सूत्रकथा : यौवन

~कुमार काफ्ले~kumar-kafle

-देख्दै मुख रसाउने खाउँखाउँ लाग्ने फल फलेको थियोे।

-थाहा पाउने जति फल प्राप्तिका लागि झुम्मिन थाले।

-फल धनीले चर्को भाउ राखिन्।

-भाउ चर्को भएकोले आशेहरू क्रमशः घट्न थाले।

-फल ओइल्याउन आँटेपछि तिनले भाउ घटाइन्।

-घटेको भाउमा समेत लिने मान्छे पाइएनन्।

-अन्तिममा उनले सित्तैमा दिने विचार गरिन्।

-धेरैले एकपटक चाख्ने इच्छा गरे,उनी विवश भईन्।

-चाखिसकेपछि एउटा एउटा बहाना बनाएर चखारुहरू टाढा टाढा भए बरु चाखेबापत केही मूल्य तिरे।

-अहिले उनकोमा चाख्नेहरू मात्र आउँछन्,लैजाने अाउँदैनन्।

– ओखलढुंगा।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in सूत्रकथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *