कविता : चुनाव

~एम सि सुमित~

उनीहरू आए
मेरो करङ गने
ह्याकुला छामे
टुइके दाबे
र ढाड्मा धाप मारे
गज र इन्ची नापे
धार्नी र पाउ नापे
म भने-
कस्तरी निदाएछु
उनीहरूको स्पर्षको भुवाले
उनीहरूको लोरीको जादुले।
****
फेरी यसपटक पनि
ब्वांसाहरूको खस्रो हात
कति नरम भएछ
मलाई पूरै स्खलित बनाएर
मेरै हातबाट
मेरो सपनाको स्वर्ग चोरेछन्
र मलाई
भ्रमहरूको लड्डु छोडेछन्।
****
कसले पारेका हुन्
यो रङहरू धुलिचाट
वा धुजा धुजा फुलको पात
कसले पारेका हुन्
यो माटो खोसेर कित्ताकाट
वा मेरो चिनारीको पत्तासाफ।
अर्थात्
कसले मेटेका हुन्
हाम्रो आदिम सभ्यता
एक एक थाहा छ।
****
कसले लुटेका हुन्
लटरम्म पाकेका आंप
वा थालभरी पस्केका छाक
कसले लुटेका हुन्
आंथी छेक्ने बाबाको हात
वा न्यानो सेक्ने आमाको काख।
अर्थात्
कसले गांजेका हुन्
हाम्रो उर्बर भविष्य
एक एक थाहा छ।
****
फेरी यसपटक पनि
हाप्सिलोको धोद्रो स्वर
कति मधुर भएछ
मेरो आंखामा पट्टी लगाएर
मेरै काखबाट
मेरो इतिहासको चाका चोरेछन्
र मलाई
डुंडभित्र बन्दी छोडेछन्।
****

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *