लघुकथा : झरी

~स्नेह सायमी~

पात्र १. “आज बिहानैदेखि बादल गर्जिरहेको छ । पानी परी हाल्यो भने काम पाइँदैन । केटाकेटीलाई के खुवाउने हो ?”

पात्र २. “आज बिहानैदेखि बादल गर्जिरहेको छ । पानी परे हुन्थ्यो । खेत भिज्यो भने तरकारीको बोटहरू हुर्कन्थे ।”

पात्र ३. “आज बिहानैदेखि बादल गर्जिरहेको छ । पानी पर्यो भने लुगा सुक्दैन । नपरे हुन्थ्यो ।”

पात्र ४. “आज बिहानैदेखि मौसम खÞराब छ । आमाको जिउ दुख्ने हो की ?”

पात्र ५. “आज बिहानैदेखि मौसम खÞराब छ । सुन्यौ ? स्कुलबाट राम्रोसंग बर्सादी ओढेर आउनु । ”

पात्र ६. “आज बिहानैदेखि बादल गर्जिरहेको छ । पानी परे हुन्थ्यो । घरमा बस्ने निहुँ पाइन्थ्यो ।”

पात्र ७. “आज बिहानैदेखि बादल गर्जिरहेको छ । पानी परिहाल्छ । खै एक क्वाटर दिनुस त ।”

(स्रोत : अरुणिमा साहित्यिक पत्रिका, वर्ष १३, अंक १, २०७४)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.