त्यो austere color मा थिएन । फाटेको कपडामा उदास भएर गिटार बजाँउदै थिएन । सायद मैले त्यसलाई अर्को खालको संज्ञितज्ञ पाएको थिँए । मैले त्यसको रुखो अनुहारमा हेरे । कुटिमा देखेको भन्दा निकै फरक थियो । त्यस अनुहारमा अहिले अन्बेशणको रङग थिएन । म नजिक गएर उभिए । उसले बस्न भन्यो । म बसें ।

उसले बु साओको बारेमा सोध्यो । मैले उसको मृत्यु भएको खबर सुनाईदिए । उ एकाएक उदास भईदियो । र भन्यो ‘हाम्रो शरिर impermanence छ । उसको आत्माले शान्ति पाओस्’ ।

उसले आखाँ चिँम्लीयो । मैले पनी चिम्लीए । मौन धारणको छोटो प्रक्रिया चलेको थियो ।

हामिले आखाँ खोल्दा हाम्रो अगाडि एउटी आईमाई थिई ।

मैले सोधे ‘को हो यो ?

‘यो धरती हो । यहीँ बस्छे’ । सि फुडले आईमाईलाई त्यसरी अंकमाल गर्यो मानौ उसले बिछोडिएको कुनै आफन्त लाई भेट्दै थियो ।

च्यातिएको चोलो, लट्टा परेको कपाल र मैलो हात खुट्टामा धरती मानसिक सन्तुलन गुमाएकी जस्ती देखिएकी थिई । उ मेरो सामुन्ने आई र फल लागेको बृक्ष जस्तो नुही । खै किन लजाएकी थिई । सि फुडले त्यो बहुलाएकी हो भनी मेरो पुर्बानुमान लाई यथार्थमा बदलिदीको थियो । धरती ले सन्तुलन गुमाएकी केही शताब्दी बितेको कुरा सि फुड ले गरेको थियो ।

त्यो केहि निरस र असामान्य थियो तर म त्यही सि फुड र बहुलाएकी आईमाई संगै बस्न थालेको थिँए । बु साओले मलाई पनि फोहरी र अन्तुलित बनाई दिएको थियो । बस्तिमा लाग्ने हाट बजार र चटक मेलामा म कुनै पनि दिन पुगिन । त्यस्ता दिनहरुमा बिहानै सि फुड त्यस आईमाइलाई लिएर त्यहाँ पुन्ने  गर्थ्यो । सि फुड पहिले जस्तो थिएन । उसले आफ्नो मर्यादित पेशा छोडिसकेको थियो । तर आफुले गरेको साहासिलो कामहरु मलाई सुनाउँथ्यो । उसले एकै दिनमा एउटै कुरा धेरै चोटि दोहराउँथ्यो । म तिनै कुरा चाख मानेर सुन्न थालेको थिँए । बहुलाई त्यति बेला कता पुगेकी हुन्थि मलाई राम्रो याद हुदैन थियो । तर म त्यो आउने बाटो किन कुर्थे ? मलाई अनुभब थिएन । म त्यो प्रति हिंस्रक हुने सोच्दै हुँन्थे वा चेतना गुमाउँदै थिए । बु साओको मित्रताले मलाई जडौरी काँचुली दिएर गएको थियो । मैले आफ्नै जिबन आफ्नै मौलिकतामा जिउन पाएको थिईन । म एउटि बहुलाएकी आईमाई र चेतना हराउँदै गएको बुढो संग उठबस गर्थे । जो आफ्नो गौरब सितिमीती संझने कोसिस  गर्थ्यो ।

एक रात बुढोले एउटा काहानी सुनायो । उ बास्तबमा डाक्टर कसरी भयो । औपचारिक रुपमा यो उपाधि नपाए पनी ब्यबहारीक रुपमा उसलाई यो सम्मान दिईएको थियो । उ डा. थिएन । सि फुड डाक्टर थिएन । उ कुनै बस्तिमा मानिसहरुको हात हेरिदिन्थ्यो । भबिष्यबाणी गर्ने गर्थ्यो । र एउटै बस्तिमा धेरै बस्दैनथ्यो । प्राकुतीक यायाबर आफुलाई भन्न रुचाउँथयो । उसलाई गाउँले हरुले यो उपाधि दिएका थिए । किनकी उसको भबिष्यबाणी धेरै हद सम्म मिल्थ्यो ।

उसले एउटा भिडमा मानिसहरुलाई भनेको थियो । ‘धर्ति तरुनी छे, तर यो च्यातिएको चोलो र फरियामा धेरै दिन बच्न सक्दिन । यो दशक धर्तिको अन्तिम दशक हुने छ’ ।

कसैले उसलाई भिडबाट चप्पल हान्न थाल्यो । डा.सि फुडले फेरी भन्यो ।

‘यो अस्थिर हुँदै छ । धर्ति यो दशक झनै अस्थर हुने छ’ ।

भिड अनियन्त्रीत भईदियो । र उ त्यहा बाट भागेको थियो ।

‘यसरी बस्तिबाट मैले डा. लिएर र्फकिएको थिँए । के तिमि मलाई डाक्टर भन्नेछौं  ?   उसले भन्यो

‘अबश्य म डा. सि फुड नै भन्न रुचाउने छु ।

बहुलाई हामिलाई अर्को कुना बाट चुपचाप सुन्दै थिई । मलाई त्यसको उठेको छातिले जहिले पनी तर्साउँथे । म धरति लाई गैर प्रेम गर्न चाहान्थे । कु—नियती भएको मानिसहरुको भिडमा बसेर मेरो पनी नियती बिग्रेको थियो । म पनि फोहरी हुन थालेको थिए । मलाई धरतीको जिर्णता भन्दा पनी त्यसको प्राकृतिक यौनको भोक थियो ।

‘म संझनै सक्दिन यसलाई कहाँ भेटेको थिए । यसै पाटिमा थिई क्यार!’ उसले संझे झै गरि निधार निमोठ्यो ।

‘समाजले, परिर्बतनले, आधुनिकताले यसको फरिया फुकाली दिएको थियो’ । त्यति  बेला बहुलाई प्रतिको उसको मिहीनता आँखा बाट झर्दै थियो ।

उसले फेरि भन्न थाल्यो । ‘म रहुन्जेल यसलाई हेर्नेछु । बिचरी! यसको कमजोरीमा सभ्यताको नांग्गो आखा छ’ ।

धरतीले आएर डा.सि फुडलाई अगांलो हाली । मलाई त्यती बेला त्यो अलौकिक प्रेम लागेको थियो । अबिस्थापीत अलौकिक प्रेम!

पानि परेर भर्खर रोकीएको थियो । बहुलाई अझै आईपुगेकी थिईन । बुढो सि फुड पाटीको यताउती घुम्दै थियो । म ओदानो छेउ उँगेर बसेको थिए । एकछिन पछी धरती भिज्दै आईपुगी । फुकेको छाति भिजेको चोलोमा स्पष्ट देखिएको थियो । मलाई कहिले काही धरती बहुलाएकी जस्ति लाग्दीन थिई । डा. सि फुडले भने जस्तो आधुनिकताले उसको तन गाँजेको जस्तो लाग्थ्यो ।

‘कहाँ गएकी थिईस्’ ? डाक्टरले सोध्यो ।

उ केहि नबोली अर्को कुना तिर लागी । लट्टा परेको कपाल बाट पानि झार्दै थिई । म त्यसलाई नै हेर्दै थिँए । बेला बेला त्यो मलाई हेर्थि र आखाँ भित्तामा पारि हाल्थी । बुढो म संगै आएर बस्यो ।

उठेर धरतिलाई च्याप्प समाते । बुढो मेरो भक्षक ब्यबहार हेर्दै थियो । मैले अन्तत डा सि फुडको अगाडि धरती लाई बलात्कार गरिदिए ।

‘अन्तमा तैले यो बहादुरी पनि देखाईस हैन’ ? सि फुडको शरिर अस्वभाबिक रुपले काँम्दै थियो ।

मैले भने ‘म धरतीको पहीले बलात्कारी होईन’ ।

एकछिन सब शान्त भयो । धरति त्यही पछारीएकी थिई । बुढो अर्को कुनामा बसेर सुक्क सुक्क गर्दै थियो । म ओदानो छेउ निदाउने असफल प्रयास गर्दै थिए । त्यसै रात एक दुई हुल अरु मानिस पनी त्यहाँ आएका थिए । सबैले धरतीलाई निर्मता पुर्बक बलात्कार गरेर गए । धरति सबैको यत्नलाई चुगचाप सार्थक बाउँदै थिई । हामि अकल्पनीए घटनाको साक्षी थियौं ।

