गजल : धेरै फरक हुन्छ अरे

~रितु खनाल~

आदर्श र यथार्थमा, धेरै फरक हुन्छ अरे
रोपिएका कैयौं बिज, नउम्रदै कुन्छ अरे ।

रगतको नाता मात्र, काफी छैन आफ्नो बन्न
भावनाको लहरले, आफ्नो प्रेम चुन्छ अरे ।

नौ लाख तारा चम्किरहोस्, आकाशमा तर पनि
मुस्कुराई आफ्नो दाग, चन्द्रमाले धुन्छ अरे ।

एक से एक छन् इन्द्रेणीका, सातै रङ्गहरू प्यारा
एकले हैन सातै रङले, प्रेमको हार बुन्छ अरे ।

हरेक “ऋतु” सँगै मौसम, र प्रकृति बद्ली रन्छ
नसके नि देख्न उसलाई, महसुसले छुन्छ अरे ।

गुलाफ मात्र कहाँ छ र फक्रिएर फुलिदिने
लालुपाते फूल पनि पातैपातमा फुल्छ अरे ।

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.