कविता : युद्धले थाकेको देश

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

युद्धले थाकेको देश
बल्लतल्ल शान्तिको सास फेरिरहेको बेला
इष्र्याले कसैको छाती भत्भति पोलेको छ
अनि देशलाई शान्त भएर भन्ने गर्छ –
तिमी शान्त हुनुहुंदैन
तिमी अशान्तमा व्यतित हुनु पर्छ ।
कहिले बेपत्ता पारिएकाहरुको कुरो झिकेर
देशको पाइतालामा काँटी घोप्छ
कहिले मारिएकाहरुको क्षतिपुर्तिको नाममा प्रचारवाजी गरेर
देशको नङ र मासुको विचमा सियो घोप्छ ।
कहिले मारिएका छोराको पुनर्जन्म गराइदिने आश्वासन दिएर
जिउंदो वृद्धा बाआमालाई मारेर
सिंगो देशलाई कफन ओडाउंछ ।
र अर्धचेत अवस्थामा पुगेको यो देशलाई
विष पिउन वाध्य वनाउँछ ।
यो प्रवृत्ति कणकमणीहरुको खेति हो ।
पेशा हो, तिनीहरुको सक्कली रुप हो ।
उनीहरु मुखले अर्को वोल्थे
मनले भने शान्ति नआओस् भन्थे
मनको इच्छा पुरा गर्न विदेशी मुद्राको ताल खने
आप्mनो इच्छा अनि अनुकुलता अनुरुप हरेक रहरमा पौडिए
तर उनीहरु लामो समय तैरिन सकेनन्
अकुत सम्पत्ति आर्जन गर्ने उनीहरुको मानवअधिकार
सक्कली खुट्टा टेकेर हिंड्दै घुम्दै वजारमा आयो
काला कर्तुतहरु सवैले थाहा पाए
फिटिक्कै लाज थिएन कणकमणीहरुको अनुहारमा
आत्मग्लानी पटक्कै थिएन
लाजघिन पचाएर सार्वजनिक भयो
कानुनले समात्यो
छिनभरमै कानुनलाई उनीहरुले बंग्याउन सफल भयो ।
आफुले गरेको भ्रष्टाचारलाई कानुन सम्मत गरायो
कानुनको धज्जी उडायो ।
अदालतको अघिल्ल तिरको प्राङ्गणमा
तराजु उचालेर उभिएकी न्यायमुर्ति
कालोपट्टि वाँधेर
संधै झै केहि नदेखेको स्वांग बोकेर नभिइमात्र रहि ।
र आज हो पनि तय गरिदियो कि
अन्याय गरेर आफुलाई न्यायप्रेमि देखाउने कानून
अपराध गरेर पनि रिहा गराउने कानून भत्काउन पर्छ
अनि कणकमणीहरुलाई मात्र न्याय दिने कानूनले
जनतालाई न्याय दिन सक्तैन ।

(१ मे २०१६, फार्नबोरो)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *