कविता : असमयमै अस्ताएकाे घाम

~मसान उपासक~masan-upasak

तिमिले फेर्दै गरेकाे अन्तिम श्वास
तिमिले हेर्दै गरेकाे अन्तिम अाकाश
तिमिले टेकेकाे याे धर्ति
तिमिले चुमेका यी अाैलाहरु
तिमिले सुम्सुमाउदै गरेकाे मेराे गालामा
उनिएकाे अलिकति लाजका रेखाहरु
यी सबै मेरा ब्यक्तिगत सम्पतिहरु हुन् ।

बल्दै गरेकाे तिम्राे चितासगै
उड्दै गरेकाे नमिठाे धुँवाका मुस्लाहरु
त्यहि माथि खसिरहेकाे बग्रेल्ति मेरा अासुँमा
सगै पाेखिएकाे असरल्ल प्रेमपीडा
अस्ताउदै गरेकाे जुन र हराउदै गएकाे तिमी
क्रमश: मैले सम्झने गरेका
जिन्दगिकै सर्वाेच्च पीडामध्येका हुन् ।

अन्तिम क्षण निस्किएकाे तिम्रो बाणिमा
पाेखिएकाे अनगिन्ति प्रेमका हरफ
खस्दै गरेकाे शीताका थाेपा
निदाउदै गरेकाे लामाे सडक
बेपर्वाह बग्दै गरेकाे सगैकाे त्रिशुलि नदि
झर्दै गरेकाे अाँखाकाे अासु
यी सबै दुर्वाेध्य पीडाका अबशेषहरु हुन्।

तर प्रिय पाठक
किन सुनाउदैछु ,यहि कविता तपाईंलाई
र भनिरहेकाे छु , प्रिय भाईकाे सम्झनामा
देखाइरहेकाे छु उसकाे ठेगानामा
अस्ताउदै गएकाे घामपछि
उदाएकाे मधुराे चन्द्रमा
बग्दै तल तल पुगेकाे एउटा विशाल समुन्द्र
र घट्दै गएकाे मेराे देशकाे सिमाना
मलाई लाग्छ
जिन्दगिकाे अन्तिम अध्याय
स्वतन्त्र उडानकाे पहिलाे चरण हाे
र मेराे भाइ
यतैकतै भाैतारिरहेकाे हुनुपर्छ ।

छतिवन-५, मकवानपुर

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *