गजल : को हौ तिमी ?

~बलराम तिमिल्सिना ‘बिप्लब’~

यो गर त्यो गर भनी को हौ तिमी अह्राउँने ?
लाज सरम पचाएर को हौ तिमी कराउँने ?

तिम्रो अंश(वंश केही विगारेको छ र हाम्ले ?
न ताक्या छौं हस्तिनापुर को हौ तिमी डराउँने ?

छिमेकी हौ छिमेकीकै ठेगानमा बस भाइ
मेरो घर छिरी तिमी को हौ मार्ने मराउँने ?

उता आफ्नै जहानलाई भोकै नांगै रुवाएर
हाम्रा घरका जहानलाई को हौ मन पराउँने ?

न त तिम्रो प्रान्त हो यो न पुर्खाकै कमाई हो
कस्ले दियो अधिकार भा‘डभैलो गराउँने ?

नसिकाऊ क ख धेरै जान्ने बुझ्ने पल्टिएर
हाम्रो मामला हो अंश दिने मानो भराउँने !

चुरीफुरी गरÞ्यौ भने बडे दादा पल्टिएर ,
होस गर आउला दिन टिस्टा पारी तराउँने !

२०७२÷०६÷१३
काठमाडौ

(स्रोत : एबिसिखबर डट कम)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.