गजल : उही छ !

~राजुराम मुनंकर्मी~

चुनावकाे कदर नगर्ने नेताकाे जात उही छ !
अझै पनि सत्ता माेहकाे बात उही छ !

अब त घैंटामा घाम लाग्ने अाशा थियाे
गजबै भयाे अझै पनि मात उही छ!
स्वार्थ नहुनु पर्ने हाे लाेकतन्त्र अाएपछि
हिजाेकाे जस्तै अाज पनि घात उही छ !

बदलिएन यहाँ उखानकाे नक्कल गर्ने बानी
चाेरलाई चाैताराे अनि साधुलाई लात उही छ !

सत्यकाे गुन्जाईस कहीं कतै देखिंदैन यहाँ
मुखमा रामराम छुरा बाेक्ने हात उही छ !

अशान्तिद्वन्द्व अनि अराजकता जस्ताकाे तस्तै छ
कसले राेक्ने हत्या हिंसाकाे रात उही छ !
****************************************
(२०६५/२/१०)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.