‘सि फुड! डा. सि फुड!’ मैले चिच्याएर बुढो लाई बोलाए । बुढो सि फुड अर्ध चेत अबस्थामा लडेको थियो । धरतिको त्यो दयनिय अबस्थामा पनि उसप्रती क्षणभगुंर दयाको पात्र बन्ने मैले चेष्टा गरिन । क्षिण शक्तिको अधिल्तीर म आफुलाई बहादुर घोषण गर्न तम्सिएको थिँए । सि फुडले भने झै धरती माथिको कठोरताको भए ब्यापक बढेको थियो । मलाई कुटिको संझना आएको थियो । बु साओको दयनीय अबस्था पनी मैले देखेको थिए ।

म त्यसै राति धरती र डा सि फुडलाई त्यहिँ छोडेर निस्किए । मैले डा. सि फुडलाई अन्तिम पटक त्यही धरती संगै देखेको थिँए ।

‘बाबा, टुकि बुझ्न थाल्यो, भोलि लेख्नु होला’ ।

मैले कागज लाई सिरानी मुनी हाँले ।

‘हुँन्छ’ मैले भने ‘तिमी पनी थाकेका छौ आराम गर’ ।

धरतिको बलात्कार पछी म कुटिमै र्फकिएको थिए । मलाई आज सम्म पनी त्यो कार्य प्रति पश्चाताप छैन । यो मेरो ignorance को परिणाम भए ठिकै छ । म निदाउने प्रयत्न गर्छु । सपनामा बु साओको मोपेड देख्छु । त्यो हामिले छोडेर आए पछी झन टल्कीएको देखें । पानिको थोप्लामा परेर टल्किएके प्रकास जस्तो जाज्वल्य देखिएको थियो । ठुलो पहिरो छल्दै गरेको डा. सि फुडलाई पनि देख्छु । म ब्युँझन्छु । तर्सिएको छु ।

‘बाबा पानि लिनुस्’ ।

म पानि पिउँछु । बस्ती बाट र्फकिदा यो केटालाई लिएर आएको थिए । बु साओले मलाई लिएर आए जस्तै!

भोलि पल्ट,  निकै पछि, फेरि बस्तिको बाटो तिर लाग्छु । त्यहि पाटी पुगेर अडिन्छु । सि फुड लाई  त्यहाँ  देखीदैन । प्रसब बेदना ले छटपटाईरहेकी धरती लाई त्यतै कुनमा देख्छु । त्यसको चित्कार लाई छोडेर म अझै अगाडि बड्छु ।

कपाल पुरै फुलिसकेको रहेछ । घुँडा माथिको हातहरुको कम्पनले पुरै शरिर काम्दै छ । डा. सि फुडलाई बलि रहेको चिताको अघिल्तर घुँडा टेकेर बसेको देख्छु । म त्यही छेउमा गएर उभिए । उसले मलाई संगै बस्न भनेन ।

‘आफ्नै लाशको गन्ध कति नमिठो । खोईत fragrant odour of life’? उसले obliquely सोधेको भन्ने लाग्यो र तुरुन्त जवाफ दिए ।

‘मान्छे पोल्दा गनाउँछ नै’ ।

सि फुडले म तिर हेरेन । उसलाई आफ्नै लाशको गन्ध नमिठो लाग्दै छ ।

बुढो सि फुड ले भन्यो । ‘तर मैले मेरो मृत्यु को कुनै justification मागेको छैन । उसले हातहरु उठायो र सेतै फुलेको कपाल बाट खरानीको धुलो झार्दै स्पष्टीकरण शैलिमा भन्न थाल्यो ।

‘जब मैले समयलाई अंकमाल गरे, समयले मेरो साथ त्यति बेलै छोडेको थियो । मैले समयलाई खुबै संग enclose गर्न सकिन क्यार!’ मैले एक थोपा आँशु झरेको याद गरे ।

डा. सि फुडको चिता बल्दै थियो । मैले उसको काँपिरहेको हातहर समाउन खोजे ।

‘जा, तैले यो बुज्दैनस । You can’t understand the stream of life’. उ करायो  ‘जा धर्तिलाई नष्ट गर’ । सि फुडले अन्तत: मलाई बहिष्कार गरिदियो ।

म उठेर त्यहाँ बाट हिडे । उ अझै बलिरहेको आफ्नै चिता हेर्दै थियो ।

अवसान:

पाठकहरुलाई एउटा सस्तो नाटक हेरेर र्फकिएको जस्तो मिस्रित अनुभब भईरहेको होला । हामिले कल्पना गर्न सक्छौं: प्रसब बेदनाले छटपटाईरहेकी एउटी आईमाई र अंगेना छेउ रगत लतपतीएको तातो चिम्टा । यध्यपी, पाठकहरुको एरिना बाट एउटा हत्यार भर्खरै फुस्किएको छ ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *