गीत : प्यारो गाउँ

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

आज मेरो मन पुग्यो आफ्नै प्यारो गाउँमा
चिट्ठी लेखी पठाउदैछु आमा तिम्रो नाउँमा

परदेशमा छु कहिले काही भोकै पनि हुन्छु
मकै भट्मास् सम्झिएर धुरुधुरु रुन्छु
कहिले आउ दु:ख बिसाउन तिम्रो कोमल पाउमा
चिट्ठी लेखी पठाउदैछु आमा तिम्रो नाउँमा

आगो जस्तो घाम छ यहाँ तातो हावा चल्छ
बारापिपलको छाया सम्झी मुटु सह्रै जल्छ
फर्किएर आउछु चाडै स्वर्ग जस्तो ठाउँमा
चिट्ठी लेखी पठाउदैछु आमा तिम्रो नाउँमा

दशै आउँदा कमेरोले घर कसरी पोत्यौ
तिहारमा देउसे भैलो के दक्षिणा दियौ
साहू पनि घरबारी होला लिने दाउमा
चिट्ठी लेखी पठाउदैछु आमा तिम्रो नाउँमा

हाल : लण्डन

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *