गीत : आँखैभरि दुई ओठै भरि

~बच्चु कैलाश~

आँखैभरि
दुई ओठै भरि
मायालुको माया बस्यो छातिभरि
रातैभरिऔ दिनैभरि
दर्शनको प्यास बस्यो जिन्दगी भरि

चन्द्रमा र चखेवा झैं हाम्रो भेट हुन्छ
कमल र भवरा झैं हाम्रो कुरा हुन्छ
उसको मेरो मिलनमा सुखै सुख हुन्छ
आशै गरी विश्वासै गरी
उसको मलाई आश बस्यो सधैं भरि

एउटा मुटु दुइटा पारी दुइटा हामी हुन्छौ
विषभरि प्याला दिए सँगसँगै पिउँछौ
एउटै छहारीको मुनि जीवन बिताइदिन्छौ
लेकभरि हो बेसभरिउसको मेरो प्रीति फुल्यो संसारैभरि

शब्द / स्वर / सङ्गीत : बच्चु कैलाश

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : नेपाली गीत | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *