गीति कविता : पिताको स्तुति

~कुन्दन काफ्ले~

हे कूल रक्षक परोपकारी, पिता तिमी हौ सबका मदारी ।
तिमी हौ ज्ञान विज्ञान तिमी नै, तिमी हौ मान–महान तिमी नै ।
तिमी हौ सूर तान तिमी नै, तिमी हौ नुर नाम तिमी नैै ।

तिम्रो महिमा अपरम्पार, गर्छौ दिन दुखीःको उद्धार ।
तिमीमा भक्ति शक्ति पनि छ , तिमी नै भव सागरको सार ।

सबका रक्षक तिमी हौ स्वामी,डरका भक्षक अन्तरयामी ।
कल्याणकारी तिमी नै मुरारी, दयाको सागर लोक हितकारी ।

गर्छौं ध्यान विनय विचारी,पर्छौं शरण तिम्रै विहारी ।
मुकेश तिमी हौ तिमी नै गीरीधारी, नमस्तुते हे अर्धनारी ।

००

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गीति कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.