लघुकथा : अप्ठ्यारो प्रश्न

~वासुदेव गुरागाईं~Basudev guragain_Pindalu Pandit

‘रत्नपार्क’, ‘रत्नपार्क’, ‘रत्नपार्क’ ।

‘ओ दाइ ! जाने हो ? सिट खाली छ ।’

‘सामाखुसी, लैनचौर, जमल, रत्नपार्क ।’ उसले एकै सासमा सबै चिच्यायो ।

छोरो मसिनेलाई स्कुल पुर्‍याइदिने जिम्मा सधैँ रत्नमानको हुन्थ्यो । हुन त ज्यामी काममा जान नपरेका बेलामा सुकुमाया पनि छोरोलाई समातेर स्कुल पुर्‍याउन कम्ती रमाउँदिनथिन् ।

घरको खाइखर्चीको जोहो सुकुमाया गर्थिन् । भान्सै अड्क्यो भने मात्र रत्नमान अघि सथ्र्यो, नत्र टार्नै खोज्थ्यो । यसैगरी चलेको थियो रत्नमान र सुकुमायाको दैनिकी । तर छोरो पढाउन पाएकामा यी जोडी औधी खुशी थिए ।

‘सामाखुसी, लैनचौर, जमल, रत्नपार्क । ओ दाइ ! जाने हो ? ल आउनुस् आउनुस् ।’ बीचबीचमा कन्डक्टर कराउँदै थियो ।

मसिने उमेरमा भरखर आठ वर्षको थियो । न आफैँ झोला बोक्न सक्थ्यो, न भीडभाडमा बस चढ्न नै । रत्नमानले झोला च्याप्यो । छोराको हात समात्यो । ठेलमठेल गरेर बस चढ्यो । एकातिर टिफिनसहित कापीकितापको झोला, अर्कातिर छोराको हात । कहिले उत्तर–दक्षिण त कहिले पूर्व–पश्चिम हल्लाएर ऊ भीडासनमा जीउलाई व्यायाम गराउन थाल्यो । यस्ता व्यायाममा न रामदेव चाहिन्थ्यो न कामदेव ।

बस्ने ठाउँ कतै भेटिएन । ‘कन्डक्टरले सिट खाली छ’ भत्रु र ‘नेताले देशका लागि गर्दैछौँ’ भत्रु एकै लाग्यो रत्नमानलाई । नलागोस् पनि किन ! बस्ने ठाउँ त परै जाओस् उभिन पनि मुस्किल थियो बसभित्र ।

***

सधैँ चक्चक् गरिरहने मसिने आज निकै भावुक देखिन्थ्यो । रत्नमान छक्क पर्‍यो । ‘के भो
बाबू ?’ धैर्य गर्न नसकेर उसले सोध्यो ।

‘बा ‘त्यो’ स्कुल पढ्न जाँदैन ?’ यात्रु बोलाइरहने त्यही केटातिर देखाएर उसले प्रतिप्रश्न गर्‍यो ।
बसको कन्डक्टर मसिनेकै उमेरको देखिन्थ्यो । यस्तो मान्छे पढ्न नगएर बसमा काम गरेको देख्दा मसिनेलाई अचम्भ लागिरहेको थियो ।

‘जान पाए जान्छ नि, किन नजानू !’ बाबुचाहिँले जवाफ दियो ।

‘अनि किन नगएको त ?’ मसिनेले निन्याउरो मुख लगाएर फेरि सोध्यो ।

‘यो शहरमा कोही पढ्ने अवसर पाएर नपढ्ने छन्, कोही पढ्ने अवसर नपाएर नपढ्ने छन् । ख्वै बाबू ! तिमीलाई के भनूँ’ भनेर रत्नमान भत्र चाहन्थ्यो । तर यस्तो घुमाउरो जवाफ छोराले बुझ्दैनथ्यो । त्यसैले सोझो जवाफ दियो,— ‘बाबू ! यसलाई पढाउने मान्छे कोही छैनन् । त्यसैले यो पढ्न नगएको ।’

‘उसको बाबुआमा छैनन् !!’ मसिने आत्तियो ।

‘छैनन् होला बाबू । भए त पढाइहाल्थे नि ।’

‘उसलाई सित्तैँ पढाइदिने कोही छैनन् ?’ मसिनेले फेरि सोध्यो ।

‘ख्वै बाबू ! पढाए सरकारले पढाइदिनु पर्ने हो । अरु त कसले पढाउलान् र ?’ रत्नमानले छोराको चित्त बुझाउन खोज्यो । मसिनेले ‘सरकार’ भत्रे शब्द पहिलोपटक आजै सुन्यो । उसलाई अचम्भ लाग्यो र फेरि सोध्यो,— ‘बा, सरकार कहाँ हुन्छ ? कस्तो हुन्छ ? हाम्रो देशमा त्यस्तो सरकार छ कि छैन बा ?’

रत्नमान अकमक्क पर्‍यो । के भत्रे के नभत्रे दोधारमा पर्‍यो । यत्तिकैमा स्कुल आइपुगेकाले भरे कुरा गरौँला भनेर छोरालाई टार्‍यो ।

रत्नमान दिनभर यसैमा रुमल्लिइरह्यो । ‘सरकार छ कि छैन ?’ ‘सरकार छ भनूँ’ त्यसलाई
(कन्डक्टरलाई) सरकारले किन नपढाएको त ? भनेर मसिनेले सोधेर हैरान पार्छ । ‘सरकार छैन’ भनूँ ऊ आफैँ राज्यका तर्पmबाट कारवाहीमा पर्न सक्छ । के भत्रे के नभत्रे ! ऊ रनभुल्लमा पर्‍यो । न त अरु कसैले उसलाई यस विषयमा बताउन नै सके ।

मसिनेका आँखामा दिनभर त्यही केटो घुमिरह्यो । स्कुलबाट फर्कनेबित्तिकै झोला भुइँमा फुत्त फालेर बाबुचाहिँलाई फेरि सोध्यो,— ‘बा, सरकार कहाँ हुन्छ ? कस्तो हुन्छ ? हाम्रो देशमा त्यस्तो सरकार छ कि छैन बा ?’ ‘अब उसले साँच्चै कहिल्यै पनि पढ्न नपाउने त बा ?’ बाबु–छोरा दुवै भावुक बने । दुवैका आँखाबाट तुरुक्क आँसु झरे ।

अझै पनि, मसिनेको बालहठ यथावत् थियो । तर रत्नमान साँचो कुरा बताउन अझै सकिरहेको थिएन । बरु रातो मुख लगाएर छोराका अगाडि त्यसै टोलाइरह्यो ।

(स्रोत : समकालीन साहित्य डट कम)

This entry was posted in लघुकथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *