कविता : कुटिल शासनशैयामा

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

धर्मको नाममा,
अधर्मलाई नष्ट गर्नको लागि
धर्मलाई साछी राखेर
अधर्मको युद्ध गर्नेहरुको
समाजमा पूजनीय अवस्थाले
वारम्वार प्रेरित गरिरहेकोछ
यूद्धआमन्त्रणरुपि जुवाको खालमा बस्न
शकुनीरुपी कपटलार्ई ढाल बनाएर
जुवा खेलको आयोजना गर्नेहरु
जति पटक पाशा पछार्दा पनि
चित पोट आफ्नै पक्षमा हुने
पाशाको अवस्था हेर्ने हिम्मत कसैले नगर्ने
किनकि पाशा खेल्नु बहादुरी पाशा हेर्नु कायरता
आफ्नै श्रीमती दाउमा राख्नुको विरता
आफ्नै पत्निको चीरहरणहँदा टुलुटुलु हेर्नु
युधिष्ठिरको धर्म परायण , भिमको गदाबल, अर्जुनको गाण्डिब पुरुषार्थ
द्रौपदिको पतिव्रता मौन, फगत मौन
भिष्म द्रोण कृपाचार्य र महामन्त्रि बिदुरहरु
मुकदर्शक द्रौपदीको चीरहरणमा
सत्य बोल्ने हिम्मत कसैले गरेनन्
किनकि
पापमा उब्जेको अन्नको ग्रहण
खाएका नुनको सोझो गर्ने कसम
आखा नदेख्ने सम्राट घृतराष्ट्र र
उनिहरुमा कुनै भिन्नता थिएन
थियो त केवल आखाको पर्दामा
घृतराष्ट्र जन्मान्ध भएर आखा देख्दैनथे
उनिहरु आखा देख्ने भएर पनि जन्मान्ध थ्एि
शान्तिको नायकको आवरणमा युद्ध टार्न नचाहनेको
कुटीलचालललाई भेऊ नपाउनेहरु
अंशीयारलाई सियोको टुप्पो बरावर
जमिन नदिने उद्घोषले
कुलमै विद्रोहको बिउ रोपियो
सकेन युद्ध टार्न सान्त्वनाका स्वरले
पुत्रमोहको पासमा जकडिएको कायाले
पुत्रलाई पुत्र नमान्ने समाजको लोक लाजले
पुत्रको जन्मकवच हर्ने कुटिलको कुटिल चालले
धन्य हुन् कुन्ती, पुत्रको मृत्यु चाहने
शकुनीको कपटरुपि पाशाको जितलाई
शीखण्डीरुपी ढालले अधर्मलाई ग्रहण गर्दा
अजेय भिष्मपितामह ले गर्नु पर्‍यो मृत्युवरण
तराजुमा समान हुन् कौरव पाण्डब
तराजु तौलने कृष्ण हुन कुटनायक
जन्मन्छन् कुटिल मनुष्य बारम्वार पृथ्वीमा
गठवन्धन वाम लोकतन्त्रको आवरणमा
मृत्यु शान्तिमा जिऊन वाध्य प्रजाहरु
बज्रन्छन् हतियार वारम्वार प्रजाको शिरमा
हतियार प्रयोग गर्ने नायकको कुटीलपन
विराजमान कुटिलले कुिटल शासन शैयामा

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.