कविता : मिठो मिलन र तीतो बिछोड

~ढक बहादुर बस्नेत ‘आकाश’~Dhak Bahadur Basnet - Akaash

जब मिलनका मिठो मुस्कान अनुहारमा छाउँछ
त्यो दिन त्यो क्षणहरुमा हरपल कान्तिमय आउछ।

दिलैदेखि खुशी र उमङका चमकहरु उदाउछ
कति मिठो मिलन तिमी तर हरपल कहाँ हुन्छ र।

घाम र जुन बर्षा र गरम धुपको जस्तो बिछोड तिम्रो
नचाहेर पनि त्यो तिम्रो बिछोडमा बिछोडिन पर्ने बाध्यता हो हाम्रो ।

सबैलाई मिठो मिलन नै मन पर्छ
तर तितो बिछोडले छुटाइदिन्छ ।

बाइ पनि भन्न नसकी कोमल नयन बाट आशुहरु झर्छ
तर के गर्ने मिठो मिलनलाई बिछोड गराउने धन र अन्य करण हुन्छ ।

तिम्रो यी दुई शब्द सँग जोडीएको छ जिन्दगी हाम्रो
मिठो मिलन मिठो तीतो बिछोड कती नराम्रो ।

तर शहन शिल बन्नु नै पर्ने जिन्दगी छ हाम्रो
मिठो मिलन मिठो तीतो बिछोड कती नराम्रो ।

July 15, 2011

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.