कविता : नारी

~निर्दोष प्रबिना~

जब नारीकाे पैतालाले
पहिलाे पटक धर्ती टेक्छ
त्यसपछि
कसैकाे छोरी बन्छे
कसैकाे बुहारी, कसैकाे श्रीमती हुँदै
काेही न काेहीकाे आमा बन्छे ।

नारी दुर्गा हुन् – जाेगाउन सक्छे मातृत्व
हाक्न सकछे दुनिया
नारी सक्तिमान छे
अाफु सिधिन्छे – अरुलाई बचाउँछे
कसैको खुसीकाे लागी अाफैलाई दुखी बनाउछे
अाफ्नाे पाठेघरकाे घरभित्र हुर्की रहेकाे बच्चा जन्माउन
सहन्छे मृत्युकाे मुखसम्म प्रसब पीड़ा
र यसरी देखाउछन् नारीहरू अाफ्नाे बहादुरी ।

नारी सरस्वतीकाे अर्काे रूप हो
सहनशीलताको अर्को नाम हो
ममताकी खानी हो
जहाँ हजारौँ अनाज उम्रिन्छन्
बिना डर बिना हिचकिचाहट ज्युदै जल्ने मान्छे हुन्
अाफ्नाे श्रीमानकाे लागि ज्युँदै चितामा जल्ने
सतीदेवी पनि नारी हुन्
अनि आजकी बिद्या ओनसरी र सुशिला
प्रेरणा र प्रेमकी उपज हुन्

उ नारी हो
कति महान छन् आदर्शहरू उनका
आशिर्बादका लागि कहिल्यै नरुक्ने ति हातहरू
सन्तानले लुटिरहे तिम्रो ममता
तर पनि मरेन कहिल्यै तिमी भित्रको मातृत्व
तिमीबाटै स्खलित वीर्यलाई रसपान गरी
हजारौँले आज बहादुर उपनाम पाए
तिम्रो अधरबाट उच्चारित हर शब्द
हेर्दाहेर्दै आज ज़िन्दगी बदलने संबाहक बने
सूचक बनेका हुन् परिबर्तनको ।

तिम्रा चोर औलाहरू सदैव पथप्रदर्शक बने
जसले डोर्याउँदै गन्तब्य पुर्याउछ
तिम्रो पसिनाले भिजेको पछ्याैरी
मैलो फारिया भित्र लतपतियाको वात्सल्य
नाचिरहेछन् नयनभरी छरपस्ट भै
एकत्रित गराउने प्रयासै गरिन्
किनकी तिमी प्रेमसागरकि अथाह गंगा हाै
जो फैलिरहन्छन् किनकी उ नारी हो

आगोले पोलेका फोकाहरूले
कहिल्यै मलमको आस गरेनन्
खरपाखाहरूमा घाँस काट्दै गर्दा
कचियाले रक्ताम्य बनाएका औलाहरूले
चुपचाप सहिरहे दर्दहरूलाई
जसरी बग्ने गर्छ रगत
अाफ्नाे सन्तान जन्माउँदा याैनीबाट ।

मनमा अध्यारो सन्नाटा छाउँदा पनि
अधरहरूले छोपिरहे मुस्कान सहारा बनाई
साच्चै हेर त कति महान छन्
कति साहसी छन्
किनकी उ नारी हो
जगतकी सृस्टि कर्ता हो
दृस्टि कर्ता हो
हो उ नारी हो
मात्र नारी हाे
नारी भएरै त जन्माउन सकेका छन्
यत्तिका मान्छेहरू ।
***

– रामेछाप ।

(स्रोत : एबिसिखबर डट कम)

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *