कथा : कालो कफी/कालो सोच !

~रविन बैध तामाङ~

घर्रर्रररर स्पिडमा छ ट्रक।बेलवारी को अन्तिम छाप्रि पसल कट्यो पछि…..एक्सिलेटर थिच्यो/गीयर बढायो। काठ बोक्न डाला झारेको ट्रक … बेतोडमा हुँइकियो पुर्व।

दुइटा पाँग्रा मात्र अड्ने महेन्द्र राजमार्गमा बाटो छेउको जँगल उज्यालियो, ट्रकको हेडलाइटमा।

मादरचोद, हान्दिन्छु । जे सुकै होश । जय विश्वकर्मा बाबा … रक्सिले भरिदेको छ अाँट। त्यो मादरचोद पनि अाएन … खलासी संझ्यो। अगि रक्सि खाको पसल मै बस्यो। जति भने नि अाएन। बरु मादरचोद उल्टै भन्छ, खतरा हुन्छ नजौँ गुरुजी।

मा**, एम बि लाई ??? …एम बि गुरुजीलाई तर्साउने ? त्यो मा*** किचकन्नी ले ? सत्रह बर्ष भयो/ यो लाइन मा। मैले गाडी कुदाउदा … ड्राइवर भनेको, त्यई मेरै खलाशी शिवु मात्र थियो। देखियो कल्भर्ट जत्रो पुल। देब्रे तिर निस्कन्छ भन्थे, सिरिङ्ग भयो मन।

… गड्याम्म्म्मम।

र यो सातौँ ट्रक थियो पल्टेको अनि ड्राइवर मरेको/ यो बर्ष मात्र ।

पुर्वको ट्रक ड्राइवर हरु को डेथ जोन। राती अाठ बजे पछि यो बाटो नहिड्नु भन्थे ड्राइवरहरु नै। गाडी कि त वेलवारी/ इटहरी बस्थ्यो पश्चिम मा/ पुर्व मा दमक/ उर्लावारि।नत्र उहीँ सेतो साडी लगाकी लामो केश भको सुन्दरी चुडैल्नी।अनि बेमौत। जो गया/ वो गया भन्थे।

ड्राइवर अाएर चिया/ सिया खाने पसल थियो हाम्रो। जिउदै छ भनेको मान्छे कति दिन पछि सुनिन्थ्यो … त्यो त भैँसे को सात घुम्ति मा गाडी पल्टेर मरिसक्यो त,तीन महिना जति भयो।बाँकी थियो तपाईं को ?

मरेको मान्छे को के भन्नू र बाँकी? एक माना रक्सि र अलिकति मासु को पैशा थियो, संझ्यो।
र फेरि एम बि मर्यो।वेलवारि वर्तिर को खाडी मा। ट्रक पल्टेर।

भोलिपल्ट खलासी ले फुक्यो…. वेलवारि बाट एक्लै हिडेको / जति संझाउदा पनि नमानेको एम बि गुरुजी को कथा।मृतक एम बिको कथा । र स्थापित भयो,वेलवारि वर्तिर जङ्गल सँग टाँसिएको सिम र चुडैल्नि को कथा/तीस – पैँतिस बर्ष अगाडि …. र एकदिन गाथेँ धरान,घोप्टे बस मा। त्यो सिम देखेँ।हिउँद भएर होला,पानी सुकेको/ बिच मा केही उठेको जमिन।पल्लो किनार छेउ मा केही चिहान हरु।पानी … राजमार्ग स्थित पुल मुनि बाट दक्षिण भएर बगेको। सिरिङ्ग भयो मन। निकै बेर सम्म बस्यो त्यो दृश्य मानसपटल मा। धरान बाट साँझ मा फर्कदा … हेरिन पनि त्यो ठाम डर ले र अहिले त्यो ठाम: वेतना सिमसार को नाम ले प्रसिद्द छ।जहाँ दैनिक हजारौँ मान्छेहरु घुम्न/ पिकनिक/ डेटिङ्ग मा अाउछन र प्रसिद्द भइसक्यो पछि,अलिक अघि गाथेँ पौडिन: माथ्लोपट्टि। त्यही बाट हेरेँ त्यो पुल अर्थात डेथ जोन अर्थात सुन्दरी चुडैल। रात/ट्रक/ चुडैल अनि ट्रक पल्टिनु र ड्राइवर को मृत्यु ?

के को रिस थियो होला चुडैल्नि मा? किन यत्ति बिघ्न अाक्रोश मान्छे प्रति ?

मिथक हरु सुन्न मनपर्न थालेकोछ मलाई। वास्तविक/ अवास्तविक छुट्याउने रहर हरायो।मिथक को पछि केही कारणहरु हुन्छन् कि ?

उता जँगल तिर बाट अलिक बूढो मान्छे अायो।चप्पल/ टोपी/ हाफ्पेन्ट : रैथाने देखिने।

कता बाट अाउनु भा ? सोधेँ ,उता नि छ घुम्ने ठाम ?

बस्ने चौतारा छ । कहाँ बाट अाउनु भको?

दमक भन्न मन लागेन। नजिक भन्दा भाउ नदेला । भने … उता स्याङ्गजा/ पोखरा तिर बाट।

अनि तपाईं को घर यतै ? फेरि सोधेँ।

हो, उ त्यइ तल को गाउँ। अब त के,यतै यसो रेखदेख गर्छु। समिति ले राखेको।

सोचेको/ खोजेको मान्छे भेटेँ।अनि सोधेँ … उहिले तीस/ चालीस बर्ष अघि,यो ठाम मा चुडैल निस्कन्थ्यो/ ट्रक पल्टन्थियो/ ड्राइवर मर्थे।राति अाठ बजे देखि यो बाटो नहिड्नु भन्थे ?

उसले मलाई रामरी हेर्यो/ तल देखि माथि सम्म नियाल्यो ।

हो … उ त्यो पुल को फेद मा।देखायो पश्चिम पट्टि को फेद र सिम। के भयो कुन्नि,हिड्न लाग्यो।
अनि चुडैल? साँचै निस्कन्थ्यो ?

खइ भन्थे। देखिन अाफै ले चै। वेमन ले दियो जवाफ। … उ त्यो रुख मा झुण्डेकि थिइ।सिम लाई छोएर ठडिएको पुरानो साल को रुख तिर चोर अौला तेर्सायो।..त्यइ तल गाउँ को।

को थियो होला नि ? चिन्नु हुन्थ्यो ? के भको थिएछ र झुण्डी? ३५/४० वर्ष अघिको रहस्य को क्लाइमेक्स सुन्न व्यग्र भएँ म।

मेरै ठुल्छोरी थि … तम्तम्याइलो अनुहार सहित खस्रो स्वर मा जवाफ दिएर,हिड्यो सुँइ सुँइ।

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *