लघुकथा : पिंजडा

~कात्यायन~dhanwantari-mishra-katyayan

– बबुरा सुगाहरू आफ्नो रमणीयता भुल्दै चाराको खोजीमा भौंतारिंदै सपनाको कोमामा पुग्छन् र स्वर्णिम पिंजडालाई स्वर्गानुभुतिमा परिणत गर्न विवश छन् |

– कहिले मीठो दूध-भातको आशामा पखेटो खियाउंछन् त कहिले पीरो खोर्सानीकोलागि ठुंडोलाई बुच्चो बनाउँछन् |

– कहिले कण्ठस्थ पाठ बुझाउंदैमा घोक्रो सुकाउँछन् त कहिले निस्लाम प्यासले बेहोस बन्न पुग्छन् |

– अन्ततोगत्वा स्वतन्त्रताको आभासमा पिंजडाको परिवर्तन नै नियति हो भने आफ्नै गर्भाशयको पिंजडामा किन नंग्रा नखियाउने?

– विदेशको स्विमिंग-पुलमा पौड्नु भन्दा आफ्नै वासस्थानको छहरामा किन स्नान नगर्ने ?

– म्याक-डोनाल्ड र के.एफ.सी.को बर्गर / फिंगर चिप्स र चिकेन विंग्सको बदला आफ्नै पखेराको कन्दमूल किन नखाने ?

– बारको बियरको साटो झरनाको चिसो पानी किन नपिउने ?

– न्यूड-क्लबको रंगीन डान्समा झुल्नुभन्दा रोदी-घरको नृत्यमा किन नझुम्ने ?… … …

– पिन्जरा ! आखिर पिन्जरा नै हो !

– आमाले भन्ने गर्नुहुन्थ्यो, – आफ्नै माटोको पिन्जरा भत्काऊ ! म खुसी हुनेछु !! सन्तती सुखी हुनेछन् !!!

चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.