कविता : छोडिनुको कथा

~शोभा शर्मा~

साँझ खस्दै गरेको बेला
तिमीले मलाई
मध्य सडकमै छोडेर गयौ

यी लामा लामा काला सडकहरुले
तिम्रा पाइला को हिसाब राखे होलान
त्यहीं
तिमी जानु को इतिहास
लिपि बद्ध होला
तर म छोडिनु को कथा
तिम्रा पाइला ले कुच्दै कुच्दै गए ‍‍‌

अब, पाइला मा नलेखिनु को मेरो पिडा
तिम्रो महान कलम ले
लेख्न सक्ने छैन !

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.