गजल : दुर भए आज

~डम्बर सिंह~

हिजोका ति संगी साथी दुर भए आज
समय र बाध्यताको मजदुर भए आज

कोही कता कोही कता आफ्नै खेलो तिर
बिछोडिइ बिर्सनलाइ मज्बुर भए आज

झुक्किएर कहिले काहि फोन गयो भने
दुर्लभ बोली सुनें भन्दै चुर्फुर् भए आज

कसैलाइ नि फोन गर्ने बानी मेरो छैन
बिर्सिस् तैले भन्दै रिसले चुर भए आज

नबोले नि यो मन त निकै खुशी हुन्छ
ति सबैको जिवनमा भरपुर भए आज

ईन्टर्नेट्को जमानाको फेसबूक् भित्तोबाट
निम्तो छ है आउनुस् हजुर् मन्जुर् भए आज

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : गजल | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *