कविता : नदेऊ भोले भष्मासुरलाई

~रामेश्वर राउत ‘मातृदास’~rameshwor-raut-matridaas

आउँछ निश्चित न्यायपूर्ण समयको पालो
माफियाको योजना यी रातभन्दा कालो
नहौँ कोही नेपाली हो अन्यायीको टालो
च्यात्नैपर्छ आज सारा तस्करको जालो ।

ज्युँदो लासमै नबसौँ कोही न्युरी हुतिहारा
फैलने छन् नत्र सारा किच्चक देशमारा
अजम्बरी उन्नत वाणी हुन्न फोस्रो नारा
हाम्रो भाग्य भविष्यका हामी नै हौँ तारा

धरती आकाश चन्दसूर्य जीवनज्योति चम्की
लौन वीर नेपाली हो हिँड्न बेर भो लम्की
भ्रष्टाचारी तस्करका विषाक्त छन् भाला
घोपी मार्छन् रोई बसे निर्दोष लालाबाला

अहो † हाम्रो अमरपुरमा दानव दाह्रा धस्ने
तिनकै पाउमा कुलङ्गारले तेल लगाई घस्ने
सत्य धर्म न्याय विवेक जगाएर खुल
नदेऊ भोले भष्मासुरलाई कालजयी त्रिशूल †

– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती

(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.