कविता : कम्मरमा खुर्पा खुरुम्मी भिरी उठौ नारि हो

~लक्ष्मिकला राई ‘जुनकिरी’~

चुल्हो र चौकामा मात्रै सिमित होइन,
अव,
कम्मरमा खुर्पा खुरुम्मी र खुकुरी भिर्ने
दिदि बहिनि पनि चाहियो,
मनोमानी अरुको सेवा गर्दै मात्र बस्ने होइन,
अव आफ्नो लागि लड्नु पर्यो
आइपरेमा बन्दुक र गोलीको,
भयानक रागहरु देख्ने सुन्ने कान आखा, अनि बोक्न सक्ने काध,
लिईअगाडी आउनु पर्यो,
अराजकता र असमानताको खाडल पुर्ने औजार लिई, गैरी बारी धाउनु पर्यो,
लडाई मच्चिदा देश दुख्दा,
चारैतिर फैलिएको बुद्दको आखालाई हराउना खोज्दा,
विनासकारी हात्तीले जंगल फडानी गर्दै गर्दा,
नारि पनि लुक्ने भाग्ने होइन,
कमिला भै त्यस हात्तीको सुड चिल्नु पर्यो,
बन्दुक र गोलि बारुद बोकेरा हुन्छ या कलम र कपि को पाना हात र काध,
आट सहास सदा तत्पर रही रहनु पर्यो,
छातीमा तिलहरी झुण्डाई,
दलान पिढी र आगनीमा
मात्र सिमित होइन,
समयले बोलाएको स्थान मा
निर्धक्क भै निक्लने नारि,
दीदीबहिनि चाहियो
अव मान्छेले चाहेको ठाउ मा होईन
समय र परिस्थितिले चाहेको स्थानमा नारि पुग्नु पर्यो,
धर्ति सारा नारि हुन् ,
नारीको छातीमा कुल्चेरा धेरैले तहल्का मच्चाए,
नारीको शिरमा टेकेरा धेरै अराजक गतिमा अगाडी गए,
आफ्नै काखमा जन्म लिएको नारीले अव केहि
जन्मको सार्थकताअनुभूति प्राप्ता गर्नु पर्यो,
कम्मरमा खुर्पा खुरुम्मी र खुकुरी लिएर जुरुक्क उठ्नु पर्यो lll

(स्रोत : इसरोकार डट कम)

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *