लघुकथा : संयोग

~रामचन्द्र खतिवडा~ramchandra-khatiwada

पन्ध्र वर्षअगाडि म जोरपाटीबाट साझा बस चढेर अफिस जाँदै थिएँ । रत्नपार्क पुगेपछि म गाडीबाट उत्रन ढोकाछेउ पुगेको थिएँ । मभन्दा ठीक अगाडिकी युवतीले उहाँले मेरो भाडा तिर्नुहुन्छ भनेर मतिर देखाइन् र उत्रिन् । ती अपरिचित सुन्दरी युवतीले त्यसो भन्दा अचम्म लाग्यो मलाई । मैले केही भनिनँ । उनको समेत भाडा तिरेर उत्रेँ ।

पन्ध्र वर्षपछाडि म यसरी नै माइक्रो चढेर रत्नपार्कतिर जाँदै थिएँ । पुतलीसडक पुगेपछि कन्डक्टरले भाडा माग्यो । मैले गोजी छामे, पर्स घरमै छुटेछ । ठूलो आपत प¥यो मलाई र यथार्थ भनेँ कन्डक्टरलाई । उसले मेरो कुरा पत्याएन ।

त्यो होहल्ला सुनिरहेकी अधबैँसे महिलाले भनिन्– “कन्डक्टर भाइ, लु लेऊ उहाँको पैसा ।”

उनले मेरो भाडा तिर्दा आनन्द लाग्यो मलाई र सहयोगको लागि धन्यवाद भनेँ मैले । ती अधबैँसे महिलाले भनिन्– “दाइ ¤ कहिलेकाहीँ यस्तै हुन्छ । पन्ध्र वर्षअगाडि साझा बसमा चढ्दा यही रत्नपार्कमा भाडा नभएर मलाई यस्तै आपत परेको थियो ।”

(स्रोत : सुरभि साहित्य प्रतिष्ठानद्वारा प्रकाशित रामचन्द्र खतिवडाको “दमिनी कान्छी” लघुकथा सङ्ग्रहबाट सभार)

This entry was posted in लघुकथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *