कविता : शिवरात्रिमा शिवको गुनासो

~केशव प्रसाद पाण्डे~

हे मेरा भक्तहरू हो !
मेरा वुटिका आशक्तहरू हो।
कति भन्छौ जय शम्भो गाॅजा कम्भो ?
चीलीम भरेर तान्दैमा म जस्तै भयको भ्रम भो?
★★★
आफ्नै सभ्यतालाई डढाएर किन घस्छौ खरानी?
थाहा पाॅउछौ जव समात्छौ अस्पतालका सिरानी।
गाॅजा, भाङ र धतुरो मात्र हो शिवको साधना ?
मातियर लठ्ठ पर्दैमा हुन्छ मेरो आराधना ?
★★★
के वुझ्यौ सती मर्दा म वहुलाएको?
खै त तिमिरूले नारीलाई सम्मान दिएको?
के वुझ्यौ मैले समुन्द्र गर्दाको मथन?
मैलाई वदनाम गराएर आफै जल्दैछौ धुॅवामा दनदन।
★★★★
कालकुट विष कण्ठमा लिने म निलकण्ठ।
कसरी हुन्छौ अशल भक्त? मन्दिरमा वजाउदैमा घण्ट ।
मलाई नवेच । आफु पनी वच।
हुॅदैन मेरो भक्त। नसामा लठ्ठीएर लठ्ठ।।

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *