कथा : डिजिटल चमकभित्र

~राजव~Janardan Pudasaini Rajab

चन्द्रादेवीलाई अमेरिका रमाइलो र आनन्दको लाग्न थालिसकेको छ । सात वर्षगाडि कसैको कृपाले उनी एक महिनामात्र बसेर घुम्ने गरी अमेरिका आएकी थिइन् तर अहिले सात वर्षबितिसक्दा पनि चन्द्रादेवीलाई नेपाल फर्कौँजस्तो भएको छैन । चन्द्रादेवी साधारण मध्यमवर्गीय परिवारकी घरेलु नेपाली महिला हुन् । उनका तीन छोराछोरी र चार नातिनातिना छन् । उनका पति सेवानिवृत्त सरकारी सुब्बा हुन् । उनी लगभग साठी वर्षी भइसकेकी छिन् । उनी चौध वर्षी हुँदा एक्काइस वर्षो रुद्रप्रसादसँग उनको बिहे भएको थियो । रुद्रप्रसादकी पत्नी भएर बस्न थालेपछि उनले छोराछोरी पाउने, तिनलाई हर्ुकाउने, भान्छाको काम हर्ेर्ने आदि काम गर्ने घरबन्दी महिलाकै रूपमा चार दसक बिताइन् । त्यसपछि अमेरिका आएकी उनी नेपाल फर्किएकी छैनन् ।

अचेल यताकाले “तपाईं नेपाल कहिले फर्किने दिदी” भनेर सोध्यो भने उनको सिङ्गै टाउको रिसले झन्न् गर्छ र त्यस्तालाई उनी “के म त्यरो मानु खाएर बसेको छु र -” भन्दै उल्टै झपार्छिन् ।

वास्तवमा चन्द्रादेवी यहाँ अमेरिकामा कसैको मानु खाएर बसेकी छैनन् । आफ्नै श्रमको कमाइ खाएर बसेकी छिन् । नेपाल हुन्जेल चन्द्रादेवीले आफ्नो मिहिनेतले एक दुमडु पनि कमाएकी थिइनन् । उनी रुद्रप्रसादका छोराछोरी जन्माउने टेष्टट्युबमात्र भएकी थिइन् । सिर्फजन्मिएका छोराछोरी पाल्ने र भातभान्छा गर्ने सीमित महिला जीवन बिताइरहेकी थिइन् । त्यसकारण नेपालमा उनलाई आफ्नो कमाइको सुखबोध थिएन । तर यता अमेरिकामा चन्द्रादेवी राम्रै कमाउन थालेकी छिन् । यहाँ उनी हाउस-क्लिनिङ्ग, कुकिङ्ग र बेबिसिटरको गरी तीनथरीको काम गर्छिन् । उनी हप्ताको छ दिन यी काम गर्छिन् र, एक दिन आराम गर्छिन् । आरामको दिन चन्द्रादेवी टाइमस्क्वायरको डिजिटल चमक हर्ेन जान्छिन् । नबुझे पनि ब्रोडवेको अपेरा हर्ेर्छिन् । सेन्ट्रल पार्कतिर रल्लिन्छिन् र त्यतै वर्गरकिङ्गको वर्गर र कफी खाएर दिन बिताउँछिन् । सोमबार र मङ्गलबार चन्द्रादेवी हाउसक्लिनिङ्गको काम गर्छिन् । आफू बसेकै सहर अर्लिङ्गटनको छ अपार्टमेन्टको किचेन, बेडरुम, लिभिङ्गरुम र वाथरुमहरूको सरसफाइको काम उनी यी दर्ुइ बार गर्छिन् । बुधबार र विहीबार एक नर्थ इण्डियन प्रोफेसर दम्पतीका दर्ुइ बच्चा हर्ेर्ने बेबिसिटिङ्गको काम गर्छिन् । शुक्रबार र शनिबार छुट्टाछुट्टै चार इण्डियन परिवारको कुकिंगको काम गर्छिन् । यी काम गरेबापत चन्द्रादेवी महिनामा पच्चिस सय डलर बटुल्छिन् । यो कमाइबाट दर्ुइ सय डलर अपार्टमेन्ट भाडाबापत आफ्नो रुममेट बेबिसिटर जानुका श्रेष्ठलाई दिन्छिन् ।

छ बेबिसिटर मिलेर लिएको दर्ुइ बेडरुमको अपार्टमेन्टको एक बेडरुममा उनी हाउसक्लिनर लक्ष्मी शर्मा र बेबिसिटर जानुका श्रेष्ठसँग बस्छिन् । सबैसँग दामासाहीले अपार्टमेन्टको भाडा उठाएर ल्याण्र्डलर्डलाई -घरपति) घरघाडा पठाउने जिम्मा जानुका श्रेष्ठको भएको हुनाले कोठाभाडाबापत आफूले तिर्नुपर्ने दर्ुइ सय डलर उनी जानुका श्रेष्ठलाई सुम्पिन्छिन् । त्यसैगरी खानाबापत मेशको सञ्चालन गर्ने जिम्मा लिएकी अर्की बेबिसिटर तरुना भेटवाललाई साठ्ठी डलर दिन्छिन् । पचासी डलर बस र सबवेको पास किन्न खर्च गछ्रिर्न् । त्यस्तै लगभग सय-सवा सय डलर आफ्नो फर्माइसमा उडाउँछिन् । त्यसकारण लगभग दर्ुइ हजार डलर उनी मासिक रूपमा बचाउने गर्छिन् तर आफूले बचाएको यस्तो रकम सबै उनी आफूसँग राख्दिनन् । किनभने प्रत्येक तीन महिनामा चार-पाँच हजार डलरको दरले उनी आफ्नो घर नेपालमा डलर पठाइरहने गर्छिन् र आफ्नो परिवारलाई समृद्ध पारिरहेकी छिन् । यो समृद्धिमा उनका छोराछोरी र बुहारी अगाध खुसी छन् । उनले पठाएको डलरले तिनले घडेरी किनेका छन् । नयाँ घर बनाएका छन् । आ-आफ्ना श्रीमतीको लागि गहना जोडेका छन् । छोराछोरीलाई राम्रो महँगो बोर्डिङ्ग स्कुलमा पढाएका छन् । आ-आफ्नो नाममा विभिन्न कम्पनीका शेयर किनेका छन् । यसको अतिरिक्त तिनलाई कुनै कामको लागि अचानक थप रुपियाँको खाँचो पर्‍यो कि ती चन्द्रादेवीलाई फोन गरिहाल्छन् र तुरुन्त डलर पठाइदिन भन्छन् चन्द्रादेवी पनि तिनले भनेकै समयमा पुग्ने गरी थप डलर पठाइहाल्छिन् र आफ्नो ममता र अहम्लाई तुष्ट पार्छिन् तर चन्द्रादेवीलाई ती उनलाई फूल पार्न थालेकी बूढी कुखुरी ठानिरहेका छन् भन्ने पत्तो भने छैन । नत्र तिनी तिनको नभरिने भकारीमा डलर ओइर्‍याइरहने थिएनन् । तर अचेल चन्द्रादेवीले पठाउने डलरको वास्ता गर्न उनको पति रुद्रप्रसादले भने छोड्यो ।

सुरुमा त रुद्रप्रसाद पनि चन्द्रादेवीले पठाएको डलर बटुल्न रमाइरहेको थियो । उसले चन्द्रादेवीले पठाएको डलरले बद्री, केदार, प्रयाग, हरिद्वार विन्द्रावन, बनारस, तिरूपतिजस्ता थुप्रै भारतीय तर्ीथहरूको दर्ुइ, तीनपटक यात्रा गर्‍यो । आफ्नो चश्माको लागि राम्रो प|mेम हाल्यो । महँगो जुत्ता किन्यो । मौसमअनुसार लगाउने कोटहरू जोर्‍यो । नयाँ घरको आफू सुत्ने कोठामा अट्याच बाथरुम बनाउन लगायो । आफ्नो बूढेसकालको नयाँ शयनकक्षलाई निकै आरामदायी बनायो । आफ्नो खल्तीमा चार/पाँच हजार भिरेरै हिँड्न थाल्यो । जीवनभर फिल्टरबिनाको साधारण सस्तो चुरोट पिउने ऊ महँगो फिल्टर चुरोट किन्न थाल्यो । त्यस्तै पान खाने नयाँ अम्मल थाल्यो र चन्द्रादेवीले पठाएको हरियो डलरले दैनिक पन्ध्र-बीस पटक रातो थुक्ने भयो तर अचेल यो रुद्रप्रसाद खुसी छैन । किनभने अब उसलाई चन्द्रादेवी अमेरिकाबाट फर्किदेवस् भन्ने भएको छ । त्यसकारण अचेल उसलाई चन्द्रादेवीले पठाएको डलरको खबरले खुसी तुल्याउँदैन बरु प्रत्येक पटकको फोनमा उसले चन्द्रादेवीलाई ‘नेपाल र्फक’, ‘नेपाल र्फक’ भनिरहन थालेको छ तर चन्द्रादेवी भने उसलाई र्फकने आश्वासनसम्म दिन्नन् । वास्तवमा चन्द्रादेवीबिनाको आफ्नो एक्लो बूढेसकालको जीवन अब रुद्रप्रसादलाई अत्यन्त खल्लो, न्यास्रो र च्याउँतिलो लाग्न थालेको छ ।

त्यसकारण घरीघरी फोनमा ऊ चन्द्रादेवीलाई र्फक….. र्फक….. र्फक…. भनिरहन्छ तर उसको यो आलापि चन्द्रादेवीको कानबाट मुटु र मस्तिष्कमा पुग्नै सकेको छैन । अलि अगाडिको फोनमा उसको यो एकोहोरो र्फक… र्फकको आलापयुक्त मन्त्र सुनेर चन्द्रादेवीले उसलाई भनेकी थिइन्- “यस पटक मैले छ हजार डलर पठाइदिएकी छु छोरासँग खर्च मागेर यस पटक वैष्णोदेवी तर्ीथ गरेर आउ…..”

तर जवाफमा उसले भनेको थियो – “अब मलाई कुनै वैष्णोदेवी सेवी, काली-महाकाली, भैरवी हैन आफ्नै चन्द्रादेवी चाहिएको छ… तिमी नै मेरी वैष्णोदेवी हौ, आउ नेपाल र्फक मेरी चन्द्रादेवी…”

यसपछि जवाफमा चन्द्रादेवीले पनि उसलाई हप्काउँदै भनेकी थिइन्- “राम्रो हेरविचार गर्ने छोराछोरी छँदैछन्, म डलर पठाइनै रहेकी छु, धनको खाँचो हुन दिएकै छैन् … के कराइरा …..”

आफूले नसकेपछि ऊ छोराछोरीलाई पनि आमालाई नेपाल र्फकन प्रेरित गर भनिरहन्छ तर छोराछोरी पनि उसको कुरो सुन्दैनन् । बरु फोनमा आमासँग डलरको मात्र कुरा गर्छन् । विशेष उनीहरूको आमासँग रकम-कलम, रुपियाँ-पैसाकै गफ हुन्छ । अझ उनीहरू त जत्ति बूढी भए पनि स्वास्थ्य बलियो हुन्जेल आमा अमेरिकामै बसिरहे हुन्छ भन्ने कुरा गर्छन् र उसलाई झपार्दै भन्छन्- “हामीले राम्रै हेरविचार गरिरहेकै छौं नि ड्याडी के आमालाई कचकच गरिराख्या… आमा आउनै पर्ने के बितेको छ र यहाँ -…” त्यसकारण अचेल रुद्रप्रसाद चन्द्रादेवीले पठाउने डलरको खबर सुन्नसम्म चाहँदैन । उसलाई अब डलरसँग, पानसँग, फिल्टर चुरोटसँग, नयाँ घरसँग, अट्याच बाथरुमसँग, नयाँ कोटसँग, चश्मासँग, जुत्तासँग घृणा लाग्न थालेको छ । उसको मनमा अनौठो ज्वाला उठ्न थालेको छ । अब ऊ फोनमा चन्द्रादेवीसँग फिटिक्क कुरा गर्न नचाहने भएको छ । किनभने फेरि अस्ति भर्खरको फोनमा चन्द्रादेवीले उसलाई झपार्दै भनेकी थिइन्- “…. हैन र्फक…र्फक… भनेर के कराइरा त्यसरी…. अहिले म फर्किन्न… सक्छौ भने आउ बूढा तिमी पनि यतै… हैन भने घरीघरी र्फक… र्फक… भनेर नबौलाउ… भन्द्याछु…. ” तर रुद्रप्रसाद बौलाएको छैन । मौन छ र आफ्नो पुरानै घरको पुरानै कोठामा र्सर्ने विचारमा छ ।

(स्रोत : मधुपर्क असोज २०६४)

This entry was posted in नेपाली कथा and tagged , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *