कथा : मेरो महाप्रस्थानको यात्रा

~कृष्णराज खनाल~krishnaraj-khanal

केही दिनेदेखि म अलि गलेको थिएँ । मलाई विसञ्चो भइरहेको थियो । अचानक म मरेँ । म त्यो दिन सम्झन्छु-२०६५ साल पुस २१ गते सोमवार थियो । मैले अन्तिम स्वास प्रवाह गर्दा, यो संसर छाडद्ा ठ्याक्कै त याद भएन, त्यस्तै तीन बजेको हुँदो हो । पारिलो घाम ताप्दाताप्दै मलाई एक्कासी हिक्क हिक्क भयो, अलिकित बान्ता गरेँ, नाकबाट अलिअलि रगत पनि बग्यो र म खुतुक्के परेँ छोराहरू कोही घरमा थिएनन् । छोराहरूको काखमा मर्ने धोको थियो तर त्यसो हुन नसके पनि श्रीमतीको काखमा मेरो प्राणान्त भयो । मैले यो नश्वर जीवन छाडेँ ।

अनि मेरी श्रीमतीले तत्काल हार गुहार गरिन् । गाउँलेहरू दौडँदै आए । चिसो भइसकेको मेरो शरीरलाई उनीहरूले हत् न पत् तुलसीमठमा लगे र मलाई लमतन्न सुताए र सेतो कपडाले मेरो जीउ छोपिदिए अनि काठमाडाँंमा रहेका छोराहरूलाई मोवाइलबाट खबर गरे र उनीहरू ढिलो गरी मेरो मृत शरीर हेर्न पुगे । उनीहरू त्यहाँ पुग्नासाथ मेरो अनुहार हेर्ने साहस गरेका थिए तर गाउँलेहरूले रोके । उनीहरू भित गए र रुन थाले । यता गाउँलेहरू एकएक गर्दै जम्मा भए । हरिनाथ पण्डित मरे नि भनेर मेरो गाउँभरि चर्चा परिचर्चा भयो । धेरै मेरो मृत्युमा दुख माने, जिब्रो टोके । गाउँ नै एक प्रकारले निस्तब्ध थियो । विचरा, छोराहरू कोही पनि नभएको समयमा मरेछन् भनेर कतिले दुःख मनाउ गरे । अनि तुलसीमठमा राखिएको मेरो मुर्दा शरीरलाई कसैले छुन नसक्ने गरी वरपर बार बन्देज गराइयो । म लमन्त सुतेको थिएँ । मेरो शरीर वरपर धूप जलिरहेको थियो तर मलाई त्यो बास्नाको कुनै हेक्का थिएन ।

रात छिप्पिँदै गएपछि गाउँलेहरू मेरो मुर्दा शरीर कुर्न जम्मा भइरहेका थिए । जाडोबाट बच्न सबैजना सिरक ओडेर आएका थिए तर मैले भने मर्नु अघि लगाएका एकसरो लुगामाथि एउटा पातलो सेतो कपडाबाहेक केही लगाएको थिइन । तैपनि मलाई चिसोको अनुभव भएको थिइन । म चिर निद्रमा आनन्दसँग सुतिरहेको थिएँ । छोराहरू आइनपुगेकोले मेरो मृत शरीरलाई त्यो रात त्यही राखिएको रहेछ । अरू गफ गरिरहेछन्, छोरा र श्रीमती मेरो रिक्तताको महसुस गर्दै रोइरहेका थिए भने गाउँलेहरूको अनुहार पनि मलिन थियो । बोल्नेहरू पनि विस्तारै खासखुस गर्दै बोलिरहेका थिए । चिसोको कारण बन्धुहरूले चिया पनि पिइरहेका थिए ।

मलाई लाग्यो, मेरो शरीर सबै गाउँलेलाई देखाउने आज मात्र हो । भोलि त म खरानी हुन्छु । त्यसैले मेरो आˆनो जन्मथलो र कर्मथलामा मैले अन्तिम रात बिताएँ । रातभर म त्यही आँगनमा सुतेँ । बषौर्ं पहिले आˆनै दुखले बनाएको त्यो सिमेन्टेड चीसो आँगनमा पहिलोपटक म रातभरि कठ्याङगि्रएर सुतेँ । मेरो मुटुको धड्कन रोकिएको थियो तैपनि यी सब कुरा मैले हेरिरहेको थिएँ ।

भोलिपल्ट विहान गाउँलेहरू आए । अधिकांश युवा थिए । राती सुतेका भाइहरू घरतर्फ गए । अनि मलाई घेरेर राखिएको बार हटाए र मलाई लछारपछार गरे । हरियो बाँस ल्याए । एकपछि अर्को तन्नामा मलाई लपेटे, बेरे, कसे र बाँसमा मजाले बाँधे । अब म उम्कन नसक्ने भएँ । अब म हल न चल भएँ । मैले न्वारानको वल निकाले पनि म त्यहाँबाट उम्कन नसक्ने भएँ । मेरो लाश बाँधिसकेपछि खैलाबैला भयो- ल छोराहरू आउन पर्‍यो । मेरा तीन भाइ छोराहरू मलाई लछारपछार गरेको हेरिरहेका थिए । म बाँसको तलपट्टी तुन्द्रङ झुण्डिएँ । ल छोराहरूले उचाल-भीडबाट आदेश आयो । एउटा छोराले अघिल्तिर र दुइटा छोराले पछिल्तिर बोके । मेरो महाप्रस्थानको बाटो सुरू भयो । गाउँलेहरू पछिपछि लागे । मेरी श्रीमती, छोरीहरू बुहारीहरू घरमा भक्कानिएर रुन थाले । मेरो कानमा ती रुवाइका स्वरहरू गुञ्जिरहेका थिए । मेरो टाउको अधिल्तिर थियो भने खुट्टा पछाडि । छोराहरूले मेरो लाश उठाउँदा म भित्रभित्र खुशी भइरहेको थिएँ । त्यसैका लागि त मलाई रातभर आँगनमा सुताइएको थियो । अनि मेरो मुर्दा शरीर आलोपालो गर्दै कहीँ पनि नबीसाई दमौलीस्थित मादी र सेती नदीको सङ्गमस्थल घाटमा पुर्‍याए । मलाई पानीमा डुबाइयो । मलाई चीसो महसुस भयो । खुट्टाबाट त्यो चीसो एकैचोटि मस्तिष्कमा पुग्यो । मलाई एकछिन पानीमै राखियो । त्यसपछि छोराहरूको कपल मुण्डनको प्रक्रिया सरू भयो ।

म देखिरहेछु, हेर्दाहेर्दै मलाई जलाउने चिता तयार भयो । अनि मेरो शरीरलाई भाइ, छोराहरूको मद्दतले चिता परिtmमा गराइयो र उत्रपट्टी टाउको पारेर अन्तिम संस्कारका लागि मेरो शरीरलाई चितामाथि सुताइयो । चितामा सुताएपछि मेरो जेठो छोराले मुखमै दागवत्ी दियो । मेरो मुख पोल्यो । बचन निस्कन सकेन र कसैलाई पनि भनिन । जाडो अत्यन्त थियो । मत्स्यगन्धाले जन्माएको पराशर श्रृषिको कुटी त्यही थियो । त्यसैले कुहिरो एकदमै बाक्लो थियो । गाउँलेहरू सिउसिउ गर्दै थिए । बसेटाहरूले लगातार मेरो शरीर पोल्न मद्दत गर्‍यो । मेरो लाशमाथि आगोका लाप्पा चल्न थाले । मलाई तलमाथि, दायाँ सबैतिरबाट आtmमण भयो । म जल्दै गएँ । नाङगा छोराहरू, कठ्याङगि्रएका खाली खुट्टा अलि पर जगाएको धुनीमा सेक्दै थिए । मैले अलिअलि सुनिरहेछु, भाइबन्धुहरू मेरो दोषको भन्दा पनि गुणको बखान गरिरहेछन् । अब गुणादी रित्ाो भयो, बूढा नहुँदा अब पूजाआजामा समस्या हुन्छ भनेको स्वर पनि मैले झिनो रूपमा सुने । त्यस्तो चिसो पानीमा लुगासहित झुम्लुङ् डुब्दा छोराहरूलाई कति चिसो भयो होला ? बाबु न भएँ, उनीहरूको यो स्थिति देख्दा मलाई एकदमै माया लागेर आयो । मनमनै भने-यो चिसोमा नमरेको भए पनि हुन्थ्यो नि । छोरा, बन्धुबान्धव सबैलाई दुख भयो । के गर्नु पृथ्वीको भोग समाप्त भएको सूचना यमराजले दिइसकेपछि बस्न पनि त भएन भनेर म बाटो लागेको हुँ । करिब तीन घण्टापछि मेरो सिङ्गो शरीर राख भयो । हिन्दु परम्परा अनुसार मेरो पञ्चतत्वले बनेको यो शरीरका सबै अवशेष पञ्चतत्वमा नै विलिन भयो । मेरो इच्छा अनुसार काशीमा विसर्जन गर्नका लागि अस्तु झिकियो र कपडामा बाँधियो । त्यसपछि लामो बाँसको मद्दतले मेरो चित्ाा ओल्टाइपल्टाइ गरे । मेरो कुनै अंश त्यहाँ बाँकी नदेखेपछि चिताका काठ केही भाइहरू मिलेर नदीमा सेलाए । म पूरै जलेँ । मेरो शरीर खरानीमा परिणत भयो अनि मलाई एक्लै छाडेर त्यो श्मशानघाटबाट सबै मलामीहरू बिदा भए । कम्बल ओडेर सेतो कपडा टाउकोमा बाँधेका र कछाड लगाएका छोराहरू अघि अघि थिए । उनीहरूको खुट्टा खाली थियो । पराशर ऋषिको कुटीसम्म त देख्दै थिएँ । त्यसपछि मेरा छोराहरू, गाउँले इष्टिमित्र, भाइबन्धुहरू त्यहाँबाट अलप भए । म पनि चिरनिन्द्रामा विलिन भएँ । घरबाट सुरू भएको मेरो महाप्रस्थानको यात्रा टुङगियो । म अर्कै लोकमा पुगेँ ।

म झल्यस्स भएँ । धत् कस्तो सपना ? आफँै मरेको सपना आफँैले देख्नुपर्ने ? मलाई पत्यार भएन । आफूलाई चिमोटेँ । दुख्यो खाटबाट उठेँ र बत्ती बालेँ र ऐना हेरेँ । मेरो त्यही पहिलाको अनुहार जस्ताको तस्तै थियो ।

– गुणादी, तनहुँ

(स्रोत : गोरखापत्र)

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *