लघुकथा : भोट माग्दिनै पर्‍यो

~वैद्यनाथ ठाकुर~

एकजना अभिभावक रिसले आँखा तर्दै सामुदायिक विद्यालयको प्रधानाध्यापकलाई हकार्दै थिए– “हैन दश दिन भो म आप्mनो छोराको जन्ममिति सुधार्न सिफारिस लिन धाएको तपाईं चाहिं कहाँ बेपत्ता ? कम्तीमा सहायकलाई दराजको साँचो त दिएर जानुपर्छ ।”

हेडसर शान्तचित्तले हाँस्दै भने– “हजुर बस्नुस्, किन रिसाउनुहुन्छ ? म र मेरा सहयोगी शिक्षकहरू कामले ससुराली गएका होइनौं । हजुर जस्तो सचेत अभिभावकले यसरी कुरा नबुझी रिसाउन सुहाउँदैन ?”

“हेर्नुस्, हामी पनि सचेत बुद्धिजीवी नागरिक हौंं । हाम्रो पनि मत हाल्ने अधिकार छ । हाम्रो पार्टी चुनाव लड्दैछ, हामीलाई यति बेला खान फुर्सत छैन । स्थानीय घोषणापत्र तयार गर, नारा बनाउ, जुलुसमा हिंड्ने मान्छेको व्यवस्था गर, घरदैलो कार्यक्रममा जाउ, सभामा उद्घोषण गर, चुनाव चिह्नको प्रचारप्रसार आदिको व्यवस्थापन हामीले नै गर्नुपर्छ अनि भन्नुस् हजुर रिसाएको ठीक छ त ?”

हेडसरको कुरा सुनेर अभिभावक झन् झोक्ंिकदै भने– “हैन तपाईंहरूलाई पार्टीले तलब खुवाएको छ कि सरकारले ? तपाईंको काम पढाउने हो कि चुनावको प्रचार गर्ने ? अनि त सरकारी विद्यालयमा पढाइ चौपट्ट भएको रहेछ ।”

हेडसरले फेरि भने– “हजुरले भनेको एकदम ठीक हो तर के गर्ने ? हाम्रो बाध्यता पनि बुझिदिनुस् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्यहरू चुनावमा उठेका छन् । कतिपय शिक्ष्Fकका घरपरिवार पनि उम्मेदवार छन्, अनि जानुपरेन प्रचार गर्न । नयाँ संविधानमा विद्यालय स्थानीय निकायकै मातहतमा जान्छ अनि कसरी नजाने प्रचारमा ? हामीलाई सबै किसिमका अप्ठ्याराबाट छुटकारा पार्टीहरूले नै दिन्छ । अख्तियारबाट जोगाउँछ । कार्यालयमा कुरा मिलाउँछ ।
िवद्यालयमा विभिन्न शीर्षकमा आवश्यक्ता भएपनि, नभएपनि बजेट दिलाउँछ, सबै प्रकारको अनियमिततालाई सदर गर्न सघाउँछ अनि जानुपरेन प्रचार गर्न ?”

अभिभावक एकछिन मौन भयो र भन्यो– “अनि नानीहरूको भविष्य ?”

हेडसर– “सबैको ठेक्का शिक्षक र हेडमास्टरले लिने होइन । न मेरो, न शिक्षकको, न व्यवस्थापन समितिको कसैको बच्चा यहाँ पढ्दैन । प्रधानमन्त्रीले त देशको भविष्यको चिन्ता गर्दैनन् केवल कुर्सीको गर्छन् । वर्षमा फेरिन्छ तैपनि त्यस्तालाई तपाईं–हामीले पटकपटक नोट लिएर भोट दिएर जिताउँछौं । अनि हामी जानुपरेन प्रचारमा । खोइ निर्वाचन आयोग कहाँ छ ? किन कारबाई गर्दैन ?”

– वीरगंज, पर्सा

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in लघुकथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *